जनता टाइम्स

९ कार्तिक २०८३, सोमबार १३:०५

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथग्रहण कात्तिक १२ गते


काठमाडौं, कात्तिक ९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह कात्तिक १२ गते हुने भएको छ ।

कांग्रेसले सार्वजनिक गरेको सूचनाअनुसार शपथ ग्रहण समारोह कात्तिक १२ गते दिउँसो २ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगरमा आयोजना हुनेछ ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई समारोहमा उपस्थित हुन आग्रह गर्दै पार्टीले सूचना जारी गरेको छ ।

पार्टीका सदस्य सचिव राजु कटुवालले कात्तिक ९ गते जारी गर्नुभएको सूचनामा शपथ ग्रहण समारोहको मिति, समय र स्थान निश्चित गरिएको उल्लेख छ ।