जनता टाइम्स

४ बैशाख २०७७, बिहीबार १४:०८

२१ दिनपछि आरडीटी पोजेटिभ आयो भने त्यो बिरामीमा कोरोना रोग सार्ने शक्ति हुँदैन


कोरोना भाइसरको जाँचपड्तालको कुरा गर्दा यो पीसीआर भनेको त सबै नेपालीलाई थाहा भइसक्यो जस्तो लाग्छ । सुरुमा एक दिनदेखि १४ दिनसम्म रोग सर्न सक्ने हुने भएकाले धेरै कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकाले देखिन सक्ने भएकाले त्यो अवस्थामा हामी रियल टाइम पीसीआर (परीक्षण) भन्छौं, गर्छौं ।

त्यसपछि चाहिँ हामी र्यापिड डाइग्ननस्टिक टेस्ट (आरडीटी) । रोगसँग लड्न सक्ने क्षमताचाहिँ यो यस्ले जाँच गर्छ । रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता पनि विभिन्न खालको हुन्छ । एउटा आईजीएम हुन्छ, अर्को आईजीजी, केही समय पहिलो अवस्थामा चाहिँ आईजीएम बस्छ भने अलि धेरै समयसम्म चाहिँ अर्को एन्टिबडी आईजीजी बस्छ । यस हिसाबले हामी १४ दिनपछि हामी आरडीटी टेस्ट गर्छौं । जस–जसको पोजिटिभ आउँछ, त्यसलाई हामी पीसीआरले कन्फर्म गर्छौं । त्यहाँ भाइरस छ कि छैन ? हेर्छौं ।

यसमा धेरै मान्छेको चिन्ता देखें मैले । हामीले केही जिल्लामा देख्यौं, आरडीटी पोजिटिभ आएपछि त्यो बिरामीलाई छुन डराउने, एम्बुलेन्समा राख्न पनि नमान्ने, उहाँहरुलाई धेरै गाह्रो भइरहेको छ । तर आरडीटी पोजिटिभ आउनु भनेको रोगसँग लड्ने क्षमता वृद्धि भएको प्रमाण हो । पछिल्लो अवस्थामा आउँदा ४० दिनपछि पनि आरडीटी पोजिटिभ आएको छ । यो भनेको त्यस व्यक्तिलाई कुनै समय कोभिड १९ भएको हो तर उहाँ अहिले रोग सार्ने अवस्थामा हुनुहुन्न ।

सवैलाई के सुनिश्चित हुन आग्रह गर्छौं भने १४ दिनदेखि २१ दिनसम्म आरडीटी गर्छौं । तर केही दिन पछाडिसम्म पनि गर्न सकिन्छ । २१ दिनपछि आरडीटी पोजेटिभ आयो भने त्यो बिरामीमा रोग सार्ने शक्ति हुँदैन । रोगबाट बच्ने क्षमता बढेको हो । त्यसकारण आरडीटी पोजेटिभ आउनेबित्तिकै हामी आत्तिनुपर्ने, भयभीत हुनुपर्ने होइन

त्यसैले आरडीटी पोजिटिभ आउँदैमा उसलाई फरक व्यवहार गर्नु हुँदैन । उसले रोग सार्छ भन्ने सोच्नु भएन । तैपनि त्यस्ता व्यक्तिलाई उचित व्यवस्थापन, आरडीटी पोजिटिभ आइसकेपछि फेरि पीसीआरको टेस्ट गर्छौं र कन्फर्म गर्छौं कि यो व्यक्ति अहिले रोग सार्ने अवस्थामा हुनुहुन्न । त्यसकारण सवैलाई के सुनिश्चित हुन आग्रह गर्छौं भने १४ दिनदेखि २१ दिनसम्म आरडीटी गर्छौं । तर केही दिन पछाडिसम्म पनि गर्न सकिन्छ । २१ दिनपछि आरडीटी पोजेटिभ आयो भने त्यो बिरामीमा रोग सार्ने शक्ति हुँदैन । रोगबाट बच्ने क्षमता बढेको हो । त्यसकारण आरडीटी पोजेटिभ आउनेबित्तिकै हामी आत्तिनुपर्ने, भयभीत हुनुपर्ने होइन । तर पनि मेरो विशेष अनुरोध के छ भने हामी टेस्ट गरौं ।

लुकाएर राख्यौं भने आफूलाई मात्र होइन । आफ्नो परिवारलाई मात्र होइन, समाज र देशलाई नै गाह्रो हुन्छ । त्यसैले कसैलाई समस्या छ भने हाम्रा कल सेन्टर छन् अन्य माध्यम पनि छन्, त्यसबाट सम्पर्क गरौं र देशभर जारी टेस्टमा सहभागी होऔं । कोभिड १९ बाट कसैको पनि मृत्यु हुन नदिने वातारवरण बनाऔं । योभन्दा संक्रमण बढ्न नदिऔं ।
(बुधवार स्वास्थ्य मन्त्रालयमा आयोजित बिचारको पुर्ण पाठ)