जनता टाइम्स

३० चैत्र २०७६, आईतवार ०६:२१

प्रधानमन्त्रीमाथि नै प्रहार केन्द्रित किन महासय ?


लोकतन्त्र, राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, स्वाभिमान र सार्वभौमसत्तालाई अक्षुण्ण राख्न जीवनभरी संघर्ष गरेको एउटा राजनेतामाथि यो तहको लालगिरी देख्दा यी अल्पज्ञ र अपब्याख्याकारीहरुको चरित्र आफै उदांगो हुँदै जानेछ

यतिबेला हामी कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण आउन सक्ने बिकराल परिस्थितिको सामना गरिरहेका छौं । बिश्व नै कोरोनाको महासंकटमा छ । यो बिपत्तिको सामना गर्न सम्पुर्ण शक्तिका साथ बर्तमान सरकार, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षसहितको राजनीतिक शक्ति पनि आसन्न संकटको समाधान गर्न सरकारसँगै हातेमालो गर्न तयार भएको छ । हरेक राष्ट्रिय संकटमा हामी सँगै उभिने र त्यस्को सामुहिक रुपमा प्रतिवाद गर्ने हाम्रो परम्परा र अभ्याशले हामीलाई नयाँ ठाउँमा पुर्याएको छ । महाभुकम्प र त्यस्को ब्यवस्थापन हाम्रो महत्वपुर्ण अभ्याश हो । जस्को कारण दलहरुबीचको दुरी कम गर्यो । नयाँ संबिधान बन्यो र हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अगाडि आएका छौं ।

तर यहीबेला केही अल्पज्ञहरु यो नेतृत्वको बिपक्षमा न्वारानदेखिको बल लगाएर बिकल्प पनि प्रस्तुत गर्दैछन । भोडकाको चुस्कीमा रमाउँदैछन । छापाहरु रंगाउँदैछन । यस्तो कहालीलाग्दा बौद्धिक टाट पल्टाईले हामीलाई अध्याँरो सुरुङ्गभित्र मात्रै हाल्दैछ । निश्चित रुपमा आजका बिश्वका शक्तिशाली देशले पनि नियन्त्रण गर्न असफल बनिरहेको कोरोनाको कहर देख्दा भोलिका दिनमा हामीले कस्तो बिपत्तिहरु भोग्नु पर्ने हो ? भनेर त्यस्को आँकलन गर्नु र ततअनुसारको कोरोना भाइरसको महामारीको नियन्त्रण, उपचार बिधि, स्वास्थ्य सामाग्रीको ब्यवस्थापन आदिका बारेमा सोच्नु र प्रश्न उठाउनुलाई चाँहि मनासिव नै ठानेर ततअनुरुपको जोहो गर्ने तर्फ हाम्रो ध्यान र सजगता जानुपर्छ । हामीले के बुझ्नुपर्छ भने आसन्न कोरोना महासंकटको ब्यवस्थापनपछि समाजका हर क्षेत्रमा ठुलो परिवर्तन हुने कुरा निश्चित नै छ ।

सम्बोधनको सन्देश र नीति

कोरोना भाइरससँग जुध्न र जनताको रक्षाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधनमार्फत देश र जनताको रक्षाका लागि मुलनः सात वटा सन्देशसहित स्पष्ट दिशा र नीति दिनुभएको छ ।

१. कोरोना भाइरस हाम्रो पुस्ताले भोगेको सर्वाधिक गम्भीर चुनौती हो, यो हाम्रो सवैको साझा लडाई हो । यस्मा थप सजगता र सावधानीको आवश्यकता छ ।

२. कोरोना भाइरसको लडाईंमा हामी दोस्रो चरणमा प्रवेश गरेका छौं । केही हप्ता हामी उच्च जोखिममा छौं । संक्रमणको जोखिम न्युन गर्न अन्तराष्ट्रिय सीमा बन्द गरेका हो । लकडाउन गरेको हो ।

३. संक्रमितहरुको लागि उपचारको ब्यवस्था, आइसोलेशन, क्वारेन्टाइनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने, स्वास्थ्य सामाग्रीको ब्यवस्थालगायत चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरुको अग्रभाग रहेर खुलेको भुमिकाको सह्राना ।

४. बलियोसामाजिक राष्ट्रिय एकताको निर्माणमा सञ्चार माधयमको जिम्मेमवार भुमिकाको माग, सत्य र तथ्यपरक सूचना संप्रेशनको अपेक्षा ।

५. दैनिक ज्यालादारी रसुकुम्वासीहरुको लागि राहातको ब्यवस्था, कोही भाकले नमर्ने, भोकै बस्नु नपर्ने नीतिलाई कार्यान्वयन गर्न जोड ।

६. आपुर्ति ब्यवस्था सहज बनाउने र आवश्यक सुरक्षा ब्यवस्था मिलाउने ।

७. सरकारको नेतृत्वमा सवै राजनीतिक दल, नागरिक समाज र जनता एक भएर बिश्वब्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसबिरुद्ध जुध्न अपिल ।

प्रधानमन्त्री ओलीले दिनुभएको यी सन्देशले सरकार यो समस्यामा संवेदनशील छ, जिम्मेवार छ भन्ने प्रष्ट छ ।

राजनीतिक दलको प्रष्टता

सत्तारुढ दल नेकपाको सचिवालय बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा सरकारले खेलेको भुमिकालाई उचित कदम भनेको छ । पार्टी प्रवक्ताले जारी गरेको बक्तब्यमा कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका बिभिन्न निकायले गरेको प्रयाश र हासिल गरेको उपलब्धीहरु सही छन । सचिवालयका सदस्यहरुले प्रस्तुत गर्नुभएका सुझावहरुलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने कुरामा बैठकले जोड दिएको उल्लेख गरिएको छ ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले पनि कोरोना भाइरसबिरुद्धको लडाईंमा सरकारसँगै हातेमालो गर्ने कुरामा जोड दिएको घटनाले पनि यस मामिलामा सरकार र प्रतिपक्षसँगै अगाडि बढने कुरा स्पष्ट भएको छ । दुवै पार्टीको हाइकमाण्डको बैठकमा कोरोना भाइरसको संक्रमणले उत्पन्न स्थितिको सामना गर्न चालिएको कदम र गरिएका कामहरु उपलब्धीमुलक र सकारात्मक भएपनि थप सजगता र तयारीको आवश्यकता रहेको कुरा उल्लेख गरिएको छ । डब्लुएचओका महानिर्देशक भनेजस्तो यस्तो बेला राष्ट्रिय रुपमा मात्रै होइन, बिश्वब्यापी रुपमा नै एकतावद्ध भएर लाग्नुपर्छ । शक्तिशाली देशहरुले अरुलाई बाटो देखाउनु र भाइरसमाथि राजनीति नगर्न सुझाएका छन ।

अवको बाटो र नीति

यो संकट सामान्य संकट होइन, परिस्थितिको जटिलतालाई बुझ्न र यो संकटलाई पार लगाउन सवै प्रदेश केन्द्र र मुख्य शहरमा कोरोना जाँच गर्ने पिसिआर मेसिनको ब्यवस्थापन र प्रयोग गर्ने, देशमा भएको सम्पुर्ण पिसिआर र मेसिनको प्रयोगमा जोड दिने, नयाँ थप गर्ने, बिदेशबाट आएको भनिएका ब्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने र अन्य आवश्यक स्वास्थ्य सामाग्रीको ब्यवस्थापन गर्ने, चिकित्सक र स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरुलाई (स्थानीय) हौसला प्रदान गर्ने, शंका भएमा उपचारमा आउने बातावरण तयार गरिदिने, क्रमशः महामारीको संभावना भएको ठाउँमा एरिया बन्दी गर्दै जाने जस्ता नीतिबाट निर्देशित हनुपर्दछ ।

यो भाइरसले बिश्व अर्थतन्त्रलाई कमजोर बनाउँदै लगेको छ । त्यस्को प्रभाव नेपालमा पनि पर्छ । नेपालको ससना लघु, घरेलु उद्योगदेखि प्रत्यक्ष बैदेशिक लगानी र समग्र बैंक तथा बित्तीय क्षेत्रलाई असर गरेको छ । अरु कतिञ्जेल र कुन रुपमा हुने हो ? अहिले एकिन गर्न सकिँदैन । त्यसका लागि नेपाल सरकारले लकडाउन सँगसँगै कोरोना भाइरस संक्रमण न्यूनिकरण गर्न आवश्यक कार्य चिकित्सकीय उपकरणकोउपलब्धता, संक्रमणको परीक्षण गरिव तथा निसहाय र दैनिक ज्यालादारी गर्नेका लागि खाद्यन्न बितरणको प्रक्रिया र सुनिश्चितता यकिन गर्नुपर्छ । उद्योग धन्दा ताला लागेको अवस्था छ । आम्दानीका स्रोतहरु बन्द छन । बैंकको ऋण तथा ब्याज छुटको अवस्था पनि यकिन गर्दै अरु प्रष्टता हुन जरुरी छ । र हामीले मानवीय र आर्थिक क्षतीलाई कसरी ब्यवस्थापन गर्ने हो ? हाम्रा अर्थतन्त्रको लागत, प्राविधिक र बित्तीय क्षमतामा स्पष्ट गरी भावी रणनीति तयार गर्नूपर्ने अवस्था छ ।

केही बौद्धिक दासहरु आफ्नो अल्पज्ञको प्रदर्शन गर्दै केही थान लालका साथ प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध नांगै उतारिएका छन । प्रधानमन्त्रीले बोलेको, हाँसेको पनि सहदैनन ती अल्पज्ञहरु। आफ्ना मालिकको जुठोमा रमाएर, उस्को दासत्व स्वीकार गर्दै जलचर पंक्षी हाँस कमलको फूल खोस्रदै त्यस्को नालभित्र प्रवेश गर्न आनन्द माने जस्तै मालिक आज निकै हानेको छु भनेर नतमस्तक हुन्छन

प्रधानमन्त्रीमाथि प्रहार केन्द्रित किन ?

केही बौद्धिक दासहरु आफ्नो अल्पज्ञको प्रदर्शन गर्दै केही थान लालका साथ प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध नांगै उतारिएका छन । प्रधानमन्त्रीले बोलेको, हाँसेको पनि सहदैनन ती अल्पज्ञहरु। आफ्ना मालिकको जुठोमा रमाएर, उस्को दासत्व स्वीकार गर्दै जलचर पंक्षी हाँस कमलको फूल खोस्रदै त्यस्को नालभित्र प्रवेश गर्न आनन्द माने जस्तै मालिक आज निकै हानेको छु भनेर नतमस्तक हुन्छन । लम्पसार भएर भीख माग्छन । यतो यल्लो जर्नालिजमको के औचित्य छ र ? दुतावासको ढोका ढक्ढक्याएर जीवनको भीख माग्नेलाई नेपाल कम्यनिष्ट पार्टी (नेकपा) कुन दर्शन, कुन नीति, कुन बिधि र चलेको समेत हेक्का राख्दैैनन । एउटा राजनेताले देशको राष्ट्रिय राजनीतिमा खेलेको भुमिका, योगदानको पनि नजरअन्दाज गर्न पछि पर्दैनन । सात दशक लामो बलिदानी संघर्ष र दुई वटा संबिधानसभाको अभ्याशबाट प्राप्त नेपालको संबिधान निर्माणमा खेलेको भुमिका, त्यसमार्फत ऐतिहासिक उपलब्धीहरु संस्थागत भएको र संधिानको कार्यान्वयन गर्दै नेपाललाई राजनीतिक स्यागित्व, दिगो शान्ति, सुदृढ लोकतन्त्र र आर्थिक समृद्धिका दिशामा अगाडि बढेकोमा धेरैलाई बेखुसी छ । अस्थिरतामा खेल्नेहरु सधै धमिलो पानीमा माछा मार्नेहरु आवेग, प्रतिशोधर संकिर्न स्वार्थका लागि निर्लिप्त भएर लागेका छन ।

यतिबेला मलाई एउटा कथाको स्मरण भयो । महाभारत कथाको एउटा पात्र जो जन्मजात अन्धो तर अत्यन्त बलियो थियो धृतराष्ट्र । आफ्नो छोरा कौरव हरुको पराजय र पाण्डवहरुको बिजयबाट अत्यन्त क्रुद्ध भएको बेला एक दिन पाण्डव पक्षको भीमसेन भेट गर्न आउँदा अंकमाल गर्ने इच्छा गर्यो । तर परिस्थितिको ख्याल गर्दै बास्तविक भीमसेन नगएर बलियो फलामका भीममुर्ती अंकमालका निम्ति प्रस्तुत गरियो । अंकमाल गर्दा त्यसैलाई भीमसेनठानेर धृतराष्ट्रले धुलोपिठो पारिदिएको थियो । यस्तै लोकतन्त्र, राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, स्वाभिमान र सार्वभौमसत्तालाई अक्षुण्ण राख्न जीवनभरी संघर्ष गरेको एउटा राजनेतामाथि यो तहको लालगिरी देख्दा यी अल्पज्ञ र अपब्याख्याकारीहरुको चरित्र आफै उदांगो हुँदै जानेछ । बिश्वब्यापी महामारी बनेको कोरोना भाइरसको रोकथाम, उपचारका बिषयलाई लिएर यो तहमा राखेर ब्यक्तिको चरित्र हत्या गर्नुभन्दा मिलेर कोरोनाबिरुद्धको लडाईमा लागौं । यो साझा लडाई हो, साझा मुद्धा हो । यसलाई राजनीतिको बिषय नबनाऔं । समयमा नैचेतना भया !