जनता टाइम्स

२ जेष्ठ २०७७, शुक्रबार ००:००

नेताज्यू ! बिन्ती छ असभ्य,अशिष्ट र निर्लज्ज नबन्नोस


एकोहोरो त हावा पनि चल्दैन महोदय ! पार्टी पद्धतिअनुसार तिमीले पनि त चल्नुपर्छ, अरुले मात्रै होइन । जसरी प्राणप्रतिष्ठाविनाको मूर्ति देउता मानिँदैन, त्यो ढुङ्गो मात्रै हुन्छ, त्यसरी नै महाधिवेशनले अनुमोदन नगरेका तिम्रा यी गुटगत महत्वकाङ्क्षालाई पार्टी पद्धति भन्न पनि त सुहाउँदैन। उसले ढाढस दिँदै नेताहरूलाई हल्का सम्झाओस–आफ्नै अन्त्यको शुरुवात नगर । आफ्ना ईष्र्या र पीडालाई सारा समाजका आवश्यकता र पीडा हुन भनी दाबी नगर । मर्यादाको ज्ञान राख । नेता हुनुको शोभा नगुमाऊ

रघु मैनाली

तपाईँले भेट्नुभएको छ भने कृपया मलाई खुसुक्क चिनाइदिनु होला । अधीर भएर म एउटा जिउँदो मान्छेको खोजीमा छु । त्यस्तो मान्छे, जसमा धैर्य र हिम्मत होस । जोश र मर्यादा होस । साहस र विवेक होस । समर्पण र सत्यनिष्ठा होस । अनि, कसैमा अडेस नलागी स्व–अर्जित प्रतिष्ठा र गर्व होस ।

त्यो जिउँदो मान्छेलाई भेटेँ भने मेरो मनका कुरा सर्लक्कै भन्नेछु । उसले पनि मैले सोचे अनुसारकै भावभङ्गीमा नेताहरूलाई जस्ताको तस्तै हाकाहाकी सुनाउने छ । त्यो जिउँदो मान्छेलाई बताउने यी कुरा मेरा मौलिक त नहोलान तर प्राचीनदेखि आधुनिक शास्त्रमा पढेर, सरसङ्गतमा सुनेर र व्यवहारमा भोगेर सिलसिलेवार ढङ्गले मेरो मनमा कुँदेका धारणा हुन । अहिले पनि ती धारणालाई मनमनै खरखरी सम्झिइरहेको छु।

मेरो पहिलो कोसिस हुनेछ– सबैभन्दा पहिला उसले सन्दर्भ थाहा पाओस । त्यसैले म सन्दर्भका बारेमा त्यो जिउँदो मान्छेलाई निमेषभरमै सरसरीमा बताउने छु– परापूर्वकालमा मन्त्रको युग थियो । समयक्रममा तन्त्रको युग आयो । औद्योगिक क्रान्तिपछि यन्त्रको युग सुरु भयो । अहिले आएर भने अटल षड्यन्त्रको युग चलिरहेको छ।

मन्त्र काल सत्य र इमानको युग थियो । त्यतिबेला तपस्वीहरूले नेतृत्व गर्दथे। नैतिक मूल्यहरूको शासन थियो । तन्त्रकाल रहस्य र उपासनाको युग थियो । जहाँ मायावीहरूले नेतृत्व गरे र विश्वासले शासन गर्दथ्यो । यन्त्रकाल उत्पीडन र शोषणको युग रह्यो, जहाँ मालिकहरूले नेतृत्व गरे र एकाधिकारले शासन गर्यो। अहिले षड्यन्त्र काल चलिरहेको छ, असत्य र जालसाजीको युग । यहाँ षड्यन्त्रकारीहरू नेतृत्वमा छन् र कपट, अनाचार, प्रपञ्च, अराजकता र छलछामले शासन गरिरहेछ । अर्थात्, अनिष्टै अनिष्टको जगजगी छ । यसलाई सर्व–विनाश काल भने पनि फरक पर्दैन।

भन्छन्– ६ प्रकारका प्रपञ्च एकाकार भएपछि षड्यन्त्र हुन्छ । छल वा धोका, नियन्त्रण वा कब्जा, रोकावट वा बाधा, शत्रुता, हत्या र संहार यी छ वटा प्रपञ्चहरूको एकसाथ नियोजित मिलन नै षड्यन्त्र हो । समग्रमा भन्दा अरुको अनिष्टका लागि गुप्त रुपमा गरिने कपटपूर्ण कर्तुतहरू नै षड्यन्त्र हुन । र, अहिले हामी यस्तै दुश्चक्रमा फनफनी चक्कराउँदै बाँचेका छौँ।

म चाहन्छु, यति सन्दर्भ थाहा पाइसकेपछि त्यो जिउँदो मान्छेले नेताहरूको सद्बुद्धिका लागि प्रार्थना गरोस । उसले प्रार्थना गर्नुअघि केही पाठ गर्नेछ– तिमी स्वयंले भनेझै माक्र्सवाद त वैज्ञानिक सिद्धान्त हो । यसमा छलफल र बहसको दरकार पर्छ । तिम्रा यस्ता अघोरी र अटेरी चिन्तनशैली माक्र्सवादसङ्गत पक्कै हुँदैनन्, बदल्न कोशिस गर, धैर्य राख । आफ्ना कुरालाई मात्र अकाट्य ठान्ने अढैया बुद्धि छोडिदेऊ । ठूलो उपलब्धि हासिल गर्न विचार सफा, मन स्थिर र शरीर फुर्तिलो हुनुपर्छ । हृदयमा प्रतिशोधको हुण्डरी लिएर समाजमा उन्नति र प्रगतिको ज्योति बाल्न सकिँदैन । तिमीले भनेकै जनमुक्तिको गन्तव्य त कति हो कति टाढा छ।

तिमी अहिले ‘एक व्यक्ति एक पद’ को कुरा उठाइरहेका छौ । केपी ओली एमाले अध्यक्षहुँदै भावी प्रधानमन्त्रीको धमाका दिएर पार्टीले चुनावमा पठाएको होइन र ! केपी ओली प्रधानमन्त्री हुँदा नै पार्टी एकीकरण भएर केपी ओली र पुष्पकमल दाहाल, प्रचण्ड गरी दुई अध्यक्ष राख्ने निर्णय भएको होइन ! एकताको महाधिवेश अघिसम्म दुई अध्यक्षको सहमतिमा निर्णय हुने भनी पार्टी विधान तपाईँहरूले नै संशोधन गर्नुभएको होइन ! पार्टी महाधिवेशसम्मका लागि यस्तो तदर्थ प्रबन्ध बसाल्नु भएको होइन र ! घाम झैं छर्लङ्ग यस्ता वास्तविकतालाई बेवास्ता वा अपहेलना गर्नु त अहङ्कार हो।

अनि, जहाँसम्म पार्टी पद्धतिको कुरा छ, के यो एउटा पक्षलाई मात्रै लागू हुने हो र ? कि तपाईँहरूलाई पनि लागू हुन्छ ? सचिवालय बैठकले पार्टी एक भएर जाने सहमति गरेकै भोलिपल्ट त्यही पार्टीको एउटा अध्यक्षसहित सचिवालयका सदस्यहरूले भैँसेपाटी, कोटेश्वर अनि यस्तै यस्तै अरु गुप्त स्थानमा गुटगत बैठक गर्नु पार्टी पद्दति हो ?

एकोहोरो त हावा पनि चल्दैन महोदय ! पार्टी पद्धतिअनुसार तिमीले पनि त चल्नुपर्छ, अरुले मात्रै होइन । जसरी प्राणप्रतिष्ठाविनाको मूर्ति देउता मानिँदैन, त्यो ढुङ्गो मात्रै हुन्छ, त्यसरी नै महाधिवेशनले अनुमोदन नगरेका तिम्रा यी गुटगत महत्वकाङ्क्षालाई पार्टी पद्धति भन्न पनि त सुहाउँदैन। उसले ढाढस दिँदै नेताहरूलाई हल्का सम्झाओस–आफ्नै अन्त्यको शुरुवात नगर । आफ्ना ईष्र्या र पीडालाई सारा समाजका आवश्यकता र पीडा हुन भनी दाबी नगर । मर्यादाको ज्ञान राख । नेता हुनुको शोभा नगुमाऊ । एउटा फूल फुल्दैमा वसन्त बहार आउँदैन । वसन्त बहार आउनलाई हजारौँ फूल फुल्नुपर्छ।

यसै गरिरह्यौ भने हामीले तिम्रो जीवनकै सबैभन्दा खुशीको क्षण भनेको अरुलाई धोका दिँदाको क्षण हो भनी बुझ्दा गलत हुन्छ र ! आफैँलाई, सहयोद्धा नेता, कार्यकर्ता र पार्टीलाई धोका दिन सक्नुलाई नै आफ्नो विशिष्ट योग्यता नबनाऊ । सहयात्री कमरेड, विशाल कार्यकर्ता समूह र सिङ्गो देशलाई एकमुष्ट धोका नदेऊ । तिमीलाई झुठ किन यति लोभलाग्दो भएको छ ? मैले बुझ्न सकेको छैन । यसो हेर्दा, आफ्नालाई ठग्नु र गिल्ला गर्नुमा तिमीलाई दोब्बर आनन्द आउँछ जस्तो लाग्छ । ख्याल राख है– सबै मानिसलाई केहीबेर मात्र मुर्ख बनाउन सक्छौ, सँधै मुर्ख बनाउन सक्तैनौ।

नेताहरू हो ! आफ्नै पार्टीलाई सबै ढङ्गले नष्ट गर्ने निमन्त्रणा किन दिन्छौ ? सोच । जस्केलाबाट प्रवेश गरेका एजेण्डा र अनुमानहरूले हर मर्यादाको उलङ्घन गर्दछन् । मानिसमा निहित स्वेच्छाचारी र अन्यायी प्रवृत्तिहरूले नै पद्धतिलाई आवश्यक बनाएको हो । तिम्रा बहानाबाजीले पार्टी र अभियान दुवै बलिया हुँदैनन। त्यसैले दुई हातजोडी बिन्ती छ– प्रतिशोधमा फसेर आफैँलाई विनाश नगर । नेताका खोलमा भइरहेका यी अभद्र, उत्ताउला र बच्कना व्यवहारहरू बन्द गर । असभ्य, अशिष्ट र निर्लज्ज नबन । बर्बादीलाई अङ्कमाल नगर।

उसले पुकारा गर्नेछ– मलाई डर पार्टी एक हुनुपर्छ भन्नेसँग विल्कुलै होइन, एक हुनुपर्छ भनेर नाटक गर्नेसँग हो । परस्पर धम्की दिने र कबुल गराउने काम बन्द गर । यसले जोश र प्रेरणा दिँदैन । धार सधैँ लगाइरह्यो भने खुकुरी पनि लाग्ने होइन, पातलिँदै गएर कमजोर बन्छ । अब उप्रान्त पद कब्जा गर्ने होइन, कार्यकर्ता र जनताको मनमा कब्जा जमाउन तल्लीन रहने सद्बुद्धि पलाओस । हरहर कमरेड !

ऊ जिउँदो मान्छे हो, प्रार्थना गरिसकेपछि मैले भन्न नचाहेकै भएपनि उसले छोड्ने छैन र नामै काडेर नेताका चरित्र–चित्रण गर्नेछ । नेताहरू सामान्यतया दुइटा मूल चरित्र भएका हुन्छन् । एकथरी नेता सामथ्र्यवान् हुन्छन् भने अर्काथरी नेता शक्तिवान हुन्छन् । सामथ्र्य र शक्तिबीच नितान्त ठूलो भिन्नता छ । सारमा भन्दा, सामथ्र्यवानले रचना गर्छ, निर्माण गर्छ । शाक्तिशालीले नष्ट गर्छ, विनाश गर्छ।

फेरि २०७० सालपछि केपी ओलीले एमालेलाई पुनःरचना गर्नुभयो । पछिल्लो भारतीय नाकाबन्दीका बेला एक्लो पिताम्मह बनेर राष्ट्रियताका लागि भारतसँग भिड्नुभयो । जनताले २०७४ सालको सङ्घीय संसद्को चुनावमा बामपन्थी गठबन्धनलाई झण्डै दुईतिहाइ विश्वासको मत दिए । अनि २०७५ सालमा केपी ओलीहरूले नेकपाको रचना गर्नुभयो । त्यसपछि प्रचण्ड र माधव नेपाल दुवैजना एक ठाउँमा हुनुहुन्छ । अर्थात्, नेकपामा सामथ्र्य होइन, शक्ति एकाकार भएको छ । एउटा नेपाली लोकउक्ति छ– दुर्गन्ध र मान्छेको स्वभाव बदल्न र लुकाउन सकिँदैन । हिजो–आज हरेक दिन दुवैजना काँधमा काँध मिलाएर स्वभाव अनुसारै नेकपा नष्ट गर्ने तरखरमा रहनुभएको छ

इतिहास साक्षी छ– नेपाली राजनीतिको पछिल्लो खण्डमा प्रचण्ड र माधव नेपालहरू शक्तिशाली नेता वर्गमा पर्नुहुन्छ । २००६ सालमा पुष्पलाल श्रेष्ठहरूले नेकपा निर्माण गर्नुभयो । केशरजङ्ग रायामाझीहरूले २०१९ सालमा त्यसलाई नष्ट गर्नुभयो । २००४ सालमा बीपी कोइरालाहरूले नेपाली काँग्रेस रचना गर्नुभयो । गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाहरूले २०५९ सालतिर आइपुग्दा नष्ट गर्नुभयो।संवत् २०२७ सालदेखि प्रयत्न गरी २०३५ सालमा सीपी मैनाली, आरके मैनाली, मोहनचन्द्र अधिकारी र केपी ओलीहरूले नेकपा (माले) रचना गर्नुभयो । २०३९ सालदेखि यसलाई माधव नेपालले नष्ट गर्न थाल्नुभयो । केही वर्षभित्रमै जुझारु माले कार्यकर्ताको ठूलो पङ्क्तिलाई नै पूरै नष्ट गरिदिनु भयो । फेरि मदन भण्डारी र मनमोहन अधिकारीहरूले २०४७ सालमा नेकपा (एमाले) रचना गर्नुभयो । २०५१ सालपछि त पार्टी दुईतिहाइ जनमत ल्याउने हैसियतमा पुग्यो तर २०५४ साल लाग्दा नलाग्दै माधव नेपाल फेरि नष्ट गर्न कस्सिनुभयो । पछि झलनाथ खनालसमेत मिलेर २०६४ सालसम्ममा त नेकपा (एमाले) तेस्रो दर्जाको पार्टी बन्नपुग्यो।

पुष्पकमल दाहालले केही समय अघि एउटा मिडिया हाउसले काठमाडौँमा गरेको सार्वजनिक कार्यक्रममा गर्नुभएको स्वघोषणा समेतका आधारमा भन्ने हो भने २०३२ सालतिर मोहनविक्रम सिहंहरूले नेकपा (चौम) रचना गर्नुभयो, पुष्पकमल दाहालहरूले नष्ट गर्नुभयो । मोहन बैद्यहरूले नेकपा (एकता केन्द्र) को रचना गर्नुभयो, प्रचण्डले नष्ट गर्नुभयो । प्रचण्ड, मोहन बैद्य र बाबुराम भट्टराईहरूले २०५१ सालमा माओवादी गठन गर्नुभयो, २०६९ सालमा आइपुग्दा प्रचण्डले फेरि नष्ट गर्नुभयो । २०५२ सालपछि माओवादीका ब्यानरमा असन्तुष्टीको बिद्रोह गराएर पुष्पकमल दाहाल प्रचण्डले जननिर्वाचित राज्य संरचना र प्रणालीहरूसँगै बीस हजार जति अवोध नेपाली समेतलाई नष्ट गर्नुभयो ।

फेरि २०७० सालपछि केपी ओलीले एमालेलाई पुनःरचना गर्नुभयो । पछिल्लो भारतीय नाकाबन्दीका बेला एक्लो पिताम्मह बनेर राष्ट्रियताका लागि भारतसँग भिड्नुभयो । जनताले २०७४ सालको सङ्घीय संसद्को चुनावमा बामपन्थी गठबन्धनलाई झण्डै दुईतिहाइ विश्वासको मत दिए । अनि २०७५ सालमा केपी ओलीहरूले नेकपाको रचना गर्नुभयो । त्यसपछि प्रचण्ड र माधव नेपाल दुवैजना एक ठाउँमा हुनुहुन्छ । अर्थात्, नेकपामा सामथ्र्य होइन, शक्ति एकाकार भएको छ । एउटा नेपाली लोकउक्ति छ– दुर्गन्ध र मान्छेको स्वभाव बदल्न र लुकाउन सकिँदैन । हिजो–आज हरेक दिन दुवैजना काँधमा काँध मिलाएर स्वभाव अनुसारै नेकपा नष्ट गर्ने तरखरमा रहनुभएको छ।

इतिहासदेखि नै सामाथ्र्यवान नेताले रचना र निर्माण गरेका चिजमात्र शक्तिशाली नेताहरूले नष्ट गरेनन्, रचना गर्नेहरूलाई पनि नष्ट गर्दै आएका छन् । तर, राजनीतिसँग परिचित हुँदै गएपछि कार्यकर्ताले नेताका चरित्रलाई आफैँ चिन्नेछन् । उदाहरण दिएरै सुनाउनु पर्ने घटना र दृष्टान्तहरू धेरै भए पनि आफ्नैबारेमा चिरफार गरिएका कुरा सुन्न नसक्ने नेताहरूको औडाहालाई मध्यनजर गरी त्यो जिउँदो मान्छेले प्रसङ्ग ह्वात्तै छोट्याउने छ।

त्यसपछि उसले अलि दार्शनिक छटामा नेताहरूलाई राजनीतिक मयार्दा सम्झाउने छ । उसले भन्ने छ– बोलेका हरेक शब्दको प्रतिध्वनि हुन्छ । जब त्यो प्रतिध्वनित भएर फर्कन्छ, त्यसले अनेक सङ्कट लिएर आउँछ । त्यसैले जनतासँग गरेका वाचा नभुल । स्थायी सरकार दिन्छौँ भनेका थियौ । विकास र समृद्धिको सपना देखाएका थियौ । यही विश्वासमा जनताले भोट दिएका थिए । जनता र कार्यकर्तालाई कृपालु भक्त नठान। इमान जमानको राजनीतिमा विश्वास र नैतिक बन्धन सबैभन्दा प्रभावशाली हुन्छ। असली राजनीतिमा आह्वान हुनुपर्छ, आदेश होइन । तिम्रा हरेक सार्वजनिक कार्यको सीमा हुन्छ । नेता हुँ भन्ने घमण्डले आदेश नबर्साऊ, वर्चश्व नजमाऊ । आफ्ना आशक्तिको भारी जनता, समाज र देशलाई नबोकाऊ । मुक्तिका लागि लडेका हौ भने सौदाबाजी बन्द गर।

सही मार्ग त्यसबेला पहिल्याउन सजिलो हुन्छ, जुनबेला उचित प्रश्न गर्न सकिन्छ । अब उसले नेताका नाकको डाँडी मै पुग्नेगरी चोरऔँला ठड्याएर केही यक्ष प्रश्नहरू गर्नेछ । निजी इच्छा र चाहनाहरू पूरा गर्नुलाई नै तिमीले राष्ट्र–निर्माणको सङ्कल्प ठान्यौ । हेक्का राख– के तिम्रा यस्ता फाल्तु सङ्कल्पले पार्टी र देश निर्माण हुन्छ ?

तिम्रा व्यवहार हेर्दा लाग्छ, अर्काको अपमान गर्नुमा नै सिद्धत्व प्राप्त गरेका छौ । थाहा छ– अपमानको उत्तर के हुन्छ ? तिम्रा हरेक कदम क्रोधले उठ्छन् । सोचेका छौ– क्रोधको लप्का कत्रो हुन्छ ? खराबीलाई नै आफ्नो आदत बनाइरहेछौ । एक पटक छातीमा हात राखेर सम्झिहेर न– खराबीको सीमाना देखेका छौ ? बबार्दीलाई दिनदिनै कोट्याइ रहेका छौ । कल्पना गर–बर्बादी कुन हदसम्म फैलन सक्छ ?

तिम्रा हरेक वचन र कर्ममा अमिट घमण्ड व्यक्त भइरहेछ । भुसुक्कै बिर्सियौ– अहङ्कारको उत्तेजना कति कालो हुन्छ ? तिमी प्रतिशोधमा लिप्त छौ । विचार गर– प्रतिशोधको दुस्परिणाम कति नाङ्गो र उत्ताउलो हुन्छ ? तिमी आफ्ना जीवनभरिका त्याग र आदर्शलाई बन्धक राखेर कमाउने धन्दामा लागेका छौ । कमरेड भन त–कति कमाउँदा धनी हुन्छौ ? र, पटकपटक दोहोर्याएर आफैँलाई सोध– तिम्रा हताशाले निम्त्याइएका यी चर्तिकलाहरूको राजनीतिक मूल्य कार्यकर्ताको कति पुस्ताले चुकाइरहनु पर्ने हुन्छ ?

यति भनिसक्दा पनि नेताका ढीठ स्वभाव र हाउभाउ देखेर उसले छोटकरीमा चेतावनीसहित समयको कर्तव्य बताउने छ । उसले भन्नेछ– होसियारीपूर्वक विश्लेषण गर्दा तिम्रा यी चालाहरू छुरो बहाना मात्र हुन । समयका माग होइनन । कोरोना महामारीले देश र जनतालाई आक्रान्त परेका बेला भरोसा दिन होइन, अझ अन्योल र पीडा थप्न तिमी लागिपरेका छौ । सरकारलाई निर्धो बनाएर परम कर्तव्यहरूलाई बद्नाम गर्न र घृणा उब्जाउन तिमी ज्यान फालेर कस्सिएका छौ । ख्याल गर–क्रोधमा अङ्कुश नहुनेहरूलाई नियतिले नराम्ररी पछार्छ।

राम्रो कार्यले अधिक राम्रा कार्य गराउँछ, खराब कार्यले अधिक खराब कार्य गराउँछ । यो राजनीतिक जालसाजी गर्ने समय होइन । तिम्रा यी स्वेच्छाचारी भावनाले गरेका खराबीको लेखाजोखा समयले राख्ने छ । प्रतिशोधमा आधारित सिद्धान्त र रणनीतिहरूको अन्तिम गन्तव्य प्रगाढ कलङ्क हो भन्ने कुरा याद रहोस । जिम्मेवारी र जवाफदेहिताले नेता बनाउँछ, बल र घमण्डले होइन । अहिलेका तिम्रा कार्यहरूमा पार्टी एकता र निर्माणको अभियान होइन, व्यक्तिगत अहङ्कारको प्रदर्शन झल्किइरहेको छ।

तिम्रा व्यवहार हेर्दा लाग्छ, अर्काको अपमान गर्नुमा नै सिद्धत्व प्राप्त गरेका छौ । थाहा छ– अपमानको उत्तर के हुन्छ ? तिम्रा हरेक कदम क्रोधले उठ्छन् । सोचेका छौ– क्रोधको लप्का कत्रो हुन्छ ? खराबीलाई नै आफ्नो आदत बनाइरहेछौ । एक पटक छातीमा हात राखेर सम्झिहेर न– खराबीको सीमाना देखेका छौ ? बबार्दीलाई दिनदिनै कोट्याइ रहेका छौ । कल्पना गर–बर्बादी कुन हदसम्म फैलन सक्छ ?

सङ्कटका बेला देशलाई चाहिने राजनीतिक नेतृत्वको क्षमता, धैर्य र दूरदर्शिता हो । स्वार्थका लागि होइन, परमार्थका लागि सक्रिय होऊ । वरिपरिका कुरा त शक्तिशाली वा बलबानले देख्दछन् । सामथ्र्यवान नेतृत्वले अलि परको कुरा देख्न सक्नुपर्छ । अरुले भन्दा अलि छिटै देख्नुपर्छ । देख्न सकेनौ भने नियतिले आफ्नो बाटो आफैँ बनाउँछ, तिमीलाई कुर्दैन । अनि समयको यज्ञमा सबै जल्नुपर्ने छ । यी प्रपञ्चको दण्ड समयले दिएका दिन तिमी निमेषमै भष्म हुनेछौ।

अन्त्यमा, उसले नेताहरूलाई च्याँठिएको स्वरमा ठाडै ललकार्ने छ–कलङ्कले देख्दै ऐठन लाग्नेगरी काला भएका अनुहार र प्रतिशोधले मन खरानी बनेका पार्थिव शरीर लिएर फेरि गाउँ आयौ भने तिम्रो विभत्स स्वरुप देखेर हामी जनता झुक्किने वा तर्सिने छैनौँ । तिमीप्रति कत्ति पनि दया पलाउने छैन । हामी त्यसबेला तिमीलाई मन्साउन झाक्री विधि अनुसार तिम्रा नाममा भलिभाँति फलाक्ने छौँ । तिमी निसासिने गरी धुपधुवाँर गर्नेछौँ । तिम्रा कान फुट्ने गरी ढ्याङ्ग्रो र थाल ठटाउने छौँ । जनताका पीडित हृदयले तिम्रो पराजयको सङ्कल्प लिनेछन । अनि यो पनि बुझिराख, पीडित हृदयको यो दृढ सङ्कल्प तोड्न तिम्रो बुताले कुनै खालो सार्नेवाला छैन । उसले नेताका चालु पुरुषार्थलाई सटिक व्यङ्ग्य गर्दै एउटा नेपाली आहान सुनाएर कुरो टुङ्ग्याउनेछ– नेताज्यू ‘बुढेसकालको रिस, आफैँलाई चिथोर्दै ठीक’ कि कसो ?

त्यो जिउँदो मान्छेलाई बताउने कुरा म दिनदिनै यसरी चुपचाप सम्झिइरहेछु । उसलाई नभेटेसम्म जतिसुकै खनखोत्रो र उग्रभाँडिउँ गरे पनि, म मर्नु पर्ला, यी मनका कुरा कसैलाई भन्नेछैन । आफ्ना समकालीन नेता तथा कार्यकर्तालाई त ताकीताकी सिध्याउने अर्जुनदृष्टि भएका नेताहरू छन् । उनीहरूका नजरमा म त एउटा जाबो पत्रकार । ठाउँका ठाउँ रसातलमा दबाइदिन्छन् । अनि तपाईँले नै मेरा कुरा लगेर नेतासमक्ष झोसपोल नगर्नु होला भन्ने विश्वास पनि त छैन। त्यसैले अहँ, म तपाईँहरूलाई मेरा मनका यी कुरा भन्न पूर्ण असमर्थ छु। मेरो यो लाचारीमाथि सक्नुहुन्छ भने दया गरिदिनुहोला, बस्।

(मैनाली परिसंवाद डटकमका प्रधान सम्पादक हुनुहुन्छ ।)