जनता टाइम्स

२ माघ २०७७, शुक्रबार १३:५१

प्रधानमन्त्री ओलीको बहुप्रशंसित ती दुई अन्तर्वार्ता, जसमा आयो यतिधेरै प्रतिक्रिया


काठमाडौं, माघ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई भारतीय टेलिभिजनलाई दिनुभएको भिडियो अन्तर्वार्ताको नेपालमा व्यापक प्रशंसा र बहस भएको भइरहेको छ । अन्तवार्ता प्रशारण भएदेखि नै सामाजिक सञ्जाल प्रधानमन्त्री ओलीको प्रशंसाले रंगिएको छ । प्रधानमन्त्रीको यो अन्तवार्ता बहुप्रशंसित र बहुचर्चित हुनुका थुप्रै कारण रहेका छन । तथ्यको आधारमा सत्य स्थापित गर्ने काम प्रधानमन्त्री ओलीले गर्नुभएको कारण पनि बहुप्रशंसित छ ।

अन्तवार्ताको बिषयमा महेन्द्र राज तुलाधरले अन्तर्वार्ता चर्चित र बहुप्रशंसित हुनुका चार कारण लेख्नुभएको छ । पहिलो कारण हो– ओलीको अथाह ज्ञान अन्तर्वार्तामा झल्किएको छ । दोस्रो कारण हो– नेपालको शान, मान र स्वाभिमानको पक्षमा डटेर बोल्नुभएको छ । तेस्रो कारण हो– देशको पक्षमा भारतलाई चुनौती दिएर यसरी बोल्न सक्ने नेता नेपालमा अरु छैनन् । चौथो कारण हो– पूर्वीय दर्शन तथा हिन्दी र अंग्रेजी भाषामा ओलीको गहिरो ज्ञान ।

चर्चित लेखक तथा चिकित्सक डा. रामेश कोइरालाले ट्वीटरमा लेख्नुभएको छ– ‘इन्डियालाई उसकै भाषामा गज्जबले डायलग दिदैँछन् ।’ प्रधानमन्त्री केपी ओलीका कटु आलोचक रहँदै आउनुभएका डा. रामेशले पनि ओलीको प्रशंसा गर्नुभएको छ । उहाँले अर्को ट्वीटमा लेख्नुभएको छ– ‘इन्डियनलाई इन्डियाकै इतिहास गज्जबले पढाउँदैछन् । कामका बारेमा त अहिले नभनौं क्यारे, तर बोल्न चैँ यत्तिका सक्षम र तयारी गर्ने हाम्रो प्रधानमन्त्री चैँ मैले भेटेको थिइँन ।’

यस्तै अर्जुन आचार्यले लेख्नुभएको छ– ‘कोही छन् यत्तिको दमदार नेता छन् त केबल हाम्रो प्रधानमन्त्री केपी ओली । त्यसैले आज होइन भोलिलाई हाम्रो साथ केपी ओलीलाई ।’ ओमकुमार थापा लेख्नुहुन्छ– ‘भारतीय टेलिभिजनमा भारतीय पत्रकारसँग निर्धक्क आफ्नो देशका बारेमा बराबरी हक र अधिकारका लागि प्रष्टसँग देशको कुरा राख्न सक्ने प्रम ओलीको विचार सराहनीय मात्रै छैन भारत भक्ति गरेर सत्ता र स्वार्थका लागि मरिहत्ते गर्ने लोभी पापी नेताहरुका लागि गतिलो झापड पनि हो ।’

पत्रकार पर्शुराम काफ्लेले पनि प्रधानमन्त्रीको प्रशंसामा शब्द खर्चनु भएको छ । काफेलले लेख्नुभएको छ, ‘पूर्वीय दर्शन र सभ्यताप्रति प्रधानमन्त्री खड्गप्रसाद ओली केपी शर्मा ओली ज्यूको लगाव एवं आस्था प्रशंसनीय छ । त्यस सन्दर्भमा उहाँले सुधिर चौधरीलाई जी न्यूजमा दिनुभएको अन्तर्वार्ता चोटिलो छ ।’

राजा महेन्द्र पछि भारतसँग नजर जुधाएर हाक्काहाक्की सिधा जवाफ दिनसक्ने केपी शर्मा ओली बाहेक विरलै भेटिने भन्दै जीवन श्रेष्ठले पनिप्रसंशा नै गर्नुभएको छ । उज्वल विक्रम थापाले लेख्नुभएको छ, ‘प्रधानमन्त्री ज्यूको भारतीय टेलिभिजन अन्तर्वार्ता उत्कृष्ट लाग्यो । हामी सबैलाई बधाई । पार्टीको नेताको रुपमा होइन देशको प्रधानमन्त्रीको रुपमा अन्तर्वार्ता सुनौं चित्त बुझ्दो छ ।’

पत्रकार बबिता बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय मिडियालाई दिनु भएको हिन्दी र अङ्ग्रेजी दुबै अन्तर्वार्ता हेरेको उल्लेख गर्दै लेख्नुभएको छ– ‘आफ्नो देशका नेतालाई इतिहास पढाउने भारतीय पत्रकारहरुले हाम्रा प्रधानमन्त्रीबाट इतिहासको बारेमा जानकारी लिएर गए जस्तो लाग्यो ।’

इन्जिनियर सुरेन सिंह महराले पनि ओलीको प्रशंसा गर्नुभएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ– ‘कुनै पनि प्रधानमन्त्रीले अहिलेसम्म भारतको सामु आफ्नो निडर अडानका साथ आफ्नो सार्बभौमसत्ता प्रतिको सम्मान प्रकट गरेको देखिन ( जो ले जे भने पनि देशको लागि के‍पी बा जतिको कडा प्रधानमन्त्री कोही छैन ।)

विराट पाठकले उच्च स्वाभिमानका साथ सम्माननीय प्रम ओली, जी न्यूजमा उच्चतम मनोवलका साथ र गर्व गर्न लाएक अन्तर्वार्ता भन्ने धारणा राख्दै लेख्नुभएको छ, हिमाल देखि समुन्द्रसम्म तिमीहरुसँग थियो तर पनि गरिब रह्यौं। नक्सा तिमीहरूले हेर्नुपर्छ न की पंक्षी र माछाहरूले। जेनयूमा कार्यक्रम राखे इतिहास पढाउन आउला।

यस्तै गोविन्द गिरीले ट्वीटरमा केपी बा लाई पढाउँछु भनेर आएका सुधिर चौधरी आफ्नो इतिहास पढेर फर्के भन्दै लेख्नुभएको छ । त्यसैगरी नवीन झापाले प्रधानमन्त्रीको अन्तर्वार्ताले फेरि दिल्लीमा भुकम्प गयो लेख्नुभएको छ । मानव श्रेष्ठले जे होस् प्रधानमन्त्रीको भारतीय मिडियालाई दिएको जवाफ अहिले सम्मको दमदार माने । एक पटक होइन पटक पटक सुन्न लायक छ लेख्नुभएको छ । भावुक द इमोशनलले लेख्नुभएको छ– ‘प्रम ओलीको हिजोको ‘अंग्रेजी र हिन्दी’ दुवै भाषाको अन्तर्वार्ता हेरेसी आज बाबुराम भट्टराईको पिएचडीप्रति ‘टिठ’ लागेको छ । ‘भिम रावल’ प्रति त मलाई कहिल्यै नि ‘विश्वास’ नै लागेको छैन र लाग्ने पनी छैन पिएचडी गरेको भन्ने नै । अझै मिडियामा बोल्छन् ‘लाज’ नमानी । मार्चिसको डिब्बामा थुनिएर बसे हुन्छ ।’

बुद्धिजीवी डा. सूर्यराज आचार्यले लेख्नुभएको छ– ‘भारतीय टिभि जी टिभीका पत्रकारको आग्रहपूर्ण प्रश्नमा प्रम केपी ओलीको सटिक जवाफ। नेपालको राष्ट्रिय स्वाभिमान र दुई छिमेक प्रतिको सद्भाव सहितको असंलग्न परराष्ट्र नीति स्पष्ट प्रतिबिम्बित हुने उहाँको बेजोड प्रस्तुती प्रशंसनीय छ।’

यस्तै दीपेन्द्र विष्टले लेख्नुभएको छ– ‘देश भित्रको राजनीति एकछिन साइट लगाउ आज ओलीका हरेक कुरामा एक सार्बभौमसत्ता सम्पन्न नेपाली जनताको शिर उचो राख्ने शब्दहरू छन् । हामी सानोठूलो होइन समान व्यवहार चाहन्छौ हो यहि चाहन्छौ । हामी हरेक देशसँग अनि लिपुलेक हाम्रो हो स्पष्ट सुन्ने गरि भने यतिको स्पष्ट बोल्ने नेता सायदै देशले पाउला।’ दीपेन्द्रले अर्को पनि ट्वीट लेख्नुभएको छ– ‘सुधिर चौधरीलाइ भारतीय इतिहास पढाएर पठाए बुढाले ज्ञान चाहिँ हो मान्नै पर्छ नजानेको कुरा केही छैन । मान्छेहरू आठ फेल भन्दै उफ्रिन्छन बुढाले जति आजकल एज्म् गरेकाले पनि जानेका छैनन् होला हरेक क्षेत्रमा।’

अन्तवार्तापछि शम्भु शाहले देशको बारेमा गर्वको साथ बहस गर्न सक्ने नेता सायद फेरि देशले पाउँदैन होला भनी लेख्नुभएको छ । उहाँले लेख्नुभएको छ– ‘हरेक नेपालीको शिर उचा राख्ने अन्तर्वार्ता ।’

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीका अन्तर्वार्ताको विषयमा हजारौं हजार प्रतिक्रिया आएको छ । फेसबुक र ट्वीटर यही विषयको प्रतिक्रियाले भरिभराउ भएको छ । आएका अधिकांश प्रतिक्रिया ओलीको प्रशंसामा छ । ट्वीटरमा विभिन्न कोणबाट, विभिन्न तरिकाले, विभिन्न किसिमका प्रतिक्रिया आएका छन् । विरोधमा लेख्नेहरु पनि कतिपय देखिएका छन् । ओलीको चरम प्रशंसामा लेख्नेहरु पनि देखिएका छन् ।

कृष्ण भट्टराईले लेख्नुभएको छ– ‘जसले जे सुकै भनोस् तपाईंको हनुमान हु भन्दा मलाई लाज घिन हिनताबोध केही छैन ।’यस्तै लेखक केदार सुवेदीले लेख्नुभएको छ– ‘कम्युनिष्ट छोडेर धार्मिक बाटो पकडेका त धेरै छन् तर अझै पनि आफूलाई भौतिकवादी र कम्युनिष्ट नै भानिराख्ने, यो तहको नेता तथा प्रधानमन्त्रीले येति धेरै धर्मशास्त्र, बौद्धिक मन्त्र, ऋषी महर्षिहरु, तपोभुमीको उदाहरण दिएर, तिनको सहारा लिएर आफ्नो र देशको बिचार राख्ने सायद केपी ओलि नै पहिलो होलान् ।’ यस्तै रिया भण्डारीले भारतीय मिडियामा गएर नेपालको बारेमा यत्तिको ब्याख्या गर्न सक्ने र छिमेकीलाई आफ्नो हैसियतमा बस भन्नसक्ने आजसम्म कोही पिएचडीवाला नेता थियो र यो देशमा रु भनी प्रश्न गर्नुभएको छ ।

ज्ञान र बौद्धिकताका दृष्टिले केपी ओली आफैंमा एक विश्वविद्यालय हो । देशभक्तिको मामिलामा केपी ओली सम्झौतारहित हो । केपी ओलीको जीवन दर्शन नै जनताप्रति समर्पण हो । केपी ओली जस्ता विद्धान, देशभक्त, जनप्रेमी नेतालाई साथ दिनु सम्पूर्ण नेपालीको कर्तब्य हो । ओलीका बारेमा फैलाइएको भ्रम भत्काउनु सबैको कर्तब्य हो ।

सुपरिचित लेखक गोविन्द थापाले लेख्नुभएको छ– ‘ज्ञान ९बौद्धिकताका दृष्टिले केपी ओली आफैंमा विश्वविद्यालय हो। देशभक्तिको मामिलामा केपी ओली सम्झौतारहित हो। ओलीको जीवन दर्शन नै जनताप्रति समर्पण हो । ओली जस्ता विद्धान, देशभक्त, जनप्रेमी नेतालाई साथ दिनु सारा नेपालीको कर्तब्य हो । ओलीका बारेमा फैलाइएको भ्रम चिर्नु सबैको दायित्व हो।’

रमला तुलाधरले लेख्नुभएको छ, विश्वविद्यालयले डिग्री र बुद्धि दिन्छ तर ज्ञान र विवेक आफैंले बढाउने हो । केपी ओलीको अन्तर्वार्ता सुन्दा हेर्दा उहाँलाई महान विद्धान भन्न मन लाग्यो । यस्ता विद्धान र देशभक्त प्रधानमन्त्री पाएकोमा गर्व गरौं सारा नेपालीले ।

चर्चित कलाकार मनोज गजुरेल लेख्नुहुन्छ– ‘हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय च्यानललाई अङ्ग्रेजीमा र हिन्दीमा दिएको अन्तर्वार्ता हेर्नू भयो ? क्रिया प्रतिक्रिया, समीक्षा, समालोचना बिस्तारै गरौंला, अहिले हेर्नुस् । हेर्न लायक छ ।’

पत्रकार राजेन्द्र बानियाँले लेख्नुभएको छ– ‘प्रधानमन्त्री ओलीसङ्ग मेरा पनि हजार असहमति छन् , तर भारतसङ्ग सुन्ने गरि आफ्ना र देशका कुरा राख्न सक्ने अनि निर्धक्क बराबरीको दाबी गर्ने तपाईको साहसको तारिफ गर्दछु ।’

पोषराज खतिवडाले चाहिँ यस्तो लेख्नुभएको छ– ‘म ओलीको अन्तर्वार्ताको कमेन्ट मात्रै पढिराको छु । रातारात ओली हिरो भए । संसद भंग गरेका छन् सबैले बिर्से । सबका सब ग्रेट पिएम भन्दैछन् ।’

अर्का पत्रकार सुरेन्द्र पाण्डेले ट्वीटरमा आफ्नो विचार यसरी लेख्नुभएको छ– ‘नेपालको अडानमा चाँहि ओली कडा हुन्, उनी भारतीय मीडियासँग पनि हच्केनन्, प्रष्टसँग भने ः लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि हो । ’

यस्तै भरतकुमार श्रेष्ठ भकुश्रेले लेख्नुभएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको दुई वटा अन्तर्वार्ताले हिष्ट्री बदल्दिया, हिष्ट्री बनादिया, मौसम बदल्दिया।सल्यूट छ प्रम ज्यू हजुरलाई, हजुरको साहसलाई। नेपाललाई हजुर जस्तै राजनेताको खाँचो थियो। ’

ट्वीटरमा पत्रकारहरुको उपस्थिति निकै बाक्लो छ । यस क्रममा पत्रकार विनु पोखरेलले लेख्नुभएको छ, ‘पद पाउने झिनो स्वार्थमा देशको स्वाभिमान बन्धक राखी मलाई मेरो आन्दोलनलाई समर्थन गरिदिनुस् ,देशमा आन्दोलन गर्न बन्दुक दिनुस्, साथ दिनुस् ,सेल्टर दिनुस् मात्र सुनेको यो कानले सिमाना, कुटनीतिमा या देश कुनै कुरा जोडिदा निर्धक्क देशको पक्षमा बोलेको सुन्न पायो।’ त्यसैगरी पत्रकार पवनवर्षा शाहले लेख्नुभएको छ– ‘हाम्रा प्रम ज्यूले भारतलाई कुटनीतिकमा भाषामा हाम्रो पुरै इतिहास पढाउँदै हुनुहुन्छ रमाइलो लाग्यो।’

पत्रकार यशोदा तिमिल्सिनाले लेख्नुभएको छ– ‘भारतीय सञ्चार माध्यमलाई प्रधानमन्त्रीले दिनुभएको अन्तर्वार्ता उत्कृष्ट छ । हर प्रश्नको स्पष्ट जवाफ छ । तोरीको दानामा प्वाल खोज्नेले पनि प्रशंसा गर्न कर लाग्छ ।’

ट्वीटरमा राजनीतिकर्मीहरुको पनि उपस्थिति बाक्लो छ । नेपाली कांग्रेसका नेता लोकेश ढकाल लेख्नुहुन्छ– ‘जी टिभीको डिएनएमा कार्यक्रम प्रस्तोता सुधिर चौधरीसँग प्रम केपी ओलीको अन्तर्वार्तामा उनको प्रस्तुतिलाई म स्यालुट गर्छु । उनको सबै विचारमा सहमति हुन नसकिएला, आँफैले भनेका छन् टुटेफुटेको हिन्दी होला तर इतिहास र संस्कृतिको तथ्य सहित देशको स्वार्थमा उनको प्रस्तुति वेजोड थियो । फेसबुक र टेवीटरमा अहिले पनि प्रसंशा गर्दै धारणा आउने क्रम जारी रहेको छ । जनताटाइम्स सहकर्मीहरुले फेला पारेका केही प्रतिनिधिमुलक धारणा मात्रै यहाँ समावेश गरिएको हो ।