पार्टीभित्रको कुन कुन नेताले गरिरहेका छन भन्ने हामीले राम्रोसङ्ग बुझेका छौं । तर तपाईं झै आफ्नो आङ्गमा आफै खरानी किन छर्ने भनेर मात्र हो । तपाइले अवसर नपाउनु भएको छैन । तर मन्त्री खान नपाएको झोकमा पार्टी र नेताहरुलाई खुइल्याउने कामले कसैलाई हित गर्दैन । चाइना साउथ एअरको मुद्दा लाग्दै गर्दा जनता समेत अख्तियारलाई साथ दिदै पार्टीका नेताहरुले नै रावललाइ मुद्दा लगाउनु पर्दछ भनी आज तपाईं उफ्रे जस्तै उफ्रिएको भए आज तपाईं कहाँ हुनुहुन्थ्यो होला । भीम रावल कमरेड !, तपाईंसँग यस्को जवाफ छ ?
टेकराज पौडेल
१. महाकाली सन्धिबिरुद्धको आन्दोलनमा तपाईको सकृयता कस्तो थियो ? सायद त्यतिबेलाको नेतृत्व र समकालिनहरुलाई बढी थाहा होला । हाल तपाईं भारत बिरोधी नेताको रुपमा सिगारिदै गर्दा नेपाली जनताले केपी शर्मा ओलीलाई महाकाली सम्झौताका कारण लामो समय भारतीय पक्षपाती नेताको रुपमा बुझ्यौं, बुझायौ । सायद तपाइले पनि महाकाली सन्धिकै पक्षमा भोट हाल्नु भयो कि ? बिरुद्दमा ? तपाईकै मुखबाट जान्न पाए हुन्थ्यो ।
२. चाइना साउथ एअर खरिदमा अख्तियारमा मुद्धा र पार्टीबाट बचावट : पर्यटन मन्त्रालयको नेतृत्व सम्हालेको बेला तपाईले चाइनिज जहाज खरिदमा अख्तियार दुरुपयोग आयोगले मुद्दा किन चलायो ? भलै पार्टीले स्थायी कमिटी सदस्य भरत मोहन अधिकारीजीको संयोजकत्वमा बनेको एक सदस्यीय छानबिन समितिले तपाइलाई ढाक्यो ! र अख्तियारले पनि क्लिन चिट दियो । जहाज न आए पनि राज्यलाइ कति नोक्सान लागेको कुरा त पर्यटन मन्त्रालय र कोष तथा लेखा नियन्त्रण कार्यलयलाई मात्र थाहा छ होला !
३. पार्टी महाधिबेसनका प्रतिनिधिलाई गोली हान्ने आदेश : तात्कालिन नेकपा एमालेको छैठौं महाधिबेशन २०५४ माघ (नेपालगन्ज) मा जारी रहदा महाकाली सन्धी बिरोधी भन्दै योगेश भट्टराई र रुपनारायण श्रेष्ठमाथि माथि शारिरिक आक्रमणको निर्देशन दिने तपाईं हो कि होइन ? जब कि यी दुई प्रमुख नेतासहित करिब आधा दर्जनको टाउको प्रहरीद्वारा फोरिएको थियो । त्यति बेलाको नेपालका मुख्य पत्रिका पढ्ने र नेपालगन्जको भिडियो हेर्नेहरुलाई थाहा होला । तात्कालिन बिद्यार्थी नेता तथा हाल पार्टी स्थायी कमिटी सदस्य योगेश भट्टराईजीले नेपाल टेभिजनमा भीम रावल कमरेडको आदेशमा प्रहरीले लाठी बर्सायो भन्नू भएको अझै बिस्मृतिमा गएको छैन ।
४. रावल र भारतीय खुफिया एजेन्सीसङ्गको एकता र त्यसको प्रभाब : तात्कालिन नेकपा माओबादीका अध्यक्ष तथा हालका नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले २०६६ साल जेष्ठमा प्रधान सेनापतिलाई हटाएर आफू समर्थक सेनापती बनाउने निर्णय गर्ने कार्य गरेपछि राष्ट्रपतिद्वारा चालेको कदमका कारण नैतिकताको आधारमा राजीनामा गरेका थिए । बहिर्गमनमा परेका नेकपा माओबादीले तेश्रो जन आन्दोलन गर्ने भन्दै काठमाडौ घेर्ने र सत्ता कब्जा गर्ने योजना बनाएपछि तात्कालिन माधब नेपाल नेतृत्वको संयुक्त सरकार घेराबन्दीमा पर्यो । सरकार माओबादीसङ्ग सहर र पृथकताबादीसङ्ग तराइमा एकैचोटी लडेर कामयाबी प्राप्त गर्ने स्थितिमा थिएन । तराइमा करिब सय भन्दा बढी समुहहरु आतंकवादी गतिबिधी गर्दै आएका थिए । तराइको गतिबिधि पहिले तह लगाउने र त्यसपछि मात्र माओबादीसङ्ग शहरमा लड्न सकिने योजनाका साथ तात्कालिन गृहमन्त्रीको हैसियतमा तपाई भीम रावल कमरेडले भारतीय खुफिया एजेन्शीसङ्ग गरेको भित्री सम्झौताको मूल्य नेपालले कहिलेसम्म तिरी रहने हो ?
प्रचण्डलाई सेनापती कान्डमा सत्ता बहिर्गमनपछि हात लाएको सरकार बचाउन तराइमा भएका करिब सय भन्दा बढी शसस्त्र समुहसङ्ग लडाइ लड्नु पर्दा नेपालमा माओबादीलाई हराउन सम्भव नभएकोले तराई क्षेत्रबाट समुल नस्ट गर्न भारतले सहयोग गर्नुपर्ने र आफु भारतको जुग जुगसम्मको लागि सहयोगी बन्ने भारतीयहरुसङ्गको बाचा बन्धनपछि नेपालको तराइमा रहेको ठूलो संख्याको शसस्त्र समूह करिब २ महिनाको अवधिमा एकाएक हतियार बुझाएर आत्मसमर्पण गरेका थिए । नेपालमा सुरक्षाफौजको निगरानी बढ्दा र सिमानाबाट भारत छिरेर बाच्न नपाउने भए पछि तराइमा एकाएक शान्ति आएको थियो । मधेशमा आएको शान्तिकै कारण सिङ्गो सुरक्षा रणनिती माओबादीले भन्ने गरेको तेश्रो जन आन्दोलन दबाउन सहयोगी बनेको जगजाहेर नै छ । नेपालको राजनितिमा एकलौटी प्रभाब छोड्न सफल भारतीयहरु हरेक राजनैतिक मोडमा भुमिका खोज्ने गर्दछन ।
१२ बुदे सम्झौता दिल्लीमै गराएर भारतको भुमिका महत्वपूर्ण हो भन्ने पार्न खोजेको भारतले २०६२र६३ को जन आन्दोलनमा आन्दोलनकारी र राजा ज्ञानेन्द्रबीच बैशाख ९ गते करण सिंहलाई मध्यस्थताको लागि गरेको प्रयास असफल भएपछि निरास भएर फर्केको थिए । नेपाललाई अप्ठ्यारो पार्न भारत गौडा ढुकेर बाटो हेरिरहेको थियो । राजालाइ बिस्थापन गर्ने बेलामा समेत बेखबर बन्न परेपछि भारतीय संस्थापन पक्ष निकै निरास भएको थियो । शान्ति प्रकृयापछि पश्चिमाहरु र खासगरी अनमिन हाबी भएको भारतीयहरुलाई मन परेको थिएन । तीन बर्षदेखि नेपालको समग्र राजनैतिक क्षेत्रमा अनमिनको भुमिका मन नपराएको कारण अनमिनलाई माधब नेपाल सरकारले जसरी पनि हटाउन पर्ने भारतीयहरुको दबाब गृहमन्त्री रावलमार्फत पहिले नै सम्झौता भएको थियो ।
सरकारले अनमिनलाई अपमानजनक ढङ्गबाट फिर्ता पठाउने निर्णय भएपछि एकाएक रिसाएका पश्चिमा शक्तिहरु नेपाल सरकारलाई भारतको दर्बिलो हात देखेपछि बाध्य भएर अनमिन टोलि फिर्ता आएको थियो । अनमिनलार्इ फिर्ता पठाए पछि बानेश्वरमा आयोजित सभामा नेकपा अध्यक्ष प्रचण्डले माधब नेपाललाइ विष वृक्ष भन्दै आफूहरुले अबको बार्ता नोकरसङ्ग होइन मालिक सङ्ग गर्ने भन्दै माधब नेपाललाई हुँकार गरेका थिए । अनमिनलार्इ सरकारले फिर्ता पठाउनमा रावलले तराइमा शशस्त्र समुहको गतिबिधी समाप्त पार्न भारतसङ्ग गरेको सम्झौताको एक महत्वपूर्ण शर्त थियो । तराइमा रहेको सशस्त्र समुहलाई दबाउन राज्यले लगानी गर्न नपरेपछि माओबादीले भन्ने गरेको तेश्रो जनआन्दोलन राज्यको सम्पुर्ण शक्ति लगानी गरेर असफल भएको थियो ।
सम्बिधान निर्माणको बेला आफूपछि पर्दछु कि भन्ने चिन्तामा रहेको भारत माधब नेपाल प्रधानमन्त्री भएपछि करिब ५ बर्स २०७२ साल जेस्ठसम्म नेपालको राजनितिमा हाबी रहेको थियो । केपी ओली नेकपाको संसदीय दलको नेता र २०७१ असारमा अध्यक्ष जित्ने बेलासम्म हाबी रहे पनि ओली अध्यक्ष भएर नेपाली काङ्रेससङ्ग गरेको ४ बुदे सम्झौताले माधब नेपालले अभिब्यक्त गरेको भनाई निकै सान्दर्भिक छ । ओलीले काङ्रेससङ्ग मात्र सम्बिधानका अन्तर्बस्तुसङ्ग गरिएका सम्झौताले माओवादी टाढिने र सम्बिधान नबन्ने खतरा बढ्यो, तर परिस्थिति नेपालले भने जस्तै भएन । ओलिले चाहे जस्तो भयो । एमाले र काङ्रेसलाई खेलाएर सम्बिधानमा आफ्नो इच्छा पूरा गराउने वा नसकेमा समबिधान नै बन्न नदिने ध्याउन्नमा रहेको माओबादीलाइ एमाले काङ्रेसको एकता दबाब बन्न गयो ।
माओबादी आफ्ना बिचार लाद्नै पर्ने अन्यथा सम्बिधान बन्न नदिने रणनीति बुझेका ओलीले दोश्रो सम्बिधानमा काङ्ग्रेस एमालेको दुई तिहाइको शक्ति छ भन्ने बुझेका कारण सम्बिधान बन्न यी दुई शक्तिको एकता महत्वपूर्ण हुन्छ भन्ने शाश्वत तात्कालिन एमाले भित्रका अन्य नेताको दिमागमा थिएन । जब ओली संबिधान बनाउने कर्ममा अगाडि बढे अनि भारतका रुचिमाथि अन्कुश लाग्न थाल्यो । सर्वदलीय बैठकमै ओलीले सम्म भुभाग पहाड मै भए पनि मधेशमा हाल्नै पर्ने हो कि ? भन्ने ब्यङ्गले तरङ्ग नै शृजना गर्यो । ओलीले संबिधान बनाउन राष्ट्रिय हितलाइ कति महत्व दिएका थिए भन्ने सहजै बुझ्न सकिन्छ । नाकबन्दीपछि भारतीय स्वार्थ कर्नरमा परेको स्वयम् शुष्मा स्वराजले नै बोलेको भिडियोमा देख्न पाइन्छ । शान्ति सम्झौता र संबिधान निर्माणको बेला कर्नरमा परेको भारत माधब नेपाल प्रधानमन्त्री भएको बेला गृहमन्त्री भीम रावलकै कारण २०६६ जेठदेखि २०७२ मङ्गसिर सम्म हाबी भयो । यो बिचमा बाबुराम भट्टराई र प्रधानन्यायाधीश खीलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने र चुनाबमा लैजाने बेलासम्म भारतीयहरु नै हर्ताकर्ता थिए ।
५. गृहमन्त्रीबाट बहिर्गमन भएपछि १ बर्स सम्म सुबिधा र गाढी फिर्ता नगर्नु : नैतिक र चरित्रबान मन्त्रीहरु आफू मन्त्रीबाट मुक्त भएको एक घन्टामै क्वाटर, गाडि र पिएसो छोडेर टेम्पो चढेर घर फर्कन्छन । गोकर्ण बिष्ट, लालबाबु पन्डित, जनार्दन शर्मा त्यसै गरेका थिए । नया क्वाटर नपाइन्जेल करिब एक हप्ता क्वाटर प्रयोग गर्न पनि छुट हुन्छ र क्वाटर खोजुन्जेल गाढी पनि सङ्गै दौडाउन पाइएला । तर भीम रावल काम्रेडले करिब एक बर्ष गृह मन्त्रालयको गाडी फिर्ता गर्नु भएन । आफू भन्दा पुर्वगृहमन्त्रीहरुले लामो समय फिर्ता नगरेकोले आफुले पनि फिर्ता नगरेको भन्ने रावल काम्रेडको जबाफले नेकपाका कार्यकर्ताहरुको शिर निहुरिन्छ भन्ने बुझ्नु भएन । के म दोश्रो दर्जाको गृहमन्त्री हुम र भन्ने रावलको तर्क अरुलाई नैतिकताको उपदेश दिने खालको थिएन ।
६. पार्टी महाधिबेसनको फैसलालाई चुनौती : २०६५ मा बुट्वलामा सम्पन्न आठौ महाधिबेसनमा ओली टिमबाट उपाध्यक्षमा उम्मेद्वार भै निर्वाचन लडे पनि रावलले उपाध्यक्ष जित्न सक्नुभएन । महाधिबेसनका प्रतिनिधिले हराएको रिष उहाले नव निर्वाचित नेतृत्वमाथि पोखेर केन्द्रीय सदस्यमा निर्वाचित भएको एक बर्स ३ महिनासम्म पनि शपथ नलिई एमाले छाडेको जसरी बस्नुभयो । महाधिवेशन कम्युनिस्ट पार्टीको सर्बोच्च सन्स्था हो भन्ने समेत ख्याल नगर्ने ब्यक्तिले अरुलाई नैतिकताको पाठ सिकाउन कत्तिको जायज होला ?
७. गृहमन्त्री पाएपछि पार्टीमा सपथ ग्रहण : २०६६ जेठमा माधबकुमार नेपाल प्रधानमन्त्री भएको सम्युक्त सरकारमा रावल कम्रेड गृहमन्त्री बन्ने निश्चित भएपछि मात्र गृहमन्त्री हुनु भन्दा अघिल्लो दिन जेठ १७ गते शपथ खानु भएको थियो । के गृहमन्त्री नपाएको भए सपथ खानु हुन्थ्यो त ?
८. सहकार्य गर्न र अरुलाई मिलाएर लान नसक्ने दम्भी नेता : आफू गृहमन्त्री हुदा गृह राज्यमन्त्रीमा नियुक्ती पाएका पार्टीको केन्द्रीय सदस्य रिजवान अन्सारीसङ्ग मिलेर काम गर्न चाहनु भएन । गृह मन्त्रालयका कुनै काममा अन्सारीको उपस्थिति देख्न नपरोस भन्दै सहसचिब र उपसचिबलार्इ समेत वास्ता पास्ता नगर्न भनेपछि अन्सारीले आफू अपमानित भएको पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिन बाध्य पार्नु भयो ।
९. आफ्नो प्रतिस्प्रधीलाई सखापै पार्ने क्षमता : विश्व कम्युनिस्ट आन्दोलनको गहिरो अध्यन र ज्ञान भएका रावलसँग रसिया र चाइनिज कम्युनिस्ट आन्दोलन भित्रका नेताहरु कसरी पार्टी सत्ताको कोपभाजनमा पारेर आफू एकलौटी शक्ति आर्जन गर्न सकिन्छ भन्ने राम्रो थाहा छ । सुदुरपश्चिमको आफू एक मात्र हिरो बन्ने चाहनाले आफ्नो जतिकै योगदान र क्षमता भएको बाजुराका दयाल बहादुर शाहीलाई कहिल्लै उठ्न दिएनन । गत एमाले माओबादी एकता पश्चात् एमालेले थप पाएको ४१ सिटमा ओलीले दयाल बहादुर शाहीको नाम राखेको थाहा पाए पछि ओलीको लिस्टबाट नाम निकालेरै छोडे । त्यस्तै पूर्वमन्त्री मोहनसिंह राठोरलाई पार्टी छाडन बाध्य पारे । रावलकै कारण सुदुरपश्चिममा नेकपाको थप्रै योग्य नेता कार्यकर्ता अपमानितपुर्वक बाँच्न बाध्य छन ।
१०. आफ्नै टिममा पनि अन्तर्घात : नबौ महाधिबेसनमा आफ्नै टिममा रहेको थुप्रै पदाधिकारी हराउन रावलको भुमिका रह्यो ।
११. नबौ महाधिबेसन मै बिदेशबाट आउने प्रतिनिधिमा आफू र आफ्नो टिमलाइ भोट नहाल्ने मान्छे निर्वाचित भै आएको अवस्थामा त्यस्ता प्रतिनिधीलाई महाशिबेसनको प्रतिनिधि बनाएर सिफारिस नगर्ने, प्रतिनिधिको मान्यता दिन अस्विकार गर्ने र त्यस्तो प्रतिनिधिलाई सम्बन्धित देशको प्रतिस्पर्धामा रहेको ब्यक्तिबाट इमेल मार्फत मुद्दा हाल्न लगाइ क्यान्सल गर्ने अवस्था शृजना भएको थियो ।
१२. राम्रो मन्त्रालय नदिएमा मन्त्री नहुने र पश्चिममा पार्टी फुटाउने धम्की : २०६२/२०६३ को आन्दोलन पश्चात् आफुलार्इ गृहमन्त्री पाउनु पर्ने माग राख्नु भएका रावललाई पार्टीले सम्युक्त सरकारमा भने जस्तो नहुने भएकोले शिक्षा मन्त्री लिन अनुरोध गर्यो । शिक्षा मन्त्रालय पावर फुल नभएको भन्दै रावलले सपथ लिनु भएन । शिक्षा मन्त्रालयमा प्रदीप नेपाल आउनु भयो । त्यसपछि आफुलाई मन्त्री नबनाएको भन्दै करिब ६ महिना तान्डब मच्चाउनु भयो । पश्चिमा पार्टी फुटाल्ने सम्मको चुनौती र धम्की दिनु भयो ।
१३. चिसो पानीले नै नुहाउनु भयो : २०७२ मा केपी ओलीको पहिको कार्यकालको माओबादी र साना पार्टीहरुको संयक्त सरकारमा राम्रो मन्त्रालय नभैइ जान्न खान्न भने पनि पछि रक्षा मन्त्रालयको भोजन गरेर चिसै पानीले नुहाएको धेरैले बिर्सेका छैनन ।
१४. भारतबिरुद्दको छवि निर्माण : दोश्रो कार्यकालमा केपी ओलीले आफ्नै मेहनत तथा कम्युनिस्ट पार्टीलाई दाउमा राखी एकता गर्दै एकलौटी सरकार बनाएपछि ओली भारत परस्त नेताहरु आफ्ना मन्त्रीमन्डलमा नराख्ने भए । आफू नपरेपछि रावल ओलीबिरुद्द निकै आक्रमक देखिनु भएको छ । रावल भारतीय सन्स्थापन पक्षको खास मान्छे भएको थाहा पाएकोले ओलीले राखेका होइनन भन्ने रावलले बुझेपछि यतिबेला रावल निकै भारत बिरोधी नेताको रुपमा छवि बनाउन थाल्नुभएको छ । धेरै मान्छेलाई के लाग्दछ भने अहिलेका नेपालका नेताहरुमध्य सबै भन्दा धेरै राष्ट्रियताको पक्षमा बोल्ने भीम रावल हुन । उनी कसरी भारतीय समर्थक हुन सक्दछन ? यो लेखाईको आरोप फत्यौरा हो ।
धेरै मान्छेहरु भ्रममा छन कि कसैले एक दुई काम वा यस्तै बोल्यो भने पत्याइहाल्ने ।अनि धोका भएको थाहा पाए पछि गाली गर्ने । सबै नेता उस्तै हुन । यो त्यही धोकाका कारण जनताले यसो भन्ने गर्दछन कि धोका हुनुमा आफ्नो पनि कमजोरी छ कि भन्ने ज्ञान हामीमा छैन । २०५२ सालमा नेकपा माओबादिका तर्फबाट डा बाबुराम भट्टराईजीले तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पेश गरेको ४८ बुदे ज्ञापनपत्रमा भारतीय बिस्तारबाददेखि भारतीय गाडि र फिल्म समेत निषेध गर्ने करिब ७ वटा त मुख्य बुदा थिए । आखिरिमा माओबादी आन्दोलन भित्रको रहस्य के रहेछ र हालमा बाबुराम भट्टराईका अभिव्यक्ति र ब्यबाहार बुझेपछि त्यति बेलाका ७ बुदाले के भन्दछ होला ? राजनिती शास्त्रका बिद्यार्थीले नबुझ्ने कुरै भएन ।
२०५३ सालमा तात्कालिन नेकपाका श्रदेय अध्यक्ष काम्रेड मनमोहन अधिकारीज्युसङ्ग कपिलबस्तुको तौलिहवास्थित एक साथिको घरमा एमाले जिल्ला सचिब भानुप्रकाश श्रेष्ठसङ्गै एक कोठामा बस्दा मनमोहन अधिकारीले सरकारको अनुभव र माक्सबादी माले एकताको सन्दर्भसङ्ग करिब १५ मिनट एउटा प्रसङ्ग जोड्नु भएको थियो ।
अधिकारीले भन्नुभएको थियो, हामी माक्सबादीका बुढा भन्दा मालेका केटाहरु धेरै परिपक्क रहेछन । उनीहरु जनतामा पनि भिजेका रहेछन र राज्य सम्यन्त्रदेखि हरेक बिषयमा पारम्गत नै भएको पाए । चुनाबको बेला म, साहना र भरतमोहनहरुले करिब २५ देखि ३५ सिट जितिन्छ होला भन्यौ । मदन भण्डारी, सिपी, माधव, केपीले होइन ८० देखि ९० जितिन्छ पो भन्दछन ।हामीले पत्याएनौं । टिकटमा भागबन्डा गर्यौ । मालेका केटाहरुले भनेका मान्छेलाई नै उम्मेदवारी दिएको भए ९० सिट आरमले जितिने रहेछ । करिब २१ सिट त हामीले १ हजार भन्दा कम मतले हार्यौ । एउटा प्रसङ्ग एकताको बारे पनि निकाल्नु भयो ।दुई पार्टीको एकता गर्ने नाम राख्ने चुनाब चिन्ह तोक्ने सबै सकिएपछि नेतृत्वको कुरा आयो । कति जना केन्द्रीय समितिमा राख्ने र कति जना पोलिट्ब्युरोमा लैजाने भागबण्डा भयो ।अब नामको पालो आयो । माक्र्सवादीको तर्फबाट दिएको एक नाममा मदन, सिपी, केपीहरुले हुन्न भन्दछन । श्रेस्ठ थर गरेको काम्रेड हाम्रो माक्र्सबादी भित्र छैटौ तहको हुनुहुन्थ्यो । उहाँलाई हुँदै हुन्न भन्दछन । साहाना धेरै रिसाइन, ल उहालाई हुन्न भने यो एकता हुँदै हुन्न । मालेतिरका साथिहरु होइन, तपाइहरुले हामीलाई यो पुष्टि गर्न केही बर्षको समय दिनुस । हामीले किन नराख्ने भन्नेबारे त्यतिबेला भनौला । उहाँको सट्टामा एक जना थप ब्यक्ति राखौं माक्सबादिको तर्फबाट भनेपछि एकता टुङ्गोमा पुग्यो । मैले त भुलिसकेछु, मेरो मन्त्रिपरिषदमा भएका दुइ जना काम्रेड केपी ओली र माधब नेपालले उहाको बारेको प्रमाणित रिपोर्ट देखाउनु भयो । म त छाङ्गाबाट खसे झै भएँ । उहाँ कम्रेड पार्टीभित्र निकै ठूलो भारत बिरोधी हुनुहुन्थ्यो । उहाँका भारत बिरोधी लेख रचना यति धेरै छन कि साध्य छैन । अझ पार्टीमा हामीले भारत बिरोधी यति धेरै उग्र रुपले नबोलौ, नलेखौ भन्थ्यो । उहाँ त भारतीय दूतावास मार्फत नियमित पैसा पो खानु हुँदोरहेछ । प्राध्यापक जस्तो मान्छे त्यहाबाट आउने रकम भन्दा दूतावासमार्फत आउने रकम धेरै रहेछ ।
रावल काम्रेड तपाइलाई भारतबाट नियमित पैसा बुझ्नु हुन्छ त मैले भन्दिन । तथापी तपाइले बोलेका दुई युट्युब भिडियोलाई आफै दाज्नु होला । यति उग्र हुन आबश्यक छैन । तपाइले प्रधानमन्त्रीमाथि ज्यादती नै गर्नु भएको छ । आज पार्टीलाई होलिवाइन वाला पार्टी भन्दछन । चर्चको पैसामा उत्तर कोरियादेखि बार्षिक १० वटा भ्रमण पार्टीभित्रको कुन कुन नेताले गरिरहेका छन भन्ने हामीले राम्रोसङ्ग बुझेका छौं । तर तपाईं झै आफ्नो आङ्गमा आफै खरानी किन छर्ने भनेर मात्र हो । तपाइले अवसर नपाउनु भएको छैन । तर मन्त्री खान नपाएको झोकमा पार्टी र नेताहरुलाई खुइल्याउने कामले कसैलाई हित गर्दैन । चाइना साउथ एअरको मुद्दा लाग्दै गर्दा जनता समेत अख्तियारलाई साथ दिदै पार्टीका नेताहरुले नै रावललाइ मुद्दा लगाउनु पर्दछ भनी आज तपाईं उफ्रे जस्तै उफ्रिएको भए आज तपाईं कहाँ हुनुहुन्थ्यो होला । भीम रावल कमरेड !, तपाईंसँग यस्को जवाफ छ ? तपाईलाई पार्टीका सवै नेताले गल्ती गरे पनि बचाइ दिएका हुन । यो तथ्य नभुल्नु होला ।
प्रतिक्रिया दिनुहोस्