काठमाडौँ, मङ्सिर १० । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ४० रुपैयाँ थियो।













प्रतिक्रिया दिनुहोस्