जनता टाइम्स

९ कार्तिक २०८३, सोमबार १०:५७

भारतमा कालीबाबा र रवि लामिछानेबीच भेटवार्ता


काठमाडौं, कात्तिक ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र हिन्दु धर्मगुरु १००८ कालिदासजी कालीबाबाबीच भारतमा भेटवार्ता भएको छ ।

आइतबार देवी कामाख्याको दर्शन तथा पूजाअर्चनापछि उहाँहरूबीच भेटघाट भएको हो । माता भगवती अर्थात् आदिशक्ति भवानीको स्वरूपका रूपमा पूजिने देवी कामाख्यालाई हिन्दु धर्मावलम्बीले महत्त्वपूर्ण शक्तिपीठका रूपमा श्रद्धा गर्ने गरेका छन् ।

कालीबाबा र लामिछाने बिच भएको यो भेटलाई चासोका साथ हेरिएकाे छ ।  । यद्यपि, भेटवार्तामा के विषयमा छलफल भयो भन्नेबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।

कालीबाबा धार्मिक क्षेत्रसँग सम्बन्धित व्यक्तित्व हुनुहुन्छ ।  उहाँ सन् १९५१ मा नेपालको ओखलढुंगा जिल्लाको तत्कालीन बर्नालु गाउँमा जन्मिनु भएकाे थियाे ।  विभिन्न धार्मिक महायज्ञ, तान्त्रिक क्रियाकलाप (जस्तै खुर्सानीको हवन) तथा समसामयिक राजनीतिक र सामाजिक विषयमा दिने अभिव्यक्तिहरूका कारण उहाँ चर्चामा हुनुहुन्छ ।