काठमाडौं, बैशाख २८ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेट कोभिड १९ रोकथामका लागि चालिएका कदमबाट अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावबाट छिटो भन्दा छिटो वाहिर निस्कन सक्ने गरी तयार पार्ने जानकारी दिनुभएको छ । आगामी बजेटका सिद्धान्त र प्राथमिकताका विषयहरू प्रतिनिधि सभामा पेश गर्नु हुँदै अर्थमन्त्री खतिवडाले सो जानकारी दिनुभएको हो ।
उहाँले आर्थिक सिथिलता अन्त्य गर्दै विकाश, सुसासन र समृद्धिलाई सुचारु गर्ने मुल ध्येयका साथ आगामी बजेट प्रस्तुत हुने बताउनुभयो । कोरोनाले सरकारी वित्त निजी क्षेत्र, रोजगारीजस्ता प्रभावित क्षेत्रको पुनरोत्थान हुने गरी नयाँ बटेज आउने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले कोरोना जोखीमका कारण बजेटमा अन्तरिक स्रोतको उपलब्धतामा कमी आउने तर त्यस्तो कमीलाई अन्तरर्राष्ट्रिय स्रोत परिचालनमार्फत परिपुरण गरिने बताउनु भयो । “आन्तरिक स्रोतको परिपुरकका रुपमा अन्तराष्ट्रिय सहायतालाई परिचालन गरिने छ, यसका लागि बजेट सहायता परिचालन विधि प्रक्रिया र सर्तहरु पुनः संरचना गरिनेछ,” अर्थमन्त्री खतिवडाको भनाई थियो ।
कोरोना सृर्जित प्रभवाबाट निजीक्षेत्रलाई मुक्त गर्न पनि बजेटमा आवश्यक व्यवस्था गर्ने उहाँको भनाई थियो । अर्थमन्त्री खतिवडाका अनुसार पीडित निजी क्षेत्रले कर सहुलियत र मैद्रिक उपकरण गरी दुई खाले परिपुरण पाउनेछन् । आर्थिक सिथिलता र उद्योग व्यवसाय बन्द हुँदा गुमेको रोजगारीलाई पुनःस्थापना गर्ने योजना पनि बजेटमा ल्याइने जानकारी अर्थमन्त्री खतिवडाले संसदलाई दिनुभयो । कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्केका र थप फर्कन सक्नेलाई कृषि साना घरेलु तथा सेवा क्षेत्रमा उत्प्रेरित गर्ने कार्यक्रम पनि आउने उहाँको भनाई थियो । सिममुलक तालिममार्फत उनीहरुलाई उत्पादनमुलक काममा जोडने उहाँको भनाइ थियो ।
निजीक्षेत्र र वैदेशिक लगानीलाई पनि रोजगारी तर्पm केन्द्रित गरिने अर्थमन्त्री खतिवडाको भनाई थियो । मूल्य बृद्धिलाई वान्छित सीमाभित्र राख्ने र दीगो र उच्च आर्थिक बृद्धि हासिल गर्ने गरी बजेट तर्जुमा गरिने उहाँले बताउनुभयो । आगामी जेठ १५ गते संसदमा अर्थमन्त्री खतिवडाले आगामी आर्थिक बर्षको बजेट पेश गर्दै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्