जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार १४:२७

राष्ट्रपति बनेपछि विद्या भण्डारी पहिलो पटक एमाले बैठकमा पुग्दा जे देखियो (फोटोफिचर)


काठमाडौं, असोज २२ । नेकपा एमालेको स्थायी कमिटी बैठकमा ११ वर्षपछि पूर्वउपाध्यक्ष विद्या भण्डारी सहभागी हुनुभएको छ ।

गत असोज ५ देखि ८ गतेसम्म ललितपुरमा सम्पन्न केन्द्रीय कमिटी बैठकले राष्ट्रपतिको भूमिका उत्कृष्ट रूपमा निर्वाह गरेको ठहरसहित भण्डारीलाई अध्यक्षपछिको वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको थियो ।

वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी बिहीबार पहिलो पटक बैठकमा सहभागी हुनुभएको हो । पूर्वराष्ट्रपति भण्डारी लामो संघर्षपछि वरिष्ठ नेताको रूपमा पार्टी काममा फर्कँदा एमाले मुख्यालयमा बेग्लै माहौल देखिएको छ ।

बैठकअघि भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।