काठमाडौं, जेठ १६ । मनमोहन अधिकारी नेतृत्वको २७ वर्षअघि तत्कालीन नेकपा एमालेको अल्पमतको सरकारले एक सय रुपैयाँबाट शुरु गरेको बृद्धभत्ता ४ हजार रुपैयाँ पुगेको छ । मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमालेको एमालेको अल्पमतकै सरकारले बृद्धभत्तासहित सीमान्तकृत र अपांगता भएका तथा अन्य लक्षित समुदायको सामाजिक सुरक्षा भत्तामा उल्लेख्य बृद्धि गरेको हो । ओलै नेतृत्वको सरकारले सवै प्रकारको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बृद्धि गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८/०६९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बृद्धि गरेको जानकारी दिनुभयो । मन्त्री पौडेलका अनुसार सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको छ । सरकारले ९ प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्वि गरेको र बृद्ध भत्ता १ हजार वृद्वि गरेको हो । यसअघि ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिले ३ हजार मासिक भत्ता खाइपाइ आए पनि ३३ प्रतिशतले वृद्वि हुन आउँदा ९ सय ९० रुपैयाँ बढेर ३ हजार ९ सय ९० हुन आउँछ । तर यसलाई सिधै ४ हजार पुर्याइएको हो । ओली सरकारको यो निर्णयले लक्षित समुदाय निकै खुसी देखिएका छन ।
बजेटअनुसार अव जेष्ठ नागरिक भत्ता ३ हजारबाट ४ हजार, अपांगता भत्ता –क बर्ग) ३ हजारबाट ३ हजार ९ सय ९०, लोपोन्मुख जाती ३ हजार ९ सय ९० पुगेको छ । यसैगरी, जेष्ठ नागरिक दलित २ हजार बाट २६ सय ६०, जेष्ठ नागरिक एकल महिला २६ सय ६०, जेष्ठ नागरिक क्षेत्र तोकिएको २६ सय ६०, बिद्यवा (आर्थिक सहायता) २६ सय ६०, अपांगता भत्ता (ख बर्ग)को १६ सय बाट बृद्धि भई २१२८ र बालपोषण भत्ता ४ सयबाट ५ सय ३२ पुगेको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले सुरुका दुई वर्ष बृृद्धभत्ता बढाएको थिएन । तर प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्दै आउनु भएको थियो । प्रधानमन्त्री ओली नेतृत्वकै सरकारका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटमा सामाजिक सुरक्षा भत्ता एक हजार बढाउनु भएको थियो । मनमोहन नेतृत्वको एमालेको ९ महिने सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०५१/५२ को बजेटमा पहिलो पटक सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गर्नुभएको थियो । त्यसबेला सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७५ वर्ष तोकिएको थियो भने मासिक भत्ता जम्मा १ सय रुपैयाँ मात्रै थियो । २०६० सालमा अधिकारीले नै वृद्धभत्ता वृद्धि गरी मासिक १ सय ७५ रुपैयाँ पुर्याउनु भएको थियो ।
२०६५ सालमा तत्कालीन एकिकृत नेकपा माओवादी हाल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले वृद्धि गरेर मासिक ५ सय रुपैयाँ पुर्याउनु भयो । २०७१ सालमा कांग्रेसका अर्थमन्त्री डा. रामशरण महतले एक हजार पुर्याउनु भयो । अर्को वर्ष २०७२ सालमा अहिलेकै अर्थमन्त्री विष्णु पौडेलले १ हजार रुपैयाँ बढाएर मासिक २ हजार पुर्याउनु भएको थियो । उक्त रकमलाई २०७६ सालमा डा. युवराज खतिवडाले मासिक ३ हजार पुर्याउनु भयो । यसपटक अर्थमन्त्री पौडेलले मासिक ४ हजार पुर्याउनु भएको हो ।
राष्ट्रिय जेष्ठ नागरिक महासंघले सामाजिक सुरक्षा भत्ता बढेकोप्रति स्वागत तथा खुसी व्यक्त गरेको छ । संघका अध्यक्ष मदनदास श्रेष्ठले ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिको ३३ प्रतिशतका दरले १ हजार बढेकोमा खुसी व्यक्त गर्नुभयो । ‘जेष्ठ नागरिकको भत्ता १ हजार बढाइ दिएकोमा सरकारलाई बिशेष धन्यवाद, जेष्ठ नागरिकलाई यसले राहत महशुस गराएको छ,’ बरिष्ठ कलाकारसमेत रहनुभएका अध्यक्ष श्रेष्ठले जनताटाइम्ससँग भन्नुभयो ।
मानव अधिकारका लागि महिला, एकल महिला समूहले पनि सामाजिक सुरक्षा भत्ता बढ्नुलाई सकारात्मक बताएको छ । समूहका अध्यक्ष कुन्दा शर्माले यसले एकल महिलामा उत्साह थपिएको बताउनु भयो । ‘बजेट आउँदै गर्दा म लगायत अरु एकल महिलाले पनि सुनिरहेका थियौं । जेष्ठ नागरिको भत्ता बढ्यो । अब हाम्रो के हुन्छ भनेर सोचिरहेका थियौं । सबै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढ्यो भन्ने सुनेपछि हामी सबै खुसी भयौं,’ शर्माले भन्नुभयो ।
राष्ट्रिय अपांग महासंघले पनि मागअनुसार सामाजिक सुरक्षा भत्ता नबढाए पनि खुसी व्यक्त गरेको छ । यसले अतिअशक्त र पूर्ण अशक्त अपांगता भएका व्यक्तिलाई सम्बोधन गरेको महासंघका महासचिव राजु लामाले बताउनु भयो । सरकारले सामाजिक सुरक्षामा जेष्ठ नागरिक भत्ता,
प्रतिक्रिया दिनुहोस्