जनता टाइम्स

९ कार्तिक २०८३, सोमबार ०८:५८

प्रधानमन्त्री बालेन शाहले एनपीएल उद्घाटन गर्ने


काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्नुहुने भएको छ। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।

प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको ठूलो खेलकुद उत्सवका रूपमा उल्लेख गर्दै सहभागी अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिनुभएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ।

प्रतियोगितामा लुम्बिनी र सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स सहभागी छन्। एनपीएलको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्टस् र अनलाइनखबर डटकमले गर्नेछन्।