काठमाडौं, ३१ वैशाख । काठमाडौँबाट गएको माइक्रो पोखरामा दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा कास्की, हेम्जाकी ५१ वर्षीया झाङमाया गुरुङ छिन्। एक जना पुरुष र अर्की महिलाको सनाखत हुन सकेको छैन। यात्रुसहित ११ जना सवार ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रो भ्यान पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२ लामेआहालमा दुर्घटनामा परेको हो।
तीब्र गतिमा रहेको माइक्रो सडकदेखि करिब ३५ मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते ८ जनाको पोखराका अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्