जनता टाइम्स

१२ मंसिर २०८३, शनिबार ०८:५३

हिमाली क्षेत्रमा आंशिक बादल, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौँ, मङ्सिर १२ । देशका हिमाली क्षेत्रमा शनिबार आंशिक बादल लाग्ने भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन।

शनिबार राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

त्यस्तै, आइतबार बिहान उपत्यका र खोँचहरूका साथै तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।