जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार १२:३१

लकडाउनको समयमा बालबालिकासँग कस्तो व्यवहार गर्नुपर्छ ? यस्तो छ चिकित्सकको सुझाव


शुभराज पोखरेल

चन्चल, जिज्ञासु, धर्यतामा कमी, अस्थिरता बालबालिकाको सामान्य व्यवहार हुन् । यो उनीहरुको बाल्यकाल शारीरिक, मानसिक र बौद्धिक विकासको उच्च चरणको कारणले भएका प्रकृतिक व्यवहारहरु हुन् । विकासको यस चरणमा बालबालिकामा रोगसँग लड्ने क्षमता र शारीरिक मानसिक र बौद्धिक परिपक्कताको दृष्टिकोणबाट अत्यन्त संवेदनशिल अवस्था हो । बालबालिकाका यस्ता अवस्था र व्यवहारलाई हरेक अभिभावकले सहज स्विकार्दै सोही अनुसारको व्यवहार र संरक्षण प्रदान गरिरहेका हुन्छन् । तर पनि खान खास अवस्थामा बालबालिकाका यस्ता व्यवहारले अभिभावकलाई निक्कै पीडा दिइरहेको हुन्छ ।

कोभिड १९ (कोरना भाईरस) को प्रकोपबाट विश्व स्वास्थ्य संकटका कारण पूर्णरुपमा आतंकित भएको छ । मानिसको रक्षाको लागि मूलत बालबालिकालाई सुरक्षित राख्न नेपाल सरकारले शिक्षाका सबै क्षेत्रलाई पहिलो चरणमा बन्द गरेर यसको शुरुवात गरेको छ । कोभिड १९ बाट विश्व नै आतंकित भइरहेको छ । छिमेकी देश चीनबाट शुरु भएको यस भाइरसले युरोप, अमेरिका देखि खाडी मुलुक लगायत विश्वका सबै देशहरु यसको असरबाट प्रभावित छन् । यसको संक्रमण विश्वका सम्पन्न देशहरु चिन, इटाली, अमेरिका, स्पेन, जर्मन, जापान जस्ता देशहरुमा नै सबैभन्दा बढि रहेका तथ्यांकले देखाएको छ । विश्वा स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार अनुसार विश्वमा ४ लाख २२ हजार ९ सय ४५ जना व्यक्तिहरु संक्रमिक भएका छन भने १८ हजार ९ सय ६ जनाको मृत्यु भईसकेको छ । तीन महिनाको अवधीमा पहिलो २ महिनामा भन्दा पछिल्लो चरणमा यसको प्रभाव व्यपक रुपमा फैलनु विश्वको लागि ठुलो चुनौति खडा भएको छ ।

नेपाल सरकारले शुरुवाती दिनहरुमा कोभिड १९ लाई प्रथामिकतामा राख्न खोज्दा खोज्दै पनि केही प्रविधिक र व्यवहारिक व्यवस्थापनमा केही कमी भएकै हो । पछिल्लो चरणमा नेपाल सरकारले जनताको जीवन सुरक्षाको सिमा बन्द गर्ने देखी, हवाई तथा सडक यातयातमा रोक, सम्पूर्ण देशलाई नै लकडाउन गर्ने देखि आईसेसन अस्पताल र विरामीको ट्याकिंग जस्ता महत्वपूर्ण कार्यलाई तिव्रगतिमा अगाडि बढाइ रहेको छ । सरकारले कार्य अत्यन्त प्रसंशनीय र उत्तरदायि पूर्ण कार्य अगाडि बढाई रहेको छ ।

लकडाउन तथा आइसुलेशनको अवस्थामा बालबालिकालाई कस्तो व्यवहार गर्ने ?
चन्चलाता, जिज्ञासु, धर्यतामा कमी, अस्थिरता बालबालिकाको सामान्य व्यवहार हुन् । त्यसैले उनीहरु एक्ले बस्नै सक्दैनन् । एक ठाउँमा एउटै काम गरेर बसाउनु उनीहरुको लागि सजाय जस्तै हो । उनीहरुको चन्चलता र जिज्ञासु स्वभावलाई कसरी सम्बोधन गर्दै रमाईलो वातारणकाका साथै घरभित्र राख्ने त ?

कान्ति अस्पताल मनोचिकित्सा विभाग प्रमुख डा. अरुण कुँवरका अनुसार साना बालबालिकालाई अभिभावकले सधैं आफ्नो आँखा अगाडि नै राख्नु पर्दछ । सफा राख्नु, र उनीहरुलाई छुनु पूर्व सधैं अभिभावकले हात सफा गर्नु पर्दछ । किशोरावस्थाका बालबालिकालाई कोभिड १९ सम्बन्धि स्पष्ट जानकारी दिनु पर्दछ र उनीहरुलाई सफा रहन प्रोत्साहित गर्नु पर्दछन् । बालबालिकालाई सधैं सुन्नुस र उनीहरुले भनेका कुराहरु कती तत्थ्यका आधारिछ छन् र कती गलत छन् अभिभावकले थाहा पाउनु पर्दछ ।

किशोरावस्था संवेदनशिल हुने हुँदा उनीहरुमा कोभिड १९ प्रति गलत र डरलाग्दा भ्रमित समाचार सामाजिक संजालबाट आएका गलत जानकारी लगायत चित्र, टिलेभिजनमा देखाउने डरलाग्दा तस्विर आदिका कारणले उनिहरुको मनमा कहिले कही डर, त्रास उत्पन भई डिप्रेशनमा पनि पर्न सक्ने हुनजान्छ । त्यसैले बालबालिकाहरुमा सहि र सत्य सन्देश प्रवाह गर्नु पर्दछ । डिप्रेशनले बालबालिकाले नकारात्मक बाटो लिन सक्ने भएकोले उनीहरुको दैनिकीमा परिवर्तन जस्तै खाना नखाने, एक्ले बस्न तथा सुत्न डाउन, टोलाउने, झर्कने जस्ता व्यवहारमा परिवर्तन देखिएमा तत्कालै डा।सँग सम्पर्क गर्नु पर्ने डा. कुँवर सल्लाह दिनुहुन्छ ।

निजामती कर्मचारी (सिभिल) अस्पतालकी बालरोग विशेषज्ञ डा अरुणा विजुक्छेका अनुसार सरुवा रोग तथा भाइरसबाट सर्ने कुनै पनि रोगबाट सबै भन्दा धेरै बालबालिका नै प्रभावित हुने गर्दछन् । कोराना १९ ले बालबालिकालाई कुन अवस्थासम्म प्रभाव पर्दछ भन्ने बिषयमा अहिले सम्म आधिकारिक अनुसन्धान नभएता पनि यसबाट उनीहरुलाई पहिलो प्राथमिकतामा राखेर संरक्षण गर्नु हरेक अभिभावक तथा सरकारको दायित्व हो भन्नु हुन्छ ।

साना बालबालिका जुनसुकै कुरा मुखमा हाल्ने, औला मुुखमा हाल्ने, नाक र आँखा मिच्ने गर्दछन् । यसलाई न्युनिकारण गर्न अभिभावकले सधैं पहल गर्नु पर्दछ । बालबालिकालाई सफा राखिदिनु पर्दछ । बालबालिका अभिभावकसँग अंगालो हाल्ने, किस गर्ने, हक गर्दा खुसीहुन्छन् यस्ता व्यवहारलाई पनि क्रमस परिवर्तन गराउँदै जानु पर्दछ । बालबालिकालाई बाहिरका मानिसहरुसँग पूर्ण रुपमा रोक लगाउनु अहिलेको प्रथम दायित्व हो । यदि बालबालिकालाई रुघा खोकीका साथ ज्वरो आइरहेका बालरोग विशेषज्ञ डा। लाई देखाउनु अनिवार्य भएको डा। विजुक्छे बताउनु हुन्छ ।

बालबालिकालाई कोभिड १९ र यसबाट बच्ने उपाएको बारेका कसरी जानकरी गराउने
यसबाट बच्ने सबै भन्दा उत्तम उपमए भनेको नै संक्रमित व्यक्तिको सम्पर्कमा नपुग्नु हो । यसको अर्थ घर भित्रै बसी घर बाहिरको कसैसँग पनि सम्पर्क नगर्नु नभेट्नु । बालबालिकाको लागि एकै ठाउँमा बस्नु सबै भन्दा गाह्रो काम हो । बालबालिकालाई स्वभाबैले जिज्ञासु हुने हुँदा उनीहरुलाई सुन्नु पर्दछ । डब्लु एल ओ, स्वास्थ्य मन्त्रालय, नेपाल सरकारले जारी गरेका सत्य र उपयुक्त सन्देशहरु उनीहरुको क्षमता अनुसार बुझ्ने भाषामा दोहोर्याई तेहर्याई नबुझेसम्म बताई रहनु पर्दछ । यसबाट हुने सक्ने क्षेती, असर र यसको नकारात्मक प्रभावको बारेमा उनीहरुको मनमा आतंक ल्याउने ढंगबाट प्रस्तुत गर्नु हुँदैन । जसले गर्दा बालबालिकाको मनमा त्रास र भय सिर्जना नहोस् ।

अहिले प्राय अभिभावक र बालबालिका घर तथा कम्पाउण्ड भित्र नै छन् । लामो समय सम्म यस्ता चन्चल र जिज्ञासु, अस्थिर मानोवृतका बालबालिकालाई घर भित्र कसरी राख्ने भन्ने सबैमा प्रश्न उठ्नु स्वभाविकै हो । मूल कुरा हरेक अभिभावकले आफ्ना छोराछोरीलाई घर भित्र सुरक्षित र रमाईलो वातवरण सिर्जना गर्नु नै यसको सहज उपाय हो । हामी अभिभावकहरु बालबालिकासँग कुरा कानी गरेर उनीहरुसँग रमाउने गरेकै छैन् र अभिभावकसँग हिजोका दिनमा उक्त समय पनि थिएन ।

अभिभावकहरु घमफिर गर्ने र देखि आपतकालिन काममा हिड्ेको देख्दा बालबालिकालाई पनि साथीसँग खेल्न जान मन लाग्न सक्छ । तर पनि बालबालिकालाई यसरी साथीसँग भेटघाट गर्न जान दिनु पनि हुँदैन । किनकी उनीहरु ठुला मानिसले जस्तै केही टाढै नछोइ बसेर कुरा कानी गर्न तथा खेल्न सक्दैनन् । उनीहरुले यस्ता कुराहरु क्षणभर मै भुल्न पुग्छन र सामान्य व्यवहार गर्न पग्छन् । घर भित्र बाहेक अन्य ठाउँमा वा अरुसँग खेल्दा कुनै पनि दुरी राख्न संभव हुँदैन त्यसैले हामी सचेत छौ भन्दा भन्दै पनि कुनै पनि हालतमा बालबालिकालाई घरबाहिर निस्कन दिनै हुँदैन ।

भिटामिन सि को कमी र कमजोर अवस्थाका बालबालिकालाई कोभिड १९ ले छिट्टै असर पार्ने हुँदा उनीहरुलाई पौष्टिक आहारका दिनु पर्दछ । पौष्टिक आहारमा भिटामिस सि पाइने अमला, कागती फलफुल आफ्नो आर्थिक हैसियत अनुसार उपलब्ध गराउनु पर्दछ । जसले गर्दा बालबालिमा रोग प्रतिरोधात्मक क्षमताको विकास भईरहेको हुन्छ ।

हरेक अभिभावकले आफ्नो आर्थिक तथा समाजिक हैसियत अनुसरा आफ्ना छोराछोरीको लागि घरभित्रै बसेर खेल्न मिल्ने बाघचाल, गट्टा, लुडो, चेस, क्यारिम बोड, पजल, बल्क गेम, जस्ता सामान्य तर ज्ञानवर्दक खेल उनीहरुसँग बसेर खेल्ने, खेल्न सिकाउदै रमाउने वातावरण बनाउनु पर्दछ । उनीहरुसँगै खेल्दै गर्दा रमाइला कथा सुनाउने, परिवारको बारेमा बताउने, गाउँ समुदायको सामाजिक संस्कृतिक संस्कार र परिवेशका बारेमा जानकारी दिँदा उनीहरुमा गाउँ समाज र आफू प्रति गौरवको अनुभूती हुन्छ ।

बालबालिकालाई सिर्जनसिल बनाउन उनीहरुको रुची र क्षमता अनुसारका चित्र बनाउन दिने, गीत सुन्ने‡गाउने नाच्ने, मादल बजाएर समाईलो गर्ने, बालगीत सुनाउने जस्ता रमाईला कार्यहरु गरेर एकअर्का प्रति सहज र आत्मियता बढाउन सकिन्छ । यसै गरी घर कम्पाउण्ड भित्र खेल्न मिल्ने व्याडमिन्टन, वास्केटबल, डोरी, चुंगी, गुच्चा, टेबुलटेनिस लगायत योगा, शारीरिक व्यायम गर्दै रमाइलो साथ समय बिताउन सकिन्छ ।

बालबालिकाको उमेर अनुसारका चित्र कथा, कविता सुनाउने, लेख्न लगाउने, माटोको तथा कागजका सामग्री बनाउन प्रेरित गरी उनीहरुले बनाएका हरेक सामग्रीमा प्रशसागर्दै उनीहरुमा थप उत्साह थपिदिएर उनीहरुमा भएको चहाना र क्षमतालाई प्रस्फुटन गराउने महत्वपूर्ण अवसरको रुपमा प्रयोग गर्न सकिन्छ । अभिभावकले बालबालिकाको साथमा बसेर प्रेरणा मुलक फिल्म हेर्ने । कथा उपन्यास सुनाउने आदि । जस्ता कार्यले बालमनोविज्ञानमा सकारात्म छाप पर्नुको साथै अभिभावकसँगको बसाई सार्थक हुन पुग्छन् ।

हाम्रा हरेक समुदायका आ आफ्नै मौलिक संस्कृती र परम्परा अनुसारका खानाका मौलिक खानाका परिकार पनि छन् । आफ्ना नानीबाबुलाई यस लकडाउनको अवसरमा आफ्ना चाडपर्व अनुसारका मौलिक खान पकाएर खुवाउने, खानाका परिकार बनाउन चाहिने सामग्री सहितको खना बनाउने सीप हस्तान्तरण गर्ने यो अत्यन्त उत्तम समयको रुपमा उपयोग गर्न सकिन्छ । बालबालिकालाई आ-आफ्ना चाड पर्व, संस्कार र परम्पराकाको महत्व र आफ्नो संस्कृतिको जगर्न किन गर्ने जस्ता महत्वपूर्ण ज्ञान हस्तान्तरण गर्दै समयमको उचित सदुप्रयोग गर्न सकिन्छ ।

यस लकडाउनको बेला घर परिवारमा अभिभावकहरुले तास खेल्दै मादम पदार्थ सेवन समय विताउनुको सट्टा बालबालिकाको उमेर अनुसरा दैनिक जीवनका यापनका लागि जान्नै पर्ने कार्यहरु जस्तै आफ्ना जुत्तामा पालिस लगाउने, सटको टाँक लगाउने, जुत्ताका तुना बाँध्ने खोल्ने जस्ता आधरभूत कुराहरु प्रयोगात्मक रुपमा गर्न लगाउने । मोजो तथा कपठा धुने, तरकारी काट्ने, कोठा घर सफा राख्ने, कितावमा कभर हाल्ने जस्ता सामान्य तथा जीवनका लागि महत्न्वपूर्ण ज्ञान र सीप अभिभावकको निगरानी र सहयोगमा रमाईलो गर्दै सिकाई उनीहरुलाई स्वाभलम्बि बनाउने अवसरको रुपमा यसलाई उपयोग गर्दै घर भित्र बालबालिकालाई टिकाउने मात्र हैन व्यवहारिक शिक्षा दिएर आत्मनिर्भर बनाउने बाटोमा लगाउन सकिन्छ ।

अभिभावकले के भन्छन र के गर्छन् त्यसलाई नियकली रहेका हुन्छन् । अभिभावकाका राम्रा र नराम्रा दुवै कार्यको बालबालिकाले नकल गर्दछन् । त्यसैले अभिभावक पनि घर बाहिर ननिकिने, साबुन पानीले राम्रोसँग हात धुने, अनुसाशीत हुने जस्तासामान्य नियमलाई व्यवहारमा पालना गर्नु पर्दछ । बालबालिकाको जीवनको सुरक्षा र उनीहरुका उज्ज्वल भविश्यको लागि आ‡आफ्नो परिवारिक आर्थिक हैसियत र क्षमता अनुसार घर भित्र रमाईलो वातावरण सिर्जना गरी यस अवसरलाई बालबालिकाको जीवनको सिर्जनात्मक र उपयोगी समय बनाऔं । बालबालिकालाई कोराना बाट बचाऔं र बचौं !