काठमाडौं, असोज १८ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवार घोषणा गर्नुभएको छ ।
मेयर महर्जनले युवापुस्ताका लागि पार्टीमा चित्तबुझ्दो काम गरेर पथप्रदर्शक बन्न केन्द्रीय सदस्यमा उमेदवार बन्न लागेको बताउनु भयो । ‘कांग्रेस नेतृत्वमा रहर स्थानीय पालिका राम्रो तबर’ले अघि बढाउन पहल गर्ने प्रतिबद्धतासहित देशभरका सम्पदा संरक्षणमा पनि सक्रिय भूमिका खेल्ने लक्ष्यसहित आफूअघि बढेको महर्जनको भनाई छ ।
‘मैले युवा पुस्ताका लागि चित्तबुझ्दो काम गरेर देखाउँछु । उनीहरूका लागि पथप्रदर्शक बन्न मेरो उमेदवारी हो, यसका लागि म आफैँ प्रमाण हुँ । यसबाहेक स्थानीय पालिकालाई राम्रो तबरले अघि बढाउने मेरो ध्येय छ । पालिकाहरूमा प्रोजेक्टबाट प्रतिफल आउने गरी काम गर्ने लक्ष्य पनि छ । अहिले रिटर्न आइरहेको छैन । तेस्रो काम सम्पदाहरूको हेरविचार गर्नेछु । यसभित्र धेरै कुराहरू पर्दछ,’ आफ्नो उम्म्द्वारीबारे प्रष्ट पार्दै मेयर महर्जनले भन्नुभयो ।
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।












प्रतिक्रिया दिनुहोस्