जनता टाइम्स

९ कार्तिक २०८३, सोमबार ०८:२५

नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन्द्र साह


काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री बालेन्द्र साहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटको सफलताको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री साहले सामाजिक सञ्जालमार्फत एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै केही वर्षमै यसले ठूलो खेलकुद उत्सवको रूप लिएको बताउनुभएको हो ।  

उहाँले प्रतियोगितामा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिनुभएको छ । “नेपाली क्रिकेट अमर रहोस्,” प्रधानमन्त्री साहले आफ्नो सन्देशमा लेख्नुभएको छ ।

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।