सुनसरी, कात्तिक ९। इन्जिनियर महिलामाथि हातपात गर्ने पुरुष इन्जिनियर पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार अधिकारीमाथि हातपात गरेको आधारमा उपमहानगरकै योजना शाखामा कार्यरत अर्का इन्जिनियर भवेन्द्र चौधरीलाई पक्राउ गरिएको हो । इटहरी महानगरपालिका–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीमाथि असोज पहिलो साता हातपात भएको थियो ।
पीडित इन्जिनियर अधिकारीले आफूमाथि हातपात गरेको भनी किटानी जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।अधिकारीको जाहेरीका आधारमा सुनसरी जिल्ला अदालतबाट चौधरीलाई पक्राउ गर्न असोज ५ गते पक्राउ पूर्जी जारी भएको थियो । घटनापछि फरार इन्जिनियर चौधरीलाई इटहरीको पश्चिम लाइनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्