जनता टाइम्स

९ कार्तिक २०८३, सोमबार ०८:११

दशैँ मनाएर काठमाडौं फर्कनेको चाप बढ्यो, नाकामा भिडभाड


काठमाडौं, कात्तिक ९ । दशैँ मनाएर गाउँघर गएका सर्वसाधारण राजधानी फर्किन थालेपछि काठमाडौंका सडक, बसपार्क र सार्वजनिक यातायातमा यात्रुको चाप बढेको छ।

लामो बिदा सकिएसँगै रोजगारी, अध्ययन र व्यवसायमा फर्किने क्रम बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र व्यवसाय पुनः सञ्चालन हुन थालेपछि यात्रुको आवागमन बढेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो।

उहाँका अनुसार यात्रुको चाप बढेसँगै राजधानी प्रवेश गर्ने प्रमुख सडकमा चहलपहल बढेको छ। आवागमन सहज बनाउन ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा सक्रियता बढाएको छ।

कार्यालयका अनुसार नागढुङ्गा, साँगा, मुड्खु, फर्पिङ र टोखा नाकामा सवारीसाधन तथा यात्रुको चाप बढेको छ।