जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १३:२१

निक्षेप तथा कर्जा सुरक्षण कोष बलियाे संस्थाकाे रुपमा विकास हुँदै, आफ्नै भवनकाे सिलन्यास


डा युवराज खतिवडा

निक्षेप तथा कर्जा सुरक्षण कोषको नयाँ भवन ६ करोड ६८ लाख ५१ हजारमा भ्यट बाहेकमा भेली बाबु रत्नले निमार्ण गर्दैछ । जसको सिलन्यास टगालमा भयो यो धेरै लामो समय सम्म राष्ट्रबैंकले अधिकांश सेयर लिएको साथै नेतृत्व पनि आफैले राख्दै आएकोमा पछिल्लो नेपाल राष्ट्रबैंक ऐन आएपछि नेपाल राष्ट्रबैंकले आफ्नो हिस्सा झिक्दै जाँदा नेपाल सरकारको बढी हिस्सा हुन पुगेको छ ।

पहिला कर्जा सुरक्षा निगम भनिरहदाँ प्राथमिकता क्षेत्रमा कर्जा प्रवाहमा जोखिम बढी हुन्छ । त्यो जोखिमलाई सुरक्षण दिनु पर्छ । अथवा अर्को भाषामा भन्नेहो भने कर्जाको बीमा गरिदिनु पर्छ भन्ने अभिप्रायले कोषको स्थापना भएको थियो ।

जुन बेला प्राथमिकता प्राप्त क्षेत्रमा बैंकहरुले लगानी गर्न त्यति उत्साहित नभएको अवस्था थियो । जुन बेला साना किसान वा व्यवसायीको कर्जामा पहुँच थिएन । म शुरुको अवस्था सम्झन्छु जनुबेला विपन्न कर्जा सुरक्षणको व्यवस्था पनि थिएन । त्यतिबेला बैंकलाई आफुखुसी ऋण लगानी गर्न दिनुपर्छ भन्ने विश्वव्यापी दवाव हुँदै आएको थियो । हामीले के भन्यौ भने हाम्रो मुलुकमा गरीबी छ , बैंकिंङ पहुँचभन्दा बाहिर धेरै जनसंख्या छ । उनीहरुलाई बैंकिङ सेवा र ऋणमा पहुँच पुर्याउनको लागि हामीलाई विपन्न कर्जा कार्यक्रम चाहिन्छ भन्दै शुरु गरेका हौं । हामीले ३ प्रतिशत बाट शुरुगरेको विपन्न कर्जा कार्यक्रम अहिले ५ प्रतिशत भन्दा बढी भएको छ ।

कर्जासुरक्षण गर्ने फेजआउट भैसकेको र झण्डै झण्डै यो संस्था अस्तित्व विहिन हुन पुगेको थियो । विपन्न कर्जा कार्यक्रमले यसको अस्तित्व जोगाएको थियो । यसको अतिरित्त मैले लामो समयदेखी भन्दै आएको साना जोखिम व्यवस्थापन गर्न नसक्ने, जोखिमको सुचना पाउन नसक्ने, कुन बैंक कस्तो छ भनेर मुल्यङ्कन गर्न नसक्ने बचत कर्ताको बचतलाई सुरक्षण दिनुपर्छ , निक्षेप बीमा गर्नपर्छ भनेर म राष्ट्रबैंकको गर्भनर भएको बेला निक्षेप बीमा शुरुगरेका हौं ।

निक्षेप बीमा शुरुगर्दा हामीले यो राम्रो होइन भन्ने जमात पनि थियो । तर अहिले त सबैले बीमा गर्न लाग्नु भएको छ । अहिले निक्षेपकर्ताहरु ढुक्कसंग बस्नु भएको छ । तर हामीले बीमामात्र गरेर बसेनौ । हामीले सम्पूर्ण बैंकिङ प्रणालिलाई बलियो बनाउनु पर्छ भनेर बैंकहरुको क्षमता बढाउने, बैंकहरुप्रतिको विश्वास बढाउने, बैंकिङ व्यवस्थापनमा सुधार ल्याउने, पार्दशिता ल्याउने, निक्रिय कर्जाको अनुपात घटाउने जस्ता विभिन्न सुधारका कार्य गर्दा बैंकिङ प्रणालि सुधार हुँदै आयो । मलाई लाग्छ दक्षिण एसियामा सबै भन्दा उत्कृष्ट बैंकिङ प्रणाली नेपालमा छ । त्यसैले विदेशी बैंकले नेपाली बैंकलाई पत्ताउन थालेका छन् ऋण दिनको लागि ।

यो संगसंगै यो कोषका केहि दायित्व थपिएका छन् । निक्षेप बीमाको रकम बढ्दै जाँदै छ । बीमा दायित्व बढ्दै छ । कतै जोखिम नआएको हुनाले नाफा पनि बढ्दै छ । फेरी यो नाफा भनेको जोखिम माथिको नाफा हो । यो नाफालाई सुरक्षित गर्दै यो कोषलाई बोलियो बनाउँदै लैजानु पर्छ ।

संभवत म अर्थमन्त्री भैसकेपछि यो कोषमा सेयर रकम थपिएको छ । अहिले ८ अर्ब पुगेको छ । एकैपटक ५ अर्व पुँजी थपिएको छ । अब अर्को दुई अर्व पुँजी थप्नु छ १० अर्ब पुर्याउनु छ । यसलाई १० अर्ब चुक्ता पुँजी भएको बोलियो निक्षेप बीमा गर्ने र कर्जा सुरक्षण गर्ने संस्थाको रुपमा विकास हुँदै छ ।

तर पैसाले त संस्था बोलियो हुँदैन । मुख्यकुरा भनेको व्यवस्थापनको हो । व्यवस्थापनले संस्थालाई बोलियो बनाउने, जनशक्ति बलियो बनाउने, सुचना प्रविधिमा आधारित कारोबारलाई बढाउदै लैजाने र जोखिको निरन्तर अनुगमन र विश्लेष्ण गर्ने हो ।

अब अर्को पक्ष भनेको कृषिमा बाली बीमा, पशु बीमा र स–साना व्यवसायमा पनि बीमा गर्ने भनेर बीमा कम्पनीहरुलाई प्रेरित गरिरहेका छौ । निक्षेप तथा कर्जा सुरक्षण कोषको पनि महिला उद्यमी कर्जा, सहुलियत पूर्ण शैक्षिक कर्जा, वैदेशीक रोजगारबाट फर्किएका युवाहरुको लागि दिने कर्जा, भुकम्प पिडित परिवारलाई दिने कर्जा, विपन्न दलित वर्गका व्यक्तिहरुले लिने कर्जा यी सबै कर्जाहरुलाई हामीले अगाडि बढाईरहदाँ हामीले के पनि भनेका छौ भने कोषले जती प्रिमियम लिन्छ त्यसको ७५ प्रतिशत सरकारले व्यहोर्छु भनिरहेको छ भने त्यो ऋण लिने र व्यवसाय गर्नैको बीमा पनि गर्ने र त्यसको पनि ७५ प्रतिशत सरकारले नै तिर्दिने भनेको छ ।

सरकारले यस्तो दायीत्व व्यहोरिरहेको छ ,बीमा संस्थाले र कर्जा निक्षेप कोषले सरकारको यो अभियानलाई साथ दिनुपर्छ । त्यसैअन्तरगत रोजगार सिर्जना गर्ने, उद्यमशिलता विकास गर्नै र मुलुकलाई समृद्धीको बाटोमा लैजाने काममा सबै पक्ष लाग्नु पर्छ ।