जनता टाइम्स

१० बैशाख २०७७, बुधबार १८:५०

भाइरस सजीव कि निर्जिव ? प्रधानमन्त्रीमाथि खनिनुअघि पढौं जोन्स हप्किन्स युनिभर्सिटीको यो निश्कर्ष


काठमाडौं, बैशाख १० । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस निर्जिव रहेको बताउनु भएपछि नेपालमा भाइरस निर्जिव कि सजिव भन्ने बहश चुलिएको छ । देशबासीको नाममा सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले कोरोना भाइरस निर्जिव भएकोले आफै तातोपानी वा सावुनपानीले हाँत धुँदा यो भाइरसको संक्रमण नहुने बताउनु भएपछि राजनीतिक दलका नेतादेखि चिकित्सकसम्म उहाँमाथि खनिएका छन ।

के हो त कोरोना भाइरस ? यो सजिव हो कि निर्जिव भन्ने बहश चलिरहँदा जोन्स हप्किन्स युनिभर्सिटीले आफ्नो रिसर्च प्रतिवेदन सार्वजनिक गरेको छ । कोरोना भाइरसको बिषयमा सो युनिभर्सिटीले तथ्यसहित प्रतिवेदन सार्वजनिक गर्दै ‘भाइरस कुनै जीवित जीव नभएको प्रोटीन अणु (डीएनए) भएको निश्कर्ष सुनाएको हो ।

‘भाइरस कुनै जीवित जीव होइन, प्रोटीन अणु (डीएनए) हो । जसलाई बोसो (लिपिड फ्याट) को सुरक्षात्मक तहले ढाकिएको हुन्छ । जुन नाक वा मुखको म्यूकोसाको कोषहरुद्वारा अवशोषित हुँदा तिनीहरूको आनुवंशिक कोड परिवर्तन गर्दछ । उत्परिवर्तन गर्दछ र तिनीहरूलाई प्रशस्त आक्रामक कोषिकाहरुमा रूपान्तरण गर्छ,’ जोन्स हप्किन्स युनिभर्सिटीको रिसर्च प्रतिवेदनको निश्कर्षमा भनिएको छ । यो निश्कर्षसँगै प्रधानमन्त्री ओली सही र बिरोध गर्ने चिकित्सकदेखि राजनीतिक नेतासम्म गलत रहेको प्रष्ट भएको छ ।

यस्तो छ जोन्स हप्किन्स युनिभर्सिटीको प्रतिवेदनको निश्कर्ष

१. भाइरस कुनै जीवित जीव होइन, प्रोटीन अणु (डीएनए) हो । जसलाई बोसो (लिपिड फ्याट) को सुरक्षात्मक तहले ढाकिएको हुन्छ । जुन नाक वा मुखको म्यूकोसाको कोषहरुद्वारा अवशोषित हुँदा तिनीहरूको आनुवंशिक कोड परिवर्तन गर्दछ । उत्परिवर्तन गर्दछ र तिनीहरूलाई प्रशस्त आक्रामक कोषिकाहरुमा रूपान्तरण गर्छ ।

२. भाइरस, जीवित जीव नभएकोले मार्ने सवाल हुँदैन । आफैं नष्ट (क्षय) हुन्छ । तर विघटनको समय वर्तमान अवस्था र वातावरणमा रहेको तापमान, आर्द्रता र सामग्रीको प्रकारमा निर्भर गर्दछ ।

३. भाइरस धेरै कमजोर हुन्छ तर वोसो (फ्याट) को वाहिरी पातलो तहले यसलाई सुरक्षित गर्दछ । त्यसकारण कुनै साबुन वा डिटर्जेंट नै उत्तम उपचार हो । किनकि फोम (साबुनको फिंज) ले फ्याटलाई काट्छ । त्यसैले २० सेकेन्ड वा सो भन्दा बढी समय लगाएर हात रगड्दा, धेरै फोम पैदा गर्नु पर्दछ । फोम बढी भएपछि साबुनमा रहेका रसायनले बोसो (फ्याट) सतहलाई भङ्ग गर्छ अथवा तोड्छ । जसले प्रोटीन अणु फैलिन्छ, आफैंमा बिच्छेद हुन्छ र क्रियाशिल रहीरहँदैन ।

४. एक भाग ब्लीच र पाँच भाग पानीको साथ कुनै मिक्सले प्रोटिनलाई सिधै विघटन गर्दछ र भित्रैबाट बिच्छेद शुरु गर्दछ । २५ डिग्री सेल्सियस भन्दा माथिको पानी प्रयोग गर्न उपयुक्त हुन्छ । तातो पानीले अत्यधिक फोम पैदा गर्छ, जो अझ उपयोगी हुन्छ ।

५. भाइरस, ब्याक्टेरिया (जीवाणु) जस्तो जीवित जीव नभएकोले कुनै जिवाणुनाशक (एण्टिसेप्टिक)ले काम गर्दैन ।

६. कपडा, तन्नाहरुलाई झटारने काम नगर्नुहोस । कपडा झटार्नु भयो वा हल्लाउनु भयो भने, भाइरस अणु तीन घण्टासम्म हावामा तैरिरहन्छ र तपाईको नाकमा प्रवेश गर्न सक्दछ ।

७. कार्डबोर्डमा रहेको भाइरस २४ घण्टामा, धातुमा रहेको भाइरस ४२ घण्टामा र प्लास्टिकमा रहेको भाइरस ७२ घण्टामा विच्छेदन भईहाल्छ ।

८. भाइरस अणुहरूलाई स्थीर रहनको लागि ओस र विशेषगरी अन्धकार पनि चाहिन्छ । तसर्थ, वायुको चिसोपन कम भएको, सुख्खा, तातो र उज्यालो वातावरणले यसलाई छिटो घटाउँछ वा निष्क्रिय पार्छ ।

९. अल्ट्राभ्वाईलेट लाईटले कुनै पनि वस्तुमा रहेको भाइरस प्रोटीनलाई बिच्छेद गर्दछ ।

१०. यो भाइरस स्वस्थ छालामार्फत जान सक्दैसक्दैन ।

११. कुनै स्पिरिटस (मदिरा वा रक्सी) अथवा भोडकाले काम गर्दैन । सबैभन्दा कडा भोडकामा ४० प्रतिशत अल्कोहल हुन्छ तर यस भाईरसलाई निष्क्रिय पार्न ६५ प्रतिशत अल्कोहल चाहिन्छ ।

१२. लिस्टरिन रसायनले काम गर्न सक्छ यदि यसमा ६५ प्रतिशत अल्कोहल छ भने ।

१३. ठाउँ जति बढी सीमित वा साँघुरो गरियो, भाइरस बढ्न सक्छ । जति खुला र स्वाभाविक हावामा हामी रहन्छौं त्यति यसको सम्भावना कम हुन्छ ।