जनता टाइम्स

१४ असार २०८२, शनिबार १६:४७

ईश्वर पोखरेलको उद्घोष : विद्या भण्डारी राजनीतिक मान्छे हो, पार्टीमा लिने जिम्मेवारी सल्लाहले टुंगिन्छ


काठमाडौं, असार १४ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा आउन कुनै अवरोध नभएको बताउनु भएको छ ।

मदन भण्डारी फाउण्डेशनले शनिवार आयोजना गरेको जयन्ती समारोहलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले बिद्या भण्डारी राजनीतिमा आउन कुनै बाधा नभएको बताउनु भएको हो ।

उहाँले दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपति भएको व्यक्ति सक्रिय राजनीतिमा आउन कसैले नछेक्ने बताउनु भयो । पार्टीमा कुन जिम्मेवारी लिने भन्ने सल्लाहले टुंगिने पनि पोखरेलको भनाई छ ।

‘दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभयो । राजनीतिक मान्छे हो, राजनीतिमा रुची हुन्छ । कुनै अनौठो कुरा होइन । कुन जिम्मेवारी लिने भन्ने कुरा जे सल्लाह र समझदारी हुन्छ, त्यहीअनुसार हुन्छ,’ बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो । विद्या भण्डारीले राजनीतिमा रुचि राख्नु उहाँको धर्म भएको पोखरेलको भनाइ छ ।