जनता टाइम्स

९ मंसिर २०८३, बुधबार १७:४०

नियमित स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल पुगे राष्ट्रपति पौडेल


काठमाडौँ, मङ्सिर ९ । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ ।

अस्पतालका सहप्रवक्ता कालीप्रसाद रोस्याराका अनुसार राष्ट्रपति पौडेल दिउँसो पौने ४ बजे अस्पताल पुग्नुभएको थियो ।

राष्ट्रपतिको स्वास्थ्यमा विभिन्न समस्या रहेकाले नियमित परीक्षण गर्नुपर्ने हुन्छ । सोही क्रममा उहाँ अस्पताल आउनुभएको रोस्याराले बताउनुभयो ।

अस्पतालका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उहाँ सवा ४ बजे नै अस्पतालबाट फर्किनुभएको थियो ।