जनता टाइम्स

१७ माघ २०७६, शुक्रबार १३:१८

वर्तमान परिप्रेक्षमा गान्धी : यी हुन सवैले सिक्नुपर्ने कुरा


गान्धी दर्शनवाट प्रभावित भएर वि.पि.ले के उद्घोष गरेका थिए भने उनको आर्थिक योजनाले जनताको जीवन स्तर र प्रधान मन्त्रीको जीवन स्तरका विच एक रुपता ल्याउनु हो । यस अर्थमा आर्थिक समानताको हिसावले गान्धीवाद माक्र्सवादभन्दा पनि वढि समतामुखी र क्रान्तिकारी देखिन्छ । अर्को शब्दमा भन्ने हो भने नेपालका नेतृत्व पंक्तिले पजेरो र प्राडोमा मात्र सयर गरेर हुम्ला र जुम्लाका जनताहरूले भोगेका कष्ट र पीडालाई मापन गर्न सक्दैन ।

सन १९४८ जनवरी ३० मा मानव मुक्ति संग्रामका क्रममा नै महात्मा गान्धीको हत्या भयो । विगत सात दशकमा संसारमा अनेक उथल पुथल भए । भूण्डलीकरण, खुला अर्थ व्यवस्था, कट्टर राष्ट्रवाद, संरक्षणवाद, न्यूकिलयरको होडवाजी, प्रविधि र सूचनामा क्रान्ति जस्ता घटना र परिघटनाहरूले मानव समाजलाई भोगवादतर्फ लोलुपता बढाएको छ । मानव सुविधाग्राही भएकाले जीवन आक्रान्त भएको देखिन्छ । हरेक द्वन्दका पछाडि सुविधा र उपभोग नै देखिन्छ । यी पृष्ठभूमिका आधारमा वर्तमान अवस्थामा गान्धी दर्शनको सान्र्दभिकता र अपरिहार्यतामा चर्चा गर्दा वर्तमान मानव समस्यालाई सामाधान गर्न गान्धी मार्ग उपयुक्त हुन सक्छ ।

गान्धीवाद पूर्वीय र पाश्चात्य दर्शनको सङ्गम हो । अमेरिकाले स्पेनमा आक्रमण गर्दा थोरोले प्रतीकात्मक विरोध स्वरुप राज्यलाई कर तिर्न प्रतिकार गरे अर्थात राज्यको विरोधमा असहयोग आन्दोलन गरे । थोरोको आन्दोलन व्यक्तिगत थियो । गान्धीले थोरोको सिद्धान्तलाई समूहसँग जोडे । असहयोग आन्दोलनलाई जन आन्दोलन वनाए । डन्डी मार्च जस्ता अनेकौ आन्दोलनको अगुवाई गर्दै समाजको हरेक तप्कालाई सत्यको माध्यमबाट सत्तासँग संघर्ष गर्न सार्मथ्य सृजित गरे । गान्धीको आन्दोलनमा टाल्सटाय र रस्कीनको पनि प्रभाव रहेको छ । टाल्सटाय मानवको अतृप्त इच्छामा प्रहार गरेका थिए । आफ्नो एक कृतिमा एउटा मानव पक्षघातको अवस्थामा छटपटाइरहे पनि मन भौतिक जगतका आहालमा रहेको कुरा चित्रण गर्दै भौतिकवाद नै मान्छेको पीडाको प्रमुख कारक हो भन्ने उल्लेख गरेका छन । टलसटायको यही विचारलाई गान्धीले आफ्नो जीवन दर्शनमा प्रयोग गरे । रस्कीन संसारका हरेक समस्यालाई अध्यात्मको चश्मावाट हेर्ने गर्थे । गान्धीले पनि रस्किनको सिद्धान्तलाई व्यवहारमा उतार्ने प्रयास गरे । यस अर्थमा गान्धी दर्शनमा पाश्चात्य दर्शनको प्रभावलाई अवमूल्यन गर्न मिल्दैन । त्यस्तै गान्धीको अपरिग्रहको प्रयोग जैन दर्शनवाट प्रभावित रहेको देखिन्छ ।

नेपालले भोगिरहेको प्रमुख समस्या हो–नेतृत्वको । नेतृत्व कस्तो हुनुपर्छ भन्ने कुरा गान्धीले आफ्नै जीवनमा प्रयोग गरेको देखिन्छ । एक दिन जाडोको महिनामा भारतका एक धनाढ्य व्यक्ति गान्धीसंग शिष्टाचार भेट गर्न आए । उनको साथमा उनको नातिनी पनि थिइन् । गान्धी जाडोको महिनामा धोतिमा लपटिएर जाडोले काप्दै उद्योगपतिसंग सम्वाद गर्दै थिए । गान्धीको अवस्था देखेर अबोध वालिकाले आफ्नो वाजेलाई गान्धीलाई एउटा कम्मल दिन ढिपी गरिन् । नातिनीको करुणालाई हेर्दै गान्धीले मुस्कानयुक्त शैलीमा के भन्दछन् भने तिम्रो वाजेसंग मलाई कम्मल दिने सार्मथ्य छैन । उद्योगपत्ति गान्धीको कटाक्षलाई विश्लेषण गर्दै के बुझे भने गान्धीलाई कम्मल दिनुको अर्थ भारतका तेत्तीस करोड गरिवलाई कम्मल दिनु हो । भनाइको अर्थ गान्धी दर्शन अनुसार नेतृत्वले जनताका पीडालाई आफ्नो भौतिक शरीरवाट अनुभूति गर्नु पर्दछ । त्यस्तो नेतृत्वले मात्र जनताको हक र हितको लागि मार्ग प्रशस्त गर्न सक्दछ ।

गान्धी दर्शनवाट प्रभावित भएर वि.पि.ले के उद्घोष गरेका थिए भने उनको आर्थिक योजनाले जनताको जीवन स्तर र प्रधान मन्त्रीको जीवन स्तरका विच एक रुपता ल्याउनु हो । यस अर्थमा आर्थिक समानताको हिसावले गान्धीवाद माक्र्सवादभन्दा पनि वढि समतामुखी र क्रान्तिकारी देखिन्छ । अर्को शब्दमा भन्ने हो भने नेपालका नेतृत्व पंक्तिले पजेरो र प्राडोमा मात्र सयर गरेर हुम्ला र जुम्लाका जनताहरूले भोगेका कष्ट र पीडालाई मापन गर्न सक्दैन । गान्धी दर्शनमा नेतृत्वलाई अपरिग्रह अंगीकार गर्ने निर्देशन छ । अपरिग्रहको अर्थ नै भौतिक लोलुपताप्रति तिरस्कार नै हो । नेपालको संन्र्दभमा जबसम्म नेतृत्व पंक्तिले आर्थिक संयमतालाई आत्मसात गर्दैन तवसम्म देश र जनता उभो लाग्ने अवस्थामा हु‘दैन । देश दान र अनुदानमा मात्र वन्दैन । गान्धीको अर्को आग्रह हो, विपक्षी प्रतिको निष्ठा । गान्धीको जीवन यात्रामा उनले गरेका प्रयोगका कटु आलोचक अम्वेडकर थिए । गान्धीको आलोचनाका क्रममा अम्वेडकरले आफ्ना शब्दकोशका धेरै शब्दहरू व्यय गरेका थिए । तर गान्धीका दृष्टिकोणमा अम्वेडकरप्रति उच्च आदर थियो । गान्धीको सिफारिसमा नै अम्वेडकरले नेहरु मन्त्रीमण्डलमा महत्वपूर्ण जिम्मेवारी पाएका थिए । साथै भारतको संविधानको मस्यौदा तयार पार्ने जिम्मेवारी पनि पाएका थिए ।

गान्धी आफ्ना आलोचकलाई उच्च स्थान दिन्थे । सन् १९०५ मा बेलायतमा उनको सावरकरसंगको भेट, राष्ट्रिय स्वंय सेवक संघको सिविरमा भ्रमण र डा. श्यामा प्रसाद मुखर्जी र गुरु ग्वालवालकरसंगको सामिप्यतावाट गान्धीको आलोचकसंग रहेको उनको प्रेमलाई उजागर गर्दछ । प्रजातान्त्रिक मार्गमा यात्रा गर्ने नेतृत्वले समस्याको सामाधानको निम्ति विपक्षीको ऑखाबाट पनि केलाउनु पर्दछ । अहिलेको नेतृत्वको प्रमुख समस्या भनेको जनतासंगको सम्वाद विहिनता हो । एउटा मन्त्रीसंग भेट्न मनै मन पशुपत्तिलाई प्राथना गर्नु पर्दछ । पार्टीका उच्च तप्काका नेताहरू आफ्नो सुरक्षा कवजले गर्दा जनतासंग सम्र्पकहीन हुन्छन् । गान्धी र जनता विच कुनै सुरक्षाको प्रर्खाल थिएन । गान्धीको आश्रम सबैको वासस्थल थियो । प्रातकालीन भ्रमणका क्रममा उनलाई प्रत्येक व्यक्तिले प्रश्न गर्न सक्थे । केही गम्भीर प्रश्नहरूलाई आफ्नो पत्रिका यङ्ग इण्डियाका मार्फत् जवाफ दिने गर्थे । संसारमा सबभन्दा पहिले बहुभाषिक पत्रिका सम्पादन गर्ने काम गान्धीले नै सन् १९०५ मा अफ्रिकाबाट गरेका थिए । त्यति खेर “यङ्ग इण्डिया” चारवटा भाषामा प्रकाशित हुन्थे ।

गान्धी हरेक पत्रलाई जवाफ दिने चेष्ठा गर्थे । उनका सहयात्रीहरूमा प्यारे लाल र महादेव देशाई यस अभियानमा ठुला सहयोगी थिए । नेपालका सन्र्दभमा नेतृत्व र जनताको विच संवाद र संप्रेषण छैन । संवाद र संप्रेशण विना प्रजातन्त्रको संचार हु‘दैन । नेपालका नेतृत्वले जनभावना आकलन गर्ने वौद्धिक व्ययाम गर्दैनन् । गान्धी दर्शनको अर्को पाटो हा, “व्यक्तिको सर्वोच्चता” । गान्धीवाद र माक्र्सवादमा तात्विक अन्तर के छ भने माक्र्सवादले शक्तिको स्रोत समूह ठान्दछ तर गान्धीवादले माक्र्सवादको प्रस्तावनालाई सिघै खारेज गर्दे के आग्रह गर्दछ भने एउटै व्यक्तिले आफ्नो नैतिक वलले संसारलाई चुनौति दिन सक्छ । यस सम्वन्धमा अङ्ग्रेजी लेखक फिसरले रोचक उद्गार प्रकट गर्दै के भनेका छन् भने अफ्रिकामा अंग्रेजले सबभन्दा ठुलो गल्ती गान्धीलाई रेलबाट बाहिर फालेर गर्यो । बदलामा गान्धीले संसारको सबभन्दा ठुलो साम्राज्यलाई नै फाली दियो । अर्थात् व्यक्तिको शक्तिलाई गान्धी दर्शनले उच्च मूल्याङ्कन गरेको देखिन्छ । नेपालको सन्र्दभमा के भन्न सकिन्छ भने राजनीतिक नेतृत्वले व्यक्तिलाई कमजोर बनाएको छ । व्यक्तिमा अरुप्रति भरोसा, इच्छा, आकाक्षा र लोभ बढेको छ, यसै कारणले दिन प्रतिदिन नेतृत्व शक्तिशाली र जनता कमजोर हु‘दै गइरहेको छ ।

गान्धी दर्शनले अर्थतन्त्रलाई वडो रोचक ढङ्गले व्याख्या गरेको छ । गान्धीको आर्थिक व्याख्या माक्र्सवादको बर्गीय संघर्ष भन्दा पनि बढि क्रान्तिकारी छ । नेपालको संन्र्दभमा गान्धीको व्याख्या बढी उपयोगी देखिन्छ । समाजलाई चित्रण गर्दै गान्धीले समाजलाई चार वर्गमा वर्गीकृत गरेको छ, चितुवा, वॉदर चरा र माहुरी । समाजका तथाकथित उच्च र संभ्रान्त वर्ग चितुवा जस्तै समाजवाट पृथक ढङ्गले बङ्गलामा बस्दछन् । उत्पादनमा उनीहरूको सहभागिता हु‘दैन तर चितुवा जस्तै भोगमा उनको बढी जवरजस्ती हुन्छ । चितुवा हिंसक हुन्छ । त्यस्तै संभ्रान्त वर्ग आफ्नो वर्गीय स्वार्थको लागि जुनवेला पनि हिंसक हुन सक्दछ । नेपालका सन्र्दभमा भ्रष्ट भएका नेताहरूलाई यो श्रेणीमा रेखाङ्कन गर्न सकिन्छ । चितुवा पछि वाद‘रको प्रवृति र प्रकृतिलाई व्याख्या गर्दै गान्धीले के भनेका छन् भने वॉदर हिंसक हु‘दैन तर विध्वंश गर्नु यसको जातीय स्वभाव हो । आफ्नो भाग र हिस्सालाई जसरी पनि खोस्न वॉदर उदबेलित हुन्छ ।

तोड्नु, भत्काउनु र भाच्नु यसको स्वभाव नै हो । गान्धीले समाजको विचौलिया वर्गलाई यही वर्गमा राखेका छन् । अर्थात् विचौलियाले आफ्नो क्षणिक स्वार्थलाई तृप्त गर्न संरचनालाई ध्वस्त पार्दै आफ्नो हितलाई संचित गर्दछ । आज नेपालका सन्र्दभमा हेर्दाखेरि विचौलिया वर्ग सबभन्दा बढी शक्तिशाली देखिएको छ । यसै सन्र्दभमा गान्धीले चरा चुरुङ्गीलाई समाजको निम्न मध्यम वर्गीकृत गरेको छ । चरा चुरुङ्गीलाई आफ्नो परिवारको प्रतिपालन गर्नु वाहेक अरु काम गर्ने फुर्सद हु‘दैन । गरिव वर्गलाई माहुरीको कोटीमा राख्दै गान्धीले के भनेका छन् भने यो वर्ग उत्पादनमा नै लिप्त र लुप्त हुन्छन् । अधिकार र भोगप्रति यो वर्गको कुनै पनि चेष्टा हु‘दैन । गान्धीको वर्गीय विभाजन प्रतीकात्मक र क्रान्तिकारी छ । गान्धीले आफ्नो आर्थिक प्रणालीलाई पनि वडो रोचक ढङ्गले व्याख्या गरेका छन् । यदि राज्यमा मातृत्व छैन भने त्यो राज्यमा क्रान्तिको टड्कारो आवश्यकता छ, जसरी आमाले वच्चालाई भोजन गराउ‘दा तत्परता र आत्मीयता हुन्छ, त्यसै प्रकारले नै राज्यले जनतालाई सुविधा दिदा संवेदनशिलता देखाउ‘नु पर्दछ ।

गान्धीले नेतृत्वलाई वडो उत्तम सुझाव र सल्लाह दिएका छन् । विधेयकदेखि राष्ट्रिय योजनाको खाका तयार गर्दा समाजका सबभन्दा प्रताडित, पीडित, अपहेलित र सीमान्तकृत वर्गलाई मानसपटलमा राख्नुपर्छ अनि मात्र त्यो सफल हुन्छ । नेपालका सन्र्दभमा गान्धी दर्शनको महत्वलाई मनन गर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने नेपालको प्रत्येक गाउ‘ सहरप्रति निर्भर छ, सहरहरू काठमाडौंतिर केन्द्रित छन् र निर्भर छन् साथै काठमाडौंको झिलिमिलि विदेशी दान र ऋणमा आश्रित छ । रेमिट्यान्स र्निभर अर्थतन्त्र र भोगवाद तर्फ उन्मुख समाजलाई स्वस्थ र स्वावलम्वी बनाउ‘न गान्धी दर्शन अत्यन्त सान्दर्भिक र उपयुक्त हुन्छ । नेपालको प्रत्येक गाउ‘ सक्षम छ । त्यहॉका वासिन्दालाई त्यही गाउ‘ले पालन पोषण गर्न सक्दछ । यस सम्वन्धमा गान्धीले के भनेका छन् भने पृथ्वी आमाले आफ्ना प्रत्येक जीवलाई भरपोषण गर्न सामथ्र्य राख्छिन् तर मानवकोे अनन्त लोभलाई तृप्त गर्ने पृथ्वी आमामा सामथ्र्य छैन । निचोडमा लोभ र लालचले कुरुप र रोगी अवस्थाको समाजलाई गान्धीको आंशिक सूत्र भए पनि अङ्गीकार गर्न आवश्यक देखिन्छ ।