जनता टाइम्स

७ भाद्र २०७८, सोमबार ११:२४

देश लुटनकै लागि बनेको हो केपी ओलीबिरोधी मोर्चा, यी हुन तथ्य-प्रमाण


सुशासन बिकाससँग सम्बन्धित ३ दर्जन कानून निर्माण गरेर संसदमा पेश गरेपछि ओली सरकार असफल देखाउन ती सबै बिधेयक कोही समितिमा, कोही सभामुखको चकेटी बनाएर थन्क्याउने काम किन भयो ? के यो मुलुकलाई प्रचण्ड, माधव नेपाल, शेरबहादुर, बाबुराम, उपेन्द्र यादब जस्ता असक्षम र सर्बाधिक असफल भैसकेका पात्रहरुको खेल मैदान बनाउन नसके देशका पढालिख, सुकिलामुकिला, अधिकारवादी, मिसन मिडियाहरुको आन्द्रा नभरिने भएर हैन ? कमजोर जनप्रभाव, प्राबिधिक नेता, हुलमुलमा दाउ छोप्ने नेत्रित्व नभये राज्यलाई गलाउन सकिदैन र मिलेर मुलुक दोहन गर्न सकिदैन भन्ने पिरले यिनलाई बोक्ने पात्रहरुको निंद हराम भएको हैन र ? नेपाली जनता अधैर्य अवश्य छन तर मुर्ख छैनन। यी र एस्ता प्रबृत्तिहरुको देहबसान धेरै टाढा छैन। संसारको ईतिहासले त्यही भन्छ

गुरु भट्टराई

राजनीति जव तथ्य, तर्क, प्रमाण, सन्दर्भ, दृष्‍टिकोण, निष्ठा, इमान्दारिताले भन्दा झुट, हुल्लडबाजी, घेराउ, भावनात्मक ब्ल्याकमेलिङ अनि ब्यक्तिगत कुण्ठा, इर्श्या, द्वेश, षड्यन्त्रबाट चलाऊन थालिन्छ : मुलुक न स्थितिरतामा चल्छ, न बिकास र उन्नतिको बाटोमा। धेरै भूमिका बाध्नु आवश्यक छैन, केही सन्दर्भहरु मात्रै केलाऊँ। नेपालको राजनीतिमा ३५ बर्ष स्वघोशित नेतृत्व गरेर पनि मुलुक र जनतालाई सम्झिनलायक एउटा असल परीणामको अनुभुत हैन, षड्यन्त्र, ध्वंस, बिनास र अस्थिरतालाई डाइनामिज्म ठान्ने पात्रको रुपमा माओवादी नेता पुष्पकमल दाहाल, प्रचण्डलाई दुनियाँले चिन्छ। तर नेपाली समाज फेरी पनि त्यस्तै पात्रको ध्वंसलाई बहादुरी ठान्दिन्छ। त्यो लामो समय टिक्दैन, थाहा छ तर मुलुक केही समय अल्मल्याउन त्यस्ता पात्र बेला बेलामा टाउको उठाउने गर्छन्। त्यस्ता षड्यन्त्र र बैमानी अनि मुलुक ध्वंस बनाउने चरित्रले किल्किले नाघेपछि घोडाबाट तानेर भुइमा पछार्ने काम पनि नेपाली जनताले नगरेका हैनन।

मुलुक, लोकतन्त्र, बिकास, शुशासनको बदलामा बिदेशिको चाकरी, लोकतन्त्रको भद्दा मजाक उडाउने, आफू पदमा रहन सबै खालका बिथिती र बिकृतिलाई स्विकार्ने, त्यसको नाइके बन्ने र ज्योतिषिको भबिष्यवाणी सत्य सावित गर्न मात्र प्रधानमन्त्री बन्न दाम्लो चुडाउने शेरबहादुर देउवा जस्ता सर्बाधिक असफल प्राबिधिक नेतालाई अघि सारेर किर्ते मुद्दा हाल्न लगाउने, मुद्दा हाल्न्नु पहिले फैसलाको मस्यौदा तयार गराउने, संसदीय लोकतन्त्रमा दल फुटाउन उक्साउने, अदालत धम्क्याउने, मुद्दा सुनुवाइको बिचमा अदालतको इजलाश बदल्ने जस्ता काममा लागेका यस मुलुकका आफूलाई धुरन्धर विद्वान ठान्नेहरु के चाहन्छन ? त्यो नेपाली जनता जानकार छैन भन्ने हैन। तर राणाकालदेखि प्रतिपक्षी मानशिकतामा रहने स्कूलिङ पाएका र भावनामा छिटो बहकिने नेपाली जनताको अज्ञानतामाथि राज्य शासन वरीपरी बसेर आफुलाई अप्रत्यक्ष शासक बनाएका र त्यसबाट राज्य लुट्न पल्केका खातापिता प्रबृत्तिहरुले यो मुलुकको उन्नती प्रगती हुन नदिने कुरा पटक पटक प्रकट भएका छन।

हुम्ला, जुम्ला, डोल्पा लगायतका ठाउमा बसोबास गर्ने र राज्यलाई निरिपेक्ष कर तिरिरहने निरिह नागरिकका धेरै गुनासा छैनन मुलुकप्रति। यो मुलुकप्रति उत्पात गुनासो तिनकै छ, जो पढेलेखेका छन, खातापिता छन, मुलुकका शहरहरुमा बसेर राज्यको उच्चतम सुबिधा उपभोग गर्छन्। तिनै प्रबृत्ति राज्यशक्ति वरीपरी घुम्छन र मुलुक दोहन गर्छन्। नेपाललाई आफ्न्नो चङुलमा राख्ने दिर्घकालिन लक्ष्यका साथ देशबिरुद्ध षड्यन्त्र गरिरहेका बिदेशी नियोगहरुबाट भत्ता खान्छन, हण्डी पचाउछन ।

माधव नेपाल पार्टी नेतृत्वत्वमा आएपछि मदन भण्डारीको ओझ र छापले २-३ बर्ष पार्टी चलेपनि त्यसपछिका दिनमा एमाले ध्वस्त बनाउने काम मात्रै गरे उनले। २०४८ सालको पहिलो निर्वाचनमा चुनाव लड्ने क्षेत्र नपाएर राष्ट्रिय सभा छिरेका माधव नेपालले मनमोहन अधिकारीलाई पनि थोरै दुःख दिएका हैनन। राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्न मिल्ने भए माधव नेपालले कुनै हालतमा मनमोहनलाई प्रधानमन्त्री बन्न दिदैनथे। मनमोहनलाई एउटा रक्षा मन्त्रालय समेत नछोडेर परराष्ट्र र रक्षा दुई मन्त्रालय आफूसँग राखेका थिए माधव नेपालले। यि यती लोभि र षड्यन्त्रकारी राजनीति गर्छन् भन्ने कुरा नेपाली जनताले १० बर्ष माओवादी नरसम्हारले थलियेका पीडित जनता कार्यकर्ताले बुझ्ने मौकै पाएनन, आज ति घटनाक्रम सम्झिए हुन्छ। ०५४ सालको स्थानीय चुनावमा एक्लै दुई तिहाइ ल्याएको एमालेलाई एक ढिक्का राख्न नसकी बामदेब, सिपीहरु लगायतलाई पार्टीबाट निस्काशन गरेर पार्टी आधा चिरा बनाउने यिनै माधव नेपाल हुन। अहिले केपी ओलीले मान दिएनन भन्ने नौटंकी अभिनय गरेर भागेका छन

केपी ओली सत्तामा आएदेखि मुलुकका खातापिता वर्ग खुशी थिएनन। माधव नेपाल जस्ता १५ बर्ष एकछत्र पार्टीमा राज गरेर फरक बिचार राख्नेलाई पार्टीबाटै निष्कासन गर्ने र पार्टी फुटाउने, एमालेका नेता कार्यकर्ता लखेटेर माओवादी नरसंहार फौजी युद्ध गर्न पठाउने र अन्तत पार्टी उठ्नै सक्दैन भन्ने भएपछि छाडेर भागेका पात्र काँधमा बोकेर मुलुक बन्ने कल्पना गर्ने ती कस्ता वर्ग हुन ? नेता केपी ओलिले पार्टी उठाएपछि फेरि श्राद्धको सेलरोटी र अपुङो खान पार्टीमा तमाशा सुरु गरेर नेतृत्वमा पुग्न अनेक खालका मुसाका प्वाल खोज्दै हिंड्ने यिनै माधव नेपाल हुन। अर्कोतिर कम्युनिष्ट पार्टी दर्जनौं पटक भत्काउदै, संगठनबिहिन एकछत्र नेता बन्न पल्केका र आफ्नो निजी स्वार्थमा धक्का लाग्ने बित्तिकै घरै आगो सल्काएर डेरा खोज्दै हिंड्ने प्रचण्ड जस्ता षड्यन्त्र शिरोमणीको साथ पाएपछि माधव नेपाललाई के चाहियो ?

माधव नेपाल पार्टी नेतृत्वत्वमा आएपछि मदन भण्डारीको ओझ र छापले २-३ बर्ष पार्टी चलेपनि त्यसपछिका दिनमा एमाले ध्वस्त बनाउने काम मात्रै गरे उनले। २०४८ सालको पहिलो निर्वाचनमा चुनाव लड्ने क्षेत्र नपाएर राष्ट्रिय सभा छिरेका माधव नेपालले मनमोहन अधिकारीलाई पनि थोरै दुःख दिएका हैनन। राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्न मिल्ने भए माधव नेपालले कुनै हालतमा मनमोहनलाई प्रधानमन्त्री बन्न दिदैनथे। मनमोहनलाई एउटा रक्षा मन्त्रालय समेत नछोडेर परराष्ट्र र रक्षा दुई मन्त्रालय आफूसँग राखेका थिए माधव नेपालले। यि यती लोभि र षड्यन्त्रकारी राजनीति गर्छन् भन्ने कुरा नेपाली जनताले १० बर्ष माओवादी नरसम्हारले थलियेका पीडित जनता कार्यकर्ताले बुझ्ने मौकै पाएनन, आज ति घटनाक्रम सम्झिए हुन्छ। ०५४ सालको स्थानीय चुनावमा एक्लै दुई तिहाइ ल्याएको एमालेलाई एक ढिक्का राख्न नसकी बामदेब, सिपीहरु लगायतलाई पार्टीबाट निस्काशन गरेर पार्टी आधा चिरा बनाउने यिनै माधव नेपाल हुन। अहिले केपी ओलीले मान दिएनन भन्ने नौटंकी अभिनय गरेर भागेका छन।

नेपाली काङ्रेसको त चर्चा गर्नु पनि आवश्यक छैन। अझ शेरबहादुर नेतृत्वको काङ्रेसको चर्चा राजनीतिक बिधासँग जोडेर गर्नु नै हास्यास्पद हुन्छ। त्यता नलागौं। ओली प्रधानमन्त्री भएपछि भएका मुख्य कामहरु केही खातापिता वर्गलाई सैह्य भएन। रातोदिन काठमाडौंका होटलदेखि दुताबासबाट बिदेशिहरु नेपाललाई लल्कार्थे, आन्न्तरिक राजनीतिमा भाषण र वक्तब्यबाजी गर्दै हिड्थे। ओलीले ती सबैको मुख टालिदिनु भएको थियो। बिदेशी आइएनजिओहरु केही डलर ल्याएर नेपाली कर्मचारी र नेतालाई बिदेश शयर गराएर नेपालमा बिकासका नाममा आफूखुशी खर्च गरेर अ‍ैय्याशी जीवन बिताइरहेका थिए। नेपालका कथित बुद्दिजिवी पत्रकारहरुलाई खाममा केही पैसा राखेर दिएको भरमा नेपालबिरुद्ध वातावरण बनाउथे। मानवाधिकार, एमन्नेष्टी नामका डलर खेती गर्नेहरुको अजेन्डा बोक्ने भगवाधारी, पहेला वष्त्र धारिहरुको ताण्डव हेर्न लाएक थियो। यी सबैको आन्द्रा टाल्ने एउटै अष्त्र थियो बिदेशी सस्थाहरुले खर्च गर्ने रकम नेपालको बजेटरी प्रणाली बाहिर हुन नदिनु। केपी ओलीले त्यही ब्यबस्था ल्याएपछि अदृष्य छिद्रबाट रकम खाएर मुलुकबिरुद्ध षड्यन्त्र गर्ने यस्ता प्रब्रित्तीहरु केपी ओलीसँग भाउन्निए।

नेपालमा पत्रकारिताको नाममा कालो धन्न्दा सन्चालन गर्दै आएका र बिगतका निरिह सरकार र सत्तालाई तर्साएर पेट भर्न पल्केका मिसन मिडियाहरु यसै पनि खनिने नै भए। प्रमाण आजै हेर्दा हुन्छ : देउवाले दल फुटाउन ल्याएको अध्यादेशमा सामान्य सूचना भन्दा बढी तिनका हेडलाइन बनेनन। आज कोभिड झन झन्न बढ्दैछ, पुर्ववर्ती सरकारले जोहो गरिदिएको खोप लगाउन ब्यबस्थापनसमेत गर्न नसक्ने देउवा सरकारको नालायकिपनमा चुपचाप छन। अरु त अरु मुलुकको डेढ दर्जन मन्त्रालयमा मन्त्री नभएको डेढ महिना बित्यो। कामबिना राज्यको डेढ खर्ब रकम साधारण खर्चमा गैरहेको छ। मिसन मिडियाहरुको सुशासन र बिकास चाँही उकालो लाग्दैछ । आज मुलुक सुन्यतामा छ र पनि मिसन मिडियामा सन्नाटा छ। के नेपाली जनता मुर्ख छन, केही बुझ्दैनन भन्ने लाग्छ तिनलाई ?

भारतको हेपाहा प्रब्रित्तीसँग लड्नु, नाकाबन्दिको प्रतिकार गरेर नेपाली जनताको स्वाभिमान उठाउनु, नेपाललाई विश्वसामु देखिने र सुनिने स्थितिमा पुर्‍याउनु, भारतसँगका असमान सन्धि सम्झौता पुनरावलोकन गर्न भारतलाई वाध्य बनाउनु र प्रतिबेदन तयार गर्नु केपी ओलीको अपराध हो ? त्यो प्रतिबेदन लागू गर्न भारतलाई घुँडा टेकाइ सकिने स्थिती थियो तर नेपालभित्र नै ओली सरकारलाई आफ्नैहरुबाट घेराबन्दी गर्न थालेपछि भारत पर्ख र हेरको स्थितिमा रहेको हो। के अब शेरबहादुर सरकारले इपिजिको प्रतिबेदन लागू गराउने आँट गर्न सक्छ ? ओलीले नेपालको नक्सामा समेटेको कालापानी, लिपुलेक, लिम्पियाधुराको जमिन फिर्ता ल्याउन हिम्मत गर्छ ? बिचरा आफ्नो भूमिको नाम समेत लिन नसकेर न्युनतम कार्यक्रममा छिमेकी देशहरुसँगको सिमा विवाद हल गर्ने भनेर अमुर्त भाषा लेखेर खुट्टा कमाइसक्यो, यस्ता नालायक सरकारबाट के आशा गर्नु ? न्युनतम साझा कार्यक्रम नाम दिइएको कार्यक्रमविहिन देवकोटाको कविता शैलिको पर्चा खडा गरेर मुलुक घिस्रेला ?

भारतले नाकाबन्दीको अब नाम पनि लिन नसक्ने गरी ओली सरकारले चीनसँग गरेको ऐतिहासिक ब्यापार र पारवहन सम्झौताले किन पोल्यो कथित नेता तथा विद्वानहरुलाई? कतिले त यसलाई छिमेकी (भारत) हरुसँगको सन्तुलित सम्बन्ध बिगार्यो सरकारले समेत भन्न भ्याये। केपी ओलीले चाइना कार्ड खेले भारतसँग भनेर भारतीय मेडियामा बाबुराम भट्टराईले बोलेका थिए। चाइनादेखि भारतसम्म जोड्ने ७ वटा उत्तर दक्षिण बाटो निर्माण शुरु गर्नु, ४-४ वटा मेची महाकाली सडक निर्माण र बिस्तार गर्नु, तराइका सदरमुकाम जोड्न ४ लेन ६ लेनको बाटो निर्माण गर्नु, काङ्रेसले भारतलाई जिम्मा लगाइसकेको काठमाडौं तराइ फास्ट ट्र्याक आफ्नै खर्चमा निर्माण शुरु गर्नु, काठमाडौंका सडक ईतिहासमै पहिलो पटक हेर्न लायक बनाउनु, नेपाललाई लोडशेडिङ मुक्त गर्न भारतबाट उर्जा आयात गर्ने सम्झौता र ट्रान्समिसन लाइन निर्माण गर्नु, तराइमा सिंचाइको नेटवर्क तयार गर्न महाकाली सिंचाई, भेरी बबै डाइभर्सन, कालिगन्डकी तिनाउ डाइभर्सन, सुनकोशी मरिण डाइभर्सन जस्ता सिंचाईका आयोजना अघि बढाउनु के यी देश र जनबिरोधी काम थिए ?

बिद्युत आयात निर्यात गर्न महाकाली करीडोर, नेपालगन्ज, बुटवल भैरहवा-गोरखपुर, ढल्केबर मुजफरपुर, तमोर करीडोर लगायत अन्तरराष्ट्रिय ट्रान्समिसन लाइन अघि सार्नु, उत्तर दक्षिण रेल्वे निर्माण गर्न डिटेल अध्ययन गराउनु जस्ता कामहरु कसका बिरुद्ध थिए ? सुशासन बिकाससँग सम्बन्धित ३ दर्जन कानून निर्माण गरेर संसदमा पेश गरेपछि ओली सरकार असफल देखाउन ती सबै बिधेयक कोही समितिमा, कोही सभामुखको चकेटी बनाएर थन्क्याउने काम किन भयो ? के यो मुलुकलाई प्रचण्ड, माधव नेपाल, शेरबहादुर, बाबुराम, उपेन्द्र यादब जस्ता असक्षम र सर्बाधिक असफल भैसकेका पात्रहरुको खेल मैदान बनाउन नसके देशका पढालिख, सुकिलामुकिला, अधिकारवादी, मिसन मिडियाहरुको आन्द्रा नभरिने भएर हैन ? कमजोर जनप्रभाव, प्राबिधिक नेता, हुलमुलमा दाउ छोप्ने नेत्रित्व नभये राज्यलाई गलाउन सकिदैन र मिलेर मुलुक दोहन गर्न सकिदैन भन्ने पिरले यिनलाई बोक्ने पात्रहरुको निंद हराम भएको हैन र ? नेपाली जनता अधैर्य अवश्य छन तर मुर्ख छैनन। यी र एस्ता प्रबृत्तिहरुको देहबसान धेरै टाढा छैन। संसारको ईतिहासले त्यही भन्छ।