जनता टाइम्स

२१ पुष २०७७, मंगलवार ०९:००

विस्तावादलाई परास्त गर्न खोज्दा भारतीय एजेण्ट बनेर प्रधानमन्त्री ओलीबिरुद्ध किन खडा भयौ कमरेड ?


ज्याकविलले भनेका छन् – “केवल परिवर्तन शब्द बाहेक सबै वस्तु परिवर्तनशिल छ।” हो उनले भनेझै संसार अपरिवर्तनशिल छैन, यो गतिमा छ । नयाँ जन्मनुमा पुरानोको अन्त्य अनिवार्य छ, परिवर्तन भनेको गुमाउनु हो र हरेक शुरूवात अन्त्यको पर्याय हो । बिनाश नभए विकास हुँदैन ।

यदि दोस्रो विश्व युद्वमा अमेरिकाद्वारा जापानको मूख्य शहरहरू हिरोसिमा र नागासाकीमा बमबारी नभएको भए आज विश्वको पुजीवादी मुलुक बन्ने थिएन होला ।

त्यस्तैगरि छिमेकी देश चिनमा २० बर्ष लामो जनवादी क्रान्ति नभएको भए आज विश्वमा बिकासको नमूना देश बन्दैन थियो होला र अमेरिकाले विश्वमा साम्राज्य फैलाउने थिएन होला । त्यस्तैगरि रूस र जर्मन पनि बिश्वको ठुला देश हुने थिएनन् ।

यो विज्ञानको नियम हो यसलाई नकार्न मिल्दैन । त्यस्तैगरि नेपालमा जनसंविधान, संघीयता र गणतन्त्रको माग गर्दै नेकपा (माओवादी) ले जनयुद्ध नगरेको भए देशमा परिवर्तन हुने थिएन । जनयुद्ध भएको अहिले २६ वर्षमा प्रबेश गरेको छ । तर हिजो तिनै कमाण्डर हुन जस्ले हजारौ सोझा साझा जनतालाई राज्य विरुद्ध युद्ध गर्न तम्तयार पारे ।

उनै कमाण्डर आज पद पाईन भन्दै सडक सडकमा बस्दै हामी याहाँ छौ भन्दै हिडेका छन् । उनै हिजो आफ्नै सेना देखि जन सरकार घोषणा गरेका कमाण्डर क. पुष्प कमल दाहाल प्रचण्डल आज भारतीय विस्तारवाद संग सहयोग माग्दै छन् । हिजोका दिनमा भारतिय विस्तारवाद अमेरिकी साम्रराज्यवाद भन्दै जनताका छोरालाई मृत्युका मुखमा जान बाँध्य पारे । आज उनैका अगाडी लम्पसार पदैछन् ।

तर आज अनायासै घाउँहरू बल्झिन थालेका छन् । शहिदहरूले बगाएको रगतको संझना आइरहन्छ । हिजो जनतामाझ खाएका कसम पुरा भए कि भएनन् ? भन्ने पिरले सताइरहन्छ । हिजो गरिखाने र ठगिखाने बर्ग विचको विभेदको पर्खाल त थियो नै । देशमा २०४६ सालको पहिलो जनआन्दोलन पछि जनतन्त्र, जनजिबिका र राष्ट्रियताको ४० सुत्रिय माग गर्दै २०५२ साल फागुन १ गतेदेखि नेकपा (माओवादी) को नेतृत्वमा सामन्ती व्यवस्थाको विरूद्धमा भएको अभियानमा नेपाली जनताहरू गोलबन्द भएका थिए । “व्यवहार त्यो ऐना हो, जसमा प्रत्येक प्रतिबिम्व देख्न सकिन्छ ।” गेटेले भनेझै जाँड रक्सि खाने, जुवा तास खेल्ने, बहु-विबाह गर्ने, भ्रष्ट्राचार गर्ने र छुवाछुत गर्ने समाजका शोषक सामन्तीलार्इ कालो मोसो लगाउँदै जनकार्बाहीको अभियान लिएर शुरूवात भएको थियो जनयुद्ध ।

नेपाली जनतालाई आमुल परिवर्तनको सपनामा गोलबन्द गर्दै हिडेका थिए, माओवादी नेताहरू । मुक्ति या मृत्युको सपथ खाएर शिरमा रातो कफन बाँधी हिडेका थिए हजारौ शोषित, पिडित नेपाली जनताका छोराछोरीहरू । ‘जातिय मुक्ति बिना बर्गिय मुक्ति असम्भव छ’ भन्ने नारामा समाहित भएका थिए नेपालका बहुसंख्यक उत्पिडित् आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, सिमान्तकृत समुदाय, पिछडावर्ग र लाखौ भूमिहिन सुकुम्बासीहरू ।

लिङ्गिय शोषणको बिरूद्धमा यो देशका तमाम महिलाहरू आफ्ना जिवनसाथी र दुधे बालक पनि नभनी महिला मुक्तिको यात्रामा लामबद्ध थिए । मलाई पनि बिस्तारै उक्त नाराले प्रभावित पार्दै लग्यो, पार्टीमा कहिले हिँडौ र कहिले घर छोडौ भैरहेको थियो ।एक्कासी आमाबुवा लगायत अरू कर्सैलाई पनि नसोधी क्रान्तिमा सधैको लागि लाग्ने प्रण गरि २०५७ हिडे तर के पाए आज मैले केवल कमाण्डर हरुलाई सत्ता पुराउन , पदकालागि देश माथि गद्धार गर्न नेतालाई सुरक्षा गरे आज यो दिन हेर्न ।
मलाई सानैदेखि भर्ति हुने र कम्ब्याड ड्रेस लगाएर हतियार बोक्ने रहर थियो त्यसैले उ जनमुक्ति सेनामा भर्ति भएर धेरै स्थानमा युद्ध गरियो ति बर्षे झरिमा भेल र बाढी नभनी एउटा प्लाष्टिकको भरमा जुकासँग पैठेजोरी खेल्दै पार गरेका लामा मार्चपासहरू निकै नै ऐतिहासिक रहे । त्यतिमात्र होइन हिजो साथीहरूसँग लडी,लडी जुठो पनि नभनी एउटै भाडामा खाएका क्षणहरू मेरो मानषपटलमा अविस्मरणिय फोल्डर बनी बसेको छ । त्यतिखेर मलाई उसको परिवार, जात, भाषा, धर्म, क्षेत्र, संस्कृति के हो केही थाहा थिएन, मात्र हामी कम्युनिष्ट हौ भन्ने थाहाँ थियो । खै कस्तो रहेछ कुन्नी रगतको नाताभन्दा बर्गिय नाताको त्यति धेरै बिश्वास र सम्मान । शायद अहिले कुनै एकादेशको कहानी जस्तो लाग्न सक्छ ।

त्यो बेला हामीले नत घर बनाउनु थियो, नत दाजुभाईलाई जागिर खुवाउनु थियो, नत हामीले जग्गा किन्नु नै थियो नत बुहारीलाई मन्त्री बनाउनु थियो त विदेशी बैकँमा पैशा जम्मा गर्नु थियो । केही स्वार्थ थिएन, थियो त केवल शोषित पिडितको मुक्ति अनि स्वाधिन नेपाल सहितको साम्यवादको सपना । तर आज हाम्रै कमाण्डर भनिने विदेशी बाट संचालित प्रचण्ड नामक मान्छेबाट यति सम्म धोका होला हाम्रो क्रान्ति विचमै भारतिय विस्तारवादको अगाडी लम्पसार पर्ला भन्ने हामी युद्ध भुमिका सिपाईलाई थाहा थिएन ।

आज तपाई पद पाईन भन्दै केही सडक आन्दोलनमा हुनुहुन्छ कमरेड प्रचण्ड तर हामीले कहिल्यैपनि उपचार पायनौँ हाम्रो लक्ष्य प्राप्ती भएन भनेर सडकमा आएनौ । आज तपाईलाई पदका लागि नेपाली जनता सोझा छोराले रगत बगाएर रहेछन् ।

तपाई भन्दै हुनुहुन्थो अव भारत संग हाम्रो सुरुङ युद्ध हुने छ , हो मैले पनि एक थोपा रगत भएपनि देश र आफ्नो भुमिको लागि रगत बगाउने छु । तर त्यो तपाईको भाषण सवै मिथा रहेछ । आफ्नै परिवारलाई उच्च तहमा पुराउन । हो तपाईका घर परिवारमा कोही विरामी हुदाँदा विदेशका महगा अस्पतालमा लैजान छौ । आफै छोरी वुहारी मन्त्री बनाउनुहुन्छ तर हामी शरिर भरी गोलीका छार्रा लिएर बाँचेका छौ ।

कमरेड प्रचण्ड तिमिले देशलाई केहि गर्न सकेनौ सहिदका परिवारलाई केहि गर्न सक्नु भएन तर देशका लागि के नै गर्न सक्नुहुथ्यो र तर आज एउटा मान्छे भारतिय विस्तारवादका अगाडी हिमाल जस्तै उभिदा आज तिमि आफैले बनाएको सरकार ढाल्न खोज्यौ , भारतिय विस्तावादका लाई परास्त गर्न खोज्दा तपाई नै भारतिय एजेण्ड जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका अगाडी खडा भयौ किन आज प्रश्न गर्न मन छ प्रचण्ड तपाई संग । तपाई भारतिय हो कि नेपाली ? देश जनता सर्वभौसत्ता सम्पन्न राष्ट भन्दा अर्को कुनै पनि छैन भन्दैगर्दा देश र जनतालाई सर्वोपरि ठान्दै गरेको एउटा प्रधामन्त्रीमाथि किन जाई लाग्नु भो तपाई ?

पूर्व जनमुक्तीसेना