जनता टाइम्स

९ पुष २०७७, बिहीबार १५:४०

फुट, गुट र जबजको हुक


वाई.पी. आचार्य

नेपाल कम्युनिष्ट पार्टी आफैभित्रको धमिरोका कारण विभाजन भएको छ । विश्वव्यापी अभ्यास हेर्दा सामान्यतया संसदीय पद्दतीमा विपक्षीको कारण सरकार ढल्छ र पार्टीको आन्तरिक कारण पार्टी फुट्छ । नेपालमा भने सरकार ढाल्न र पार्टी फुटाउन विपक्षी चाहिएन । विश्वमै सबै भन्दा धेरै चिरापर्नेमा कम्युनिष्टलाई कुनै पनि पार्टीले भेटाएका छैनन् ।

नेपालमा पनि ईतिहासले त्यहि देखाउँछ । यसको मुख्यकारण विचारधारत्मक पक्ष हो । कम्युनिष्टहरू मुलतः विचारधारालाई प्राथमिकता दिन्छन् । विचारधारा व्यक्तिको दृष्टि र समयको गति अनुसार फरक पर्ने हुँदा विचारको लडाई निरन्तर चलिरहन्छ । पार्टी पनि जुट्ने र चोईटिने भइरहन्छ । तर अहिलेको नेकपाको फुटाई कुनै विचार वा मान्यताकोलागि नभएर पदलोलुपता र अरूको सफलतालाई आफ्नो कमजोरी सोच्ने तुच्छ चिन्तनका कारण हो ।

अमेरिकामा बाराक ओवामा, विल्लक्लिन्टन, जर्जडब्लु बुस पुनः सत्ता सम्माल्ने लाईनमा लागेका भए के हुन्थ्यो होला रु कीन अमेरीकामा हिलारी क्लिनटन गएको चुनावमा उम्मेद्वार बनिनन् रु के फिनल्याण्डका प्रधानमन्त्री सान्ना मारिन, अष्ट्रीयाका चान्सलर सेवास्टियन, मालीका राज्य प्रमुख असिमा गोईता, क्यानडाका प्रधामन्त्री जस्टिन पियरे जेम्स लगायतका युवा नेताहरूले ७० वर्ष नहुन्जेल सत्तामा टासिई रहने अभिलासा राख्लान ? अवसस्य राख्दैनन् ।

त्यसैले त्यहाँ बलियो प्रजातन्त्र छ । नेपालमा यस्को उल्टो दशकौँ पार्टी प्रमुख भएर चलाएका, दुई तीन पटक सरकार प्रमुख भएका र ७० बर्ष उमेर पार गरेकाहरू पनि कुनै न कुनै पदमा झुण्डिरहने लालसाले थिचेको देखिन्छ । आन्तरिक चुनाव हारेर पनि बरिष्टको नाममा पार्टीमा टासिने । आम चुनाव हारेर पनि चोरबाटोबाट छिरेर साँसद हुँदै सत्तामा पुग्नु पर्ने । पद नपाएमा शक्तिको भाग लाग्नै पर्ने । यी सबै अप्रजातान्त्रिक कार्य हुन ।

अर्कातिर एक पटक पार्टी प्रमुख वा सरकार प्रमुख भएका व्यक्ति पुनः पार्टीको कुनै जिम्मेवारीमा भएमा नयाँ अध्यक्ष वा सरकार प्रमुखलाई नटेर्ने, शक्तिकेन्द्रहरू निर्माण गर्ने कार्य भईरहन्छ । अहिले पार्टी फुट्नु र सरकारलाई स्वतन्त्ररुपमा काम गर्न नदिनुको मुख्य कारण परीक्षण भएका व्यक्ति पनि पदमा रहिरहनु हो ।

केपी ओली नेतृत्वको पार्टीलाई दृष्टिगोचर गर्दा त्यहाँ पहिले पार्टी र सरकारको प्रमुख भै नेतृत्व गरेका व्यक्तिहरू छैनन् । केपी ओली अब कुनै पनि पदमा नदोहोरिने उद्घोष गरिसकेका छन् । यसो हुँदा अब यो पार्टीमा नयाँ पुस्ता आउने मार्ग प्रशस्त भएको छ । लगातार (बीचमा टुटेमा वा एकपटक पार्टीप्रमुख भएर दोस्रोमा हारेमा स्वतः अवकास हुने) दुईपटक भन्दा बढि पार्टीप्रमुख हुन नपाउने व्यवस्थामात्रै गर्ने हो भने यो पार्टीमा युवापुस्ताको नेतृत्व हुनेछ ।

पार्टी प्रमुख भएपछि कुनै सामान्य सल्लाहकार बाहेक अन्य जिम्मेवारी नहुने गरी विद्यान मात्रै बनाउने हो भने यो पार्टी सबै भन्दा लोकतान्त्रिक र भरोसायोग्य हुनेछ । प्रचण्ड(माधब समुहमा बर्षौ पार्टी प्रमुख चलाएका र नेतृत्व हस्तान्तरण गर्न अनिच्छुक भएकाहरूको बाहुल्यता छ ।त्यहाँ बहुशक्तिकेन्द्र भईरहने हुँदा अहिले पार्टी फुट्नु भन्दा अगाडि नेकपा जुन भुमरीमा थियो त्यो जिवितै छ । यसले पार्टीमा गतिरोध ल्याउँछ । लोकतन्त्रको अभ्यास गर्नै पाउँदैन ।

नयाँपुस्तामा नेतृत्व हस्तान्तरण हुँने सम्भावना नभएको हुँदा क्षमता भएका नेताहरूपनि ओईलाएर जाने सम्भावना छ । जुन रोगले नेपालको राजनीतिलाई गाँजेको छ त्यसबाट यो समुह उम्कने आधार देखिदैन । विचारविनाको पार्टी हुँनै सक्दैन मात्रै झुण्ड हुँन्छ । केपी ओली नेतृत्वको पार्टीलाई विचारधाराको अलमल हुने देखिदैन । मार्क्सवाद लेलिनवाद र जनताको बहुदलीय जनवाद यो पार्टीको प्रमुख विचारधारा हुने पक्का छ ।

विश्व परिवेश र नेपालको अर्थ राजनीतिक चरित्रलाई सम्बोधन गर्न सक्ने विचारधारा जबज हुँनेमा शंकाछैन । यसबाट लोकतन्त्र र सामाजिक न्याय स्थापित गर्ने र समृद्धिकालागि जबजको बाटो सबैभन्दा उत्तम हो । अझ विश्व कम्युनिस्ट आन्दोलन पातलिँदै गएको र नवउदारवाद संकटमा पर्दै गएको अबस्थामा जबजको राजनैतिक धार अत्यान्त व्यवहारिक देखिन्छ ।

अर्कातिर प्रचण्ड-माधब धारमा विचारको संकट देखिने छ । एमालेमा हुँदा समेत जबजलाई नमान्नेहरूको बाहुल्यता छ भने प्रचण्डको धारले त जबज मान्ने कुरै भएन ।तरपनि एउटा पङ्ती जबजको लाईनमा हुँनेछ । फरक फरक धारले फरक फरक विचारको डम्फुबजाउने छन् र साझा विचारधारा कायम गर्न सक्ने छैनन् । यसो हुँदा प्रारम्भबाटनै बैचारिक झगडा हुँनेछ र छिट्टै विभाजनको दुर्गती भोग्ने र जबजको विचार नजिकरहनेहरू जबजलाई मुल कार्यक्रम बनाएको पार्टीमा समाहित हुँनेछन् ।

बाँकीरहेकाहरू क्रमशः मोहनविक्रम, मोहनबैध समुह जस्तै साँगुरिदै जाने र विस्तारै जबजको धार फैलदैजानेछ । यसोहुँदा जबजको लाईन अर्गानिक हुनेछ । फरक लाईनको एकिकरण नभएर जबजधारमा विलिनहुँदै जाने भएपछि विचारधारात्मक गुटबन्दी हुनेछैन । यसोहुँदा नेपालको कम्युनिस्ट आन्दोलनको मुल प्रवाह जबज लाईन हुनेछ ।

केपी ओली नेतृत्वको पार्टीमा अब विभिन्न समुहहरू देखिदैनन् । जत्रोहुन्छ एउटै हुन्छ । यहाँ फरक समुहहरूको मिलानछैन । यसोहुँदा स्वार्थ र व्यक्तित्वको टकराव हुँने सम्भावना छैन । तर प्रचण्ड( माधब समुह भावनात्मक हिसावले एक छैन । कसैका विरूद्दमा फरक फरक समुह एकठाउँमा आएका हुन् । जसरी माओवादी र एमाले मिलेपनि भावनात्मक एकता थिएन त्यहाँ त्यही अवस्था छ । प्रचण्ड समुहले माधब नेपाललाई र माधब समुहले प्रचण्डलाई नेता मान्न तयार छैनन् । यसोहुँदा यो समुहले संगठनलाई विस्तार र चलायमान बनाउन निकै कठिन छ ।

लामो समय अधिबेसन गर्न सक्ने छैनन् । लामो समय दुई अध्यक्ष रहने र बाहिरबाट झलनाथ र नारायणकाजी श्रेठको शक्ति हत्त्याउने चाला चलिरहनेछ । दोस्रो पुस्ताका नेतामा नेतृत्व नगएपछि यो पुस्तामा नैराश्यता आउने छ । यीनिहरू क्रमशः कम्युनिस्ट पार्टीको मुलधारमा समाहित हुँदै जानेछन् । एउटै समुहका फरक धार आफैमा नचिप्किएको हुँदा कमजोर हुने त स्वभाविकै हो । विज्ञानको नियमनै हो की जति धेरै टुक्राटाक्री हुन्छन् त्यति सन्तुजन कम हुन्छ ।

यसरी धेरै समुह भएर असन्तुलित भएको पार्टीबाट पुर्व लिगेसिका आधारमा ठूलोसंख्या जबजको लाईन भएको पार्टीमा समाहित हुनेछ । यसरी प्रचण्ड माधब समुह क्रमशः पालायन हुँने र जबजधारी पार्टी पुनः बौरिने छ । यसरी कम्युनिस्टको केन्द्र बनेको पार्टीनै देशको समृद्दिको लागि प्रमुख शक्ति बन्नेछ ।

यसरी बनेको एकिकृत पार्टीले निम्न मुद्दाभने तत्काल उठाउन र त्यसकालागि संविधान संसोधनमा पहल गर्न जरूरी छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीको व्यवस्था गर्ने । कार्यकारी राष्ट्रप्रमुख दुई पटक भन्दा बढि (लगातार खासगरी एउटा कार्यकाल राम्रो गरेको र जनताले रूचाए भने अर्को कार्यकाल तर बीचमा टुटेर वा हारे पछि उ फेरी प्रतिश्पर्धा गर्न नपाउने) हुन नपाउने व्यवस्था गर्ने ।

एक्ट्राक्टिभ प्रकारका संरचनाहरू कम गर्न प्रदेशको संरचना पुनर्विचार गर्ने । पार्टीमा उमेरको हदस ७० बर्ष पुरा भए पछि अनिवार्य अबकास हुने । यदि ६८ बर्षमा पार्टीको प्रमुख वा कुनै पदमा निर्वाचित भएको र कार्यकाल ५ वर्षको भए पनि उ दुई वर्षमा अवकास हुनु पर्ने । आन्दोलनको नेतृत्व गर्ने र राष्ट्रको नेतृत्व गर्ने फरक विषय रहेछ । अन्दोलनमा सफल भएकाहरू देशको विकासको नेतृत्व गर्न समर्थ हुन्छन भन्ने रहेनछ ।

आन्दोलनबाट आएकाहरू बढ्ता विध्वसकारी भएको ईतिहासले पुष्टि गरेको छ । त्यसैले राजनीतिमा आउने नर्शरी फरक हुन जरुरी छ । अहिले जस्तो सानै देखि वा पुर्खादेखि पार्टीमा लागेकोले मात्रै नेतृत्व गर्ने, पिछलग्गु भएर कार्यकर्ता बनेर हिड्ने बोसले होस गुमाए पनि हस भन्ने प्रथा हुँदा टाउका गनेर दम्भ देखाई रहने र पार्टी फुटाई रहने भए । जब मुद्दागत सहयोग गर्ने गरी सबै स्वतन्त्र हुन्छन् तब लोकतन्त्र बलियो हुन्छ ।