जनता टाइम्स

२० जेष्ठ २०७७, मंगलवार १२:५१

किन भडकियो अमेरिकामा हिंसा ?


यो बिरोध प्रदर्शन र लुटपाटको कारण शृजना हुने आर्थिक परिदृश्य निकै भयानक हुँदै छ। सिकागोमा मात्र ठूलो जनधनको नोक्सानी आफ्नै आँखा अगाडि टुलुटुलु देखिरहेको छु । हालको बिरोधको तरिकालाई राज्यले कठिनताका साथ नियन्त्रणमा ल्याए पनि जातीय साम्प्रदायिक रुपमा फैलिएको आगोको झिल्का निभ्न गार्हो छ

टेकराज पौडेल

संयुक्त राज्य अमेरिका आप्राबासीहरुको उपस्तिथिले निर्माण भएको देश हो । युरोपियन गोराहरुको आगमनले बौद्धिक र अफ्रिकन अस्वेत जातीको भौतिक कामको संयोजनले अमेरिका बन्न शुरु गरेको थियो । अझ एसिया र ल्याटिन अमेरिकी देशहरुका नागरिकहरुको आगमनपछि अमेरिका आधुनिक प्रविधिमा समेत निकै बलशाली बन्दै गयो । अमेरिका बिश्वको सबै जातजाती, भाषाभाषी, धार्मिक सम्प्रदायहरुको एक संयुक्त फुलबारी बन्ने प्रकृया अनुसार संसारका हरेक देशका सबै प्रकारका सम्प्रदायबीच भावानात्मक एकता बनाउन अमेरिका ल्याउने रणनीतिसमेत बनाउन खोजेको थियो । भन्नलाई श्रमको आपुर्ती गर्न भने पनि डाइभर्टसिटी भीषामार्फत बिबिधता पस्कन र बिश्वभरका राम्रा योग्य मान्छेहरुलाई अमेरिका थुपार्ने रणनिती थियो । बिध्यार्थी भिसामार्फत अमेरिका अध्ययनको लागि आमन्त्रण गर्दै यहीँकै स्थायी बासिन्दा बनाउने प्रक्रियाले अमेरिका सन्सारकै बौदिक केन्द्र बन्न थालेको थियो ।

अमेरिकाले संसारका गरिब, पछाडि परेका मुलुकलाई आर्थिक सहयोगको नीति समेत ल्याएको थियो । विश्वब्यापी लोकतान्त्रिक राज्य ब्यबस्थाको लागि समेत योगदान दिँदै थियो । बिश्वब्यापी रुपमा एकता, सद्भाव कायम गर्न, एक अर्का देशबीच न्यायिक प्रशासनिक भाइचारा सम्बन्ध कायम गर्न संयुक्त राष्ट्रसंघको निर्माण त्यस अन्तर्गतका धेरै संरचना निर्माणका लागि समेत अमेरिकाको योगदान रह्यो । एक अर्का देशबीच सैनिक अस्त्र शस्त्रको होडबाजीमा अमेरिका समेत सामेल हुँदै गएपछि बिश्वका विभिन्न देशमा राजनीती रङ्गमञ्चमा देखिएका धेरै प्रकारका बैचारिक तथा धार्मिक सामाजिक राज्य ब्यबस्थाका रुचीले गर्दा देश देशका बिचमा बैमस्यता बढ्दो रुपमा देखिन थाले । त्यसरी शृजित समस्याहरुलाई शैनिक अस्त्रशस्त्रका बलमा समाधान खोज्ने प्रबृती पनि बढ्दै गैरहेको छ ।

आप्राबासी र अल्पसंख्यक समुदायलाई संरक्षण गर्ने मुलुकको परिचय बनाएको अमेरिकाले केही बर्ष यता देखाएका कामले बैभवशाली देश अमेरिका कता जाँदै छ भन्ने भेउ पाउन छोडिएको छ । २०१६ को आम निर्वाचनमार्फत अमेरिकाको राजनैतिक प्रशासनिक क्षेत्रमा गोरा राष्ट्रबादको दरिलो उपस्थितिले यहाका कालाजाती र अन्य अल्पसंख्यक आप्राबासीहरुमाथि भेदभाव भएको महसुस गर्न थालेका छन । राष्ट्रपति निर्वाचित भएर सपथ खाएको पहिलो हप्ता मै मुसलमान देशहरुलाई गरेको मानव नाकाबन्दीबाट शुरु भएको नश्लबाद बिस्तारै विभिन्न रुपमा प्रकट हुन थालेको थियो । विश्व पर्यावरण सन्तुलन कायम गर्ने भुमिकामा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो बर्षको कार्यक्रमबाटै ग्रीनप्लान्टको आर्थिक सहयोगदाता हुने जिम्मेवारीबाट बाहिरिए । संसारभरी कोरोना कहर चलिरहेको यस्तो बेला विश्व स्वास्थ संगठनलाई आफू अनुकुल नचलेको र खासगरी चीनलाई ब्लेम लगाउन तयार नभएको आधारमा विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक नाकाबन्दी लगाउदै त्यसबाट अलग हुने घोषणाले अमेरिका विश्व राजनितिक र साझा निकायबाट अलग हुने घोषणाले आफैले आफैलाई सामाजिक उत्तर दायित्वबाट अलग हुने अवस्था शृजना गरेको छ । गोरा राष्ट्रबादको पहलु चलाएर आगामी निर्वाचन समेत जित्ने योजना बनाएका राष्ट्रपति ट्रम्पले कोरोनाबाट उद्धार गर्ने नाममा ठुला ब्यबसायीहरुलाई मात्र पोस्ने कामले अब मध्यम लेबलका डुबेका ब्यबसायी समेत उनीसँग रिसाउने स्थिती बन्दै छ ।

एकातिर गोराहरुले आप्रबासीको कारण आफू अल्पमतमा परेर रोजगारी गुमाएको भन्ने भ्रमको प्रचार गरेर बसेका छन भने अर्कोतिर काला जातीले गोरा र नयाँ आप्रबाशीहरुको कारण आफू अन्यायमा परेको भन्न गरेका छन । मेनियापुलिसमा सामान भुक्तानिमा क्रममा २० डलरको एउटा नक्कली नोट प्रयोगबाट शुरु भएको घटनालाई गोरा प्रहरी डेरिक च्यामिनले नियन्त्रणमा ल्याइसकेपछि पनि लामो समय ८ मिनट ४६ सेकेन्डसम्म घाँटी थिचेर बिरालोले मुसो मारे जस्तै मारेबाट अमेरिकामा हिंसा बढ्दो छ । मृतक जर्ज फ्लोइडसँग साथमा हातहतियार नहुदा पनि त्यति सारै अन्यायपूर्ण तरिकाबाट मार्न हुदैन भन्ने आम नागरिकको दबाबले ट्रम्प प्रसासनले ४ दिनपछि मात्र प्रहरीलाई पक्राउ गर्दै सहज प्रकारको मुद्धा चलाइएको छ भने प्रहरिका अन्य तीन सहयोगीलाई जागिरबाट बर्खास्त गरिएको छ । मेनियापोलिसमा अस्वेत जातिप्रती गरेको प्रहार भन्दै अमेरिकाका करिब २ दर्जन स्टेटमा हिंसा भडकिएको छ । आन्दोलनमा हिंसात्मक गराएर राजनिती लाभ लिन सरकार लालायित छ भन्ने आरोप पुष्टि हुने गरी बिरोध प्रदर्शनमा हिंसा भड्काउनमा गोरा अमेरिकन र नियोत्नात्जीहरुको घुसपैठ भएको प्रमण फेला परेको स्वतन्त्र नागारिकहरुले आरोप लगाएका छन ।

२०१४ अक्टोबरमा इलिनोइज राज्यको सिकागो सिटिको दक्षिणी भेकमा चरेस बोकेको एक जना अस्वेत जातीको ीबत्रगबल ःअम्यलबमि भन्ने १७ बर्षिय ठिटोलाई घुडा भन्दा तल गोलि हानेर नियन्त्रणमा ल्याउन सक्ने स्थिती हुदाहुदै श्वेत प्रहरी जबान व्बकयल ख्बल म्थपभ ले १६र१६ गोलि छातिमा हानेको केशलाई लुकाएको अवस्थामा घटनास्थलको नजिकै रहेको एक सिसि क्यामराको भिडियो फुटेज बाहिर आएपछि २०१६ मा अश्वेत जातीका मान्छेहरुले सिकागो डाउन टाउनमा आन्दोलनको आधिबेरी शृजना भएपछि करिब ५ मिलियन डलरको क्षतिपूर्ति र प्रहरिलाई जागिरबाट निलम्बन गरेपछि साम्य भएको थियो । अमेरिकी जेलमा भएको काला जातिको ९० प्रतिशत संख्याले उनीहरुलाई राज्यले आफुहरुलाई फसाउने गरेको आरोप लगाउने गरेका छन ।

बिगतमा घटना भएको एरियामा मात्र बिभेदको अनुभूति गरेर आन्दोलन चर्काउने गरेका अस्वेत अमेरिकनहरु अहिले पुर्वदेखि पश्चिमसम्म एकै चोटि ठूलो सन्ख्यामा निस्कनुलाई सामान्य रुपमा आकलन गर्न सकिदैन । बिरोध प्रदर्शनमा सिकागोमा ३० बर्षपछि नेसनल गार्डको परिचालन हुनुले र भोलिसम्म काबुमा ल्याउन नसके सेना प्रयोग गरिने समाचारहरु बाहिएका छन । अमेरिकी बन्द ब्यापारमाथिको आक्रमणलाई करिब २ दर्जन स्टेटमा व्यापक बनाउदै लैजानुलाई अब अमेरिकाले सयौ बर्षदेखि लगानी गरेर बढाएको डाइभर्ट्सिटीको आदर्श र नितिमा चुनौती थपीदिएको छ । विश्व फुलबारी अमेरिका बनाउन चाहेको बिरासतलाई बर्तमान राष्ट्रपतिले भत्काउने बीउ जब गत चार बर्ष अघि रोपे, त्यसको नतिजा देखिन थालेको छ ।

यो बिरोध प्रदर्शन र लुटपाटको कारण शृजना हुने आर्थिक परिदृश्य निकै भयानक हुँदै छ। सिकागोमा मात्र ठूलो जनधनको नोक्सानी आफ्नै आँखा अगाडि टुलुटुलु देखिरहेको छु । हालको बिरोधको तरिकालाई राज्यले कठिनताका साथ नियन्त्रणमा ल्याए पनि जातीय साम्प्रदायिक रुपमा फैलिएको आगोको झिल्का निभ्न गार्हो छ भन्नू हुन्छ पत्रकार शैलेश श्रेष्ठ । गोरा जातिहरुको ग्रेट अगेन अमेरिका खोज्न शुरु गराएको राष्ट्रवादलाई बर्तमान राष्ट्रपतिले जबसम्म दिमागबाट निकाल्नु हुदैन, तबसम्म अब अमेरिकाले शान्तिको श्वास फेर्न गार्हो छ भन्नेहरु धेरै छन ।

मार्टिङ्ग लुथर किङ्ग र रोसा पार्क जस्ता मानवताबादि वीर पुरुषहरुले नेतृत्व गरेर अधिकार सम्पन्न भएको र अब्राहम लिन्कन जस्ता महामानवहरुले अस्वेत श्वेत जातीबीच एकता बनाएको मुलुकलाई एक आपसको भातृत्व निर्माण हुने काममा राष्ट्रपतिदेखि आम नागरिकहरुको समान सहभागिता रहोस र हिंसा भड्किनबाट रोक्न सबैको ऐक्यवद्धता आजको आवश्यकता हो ।