जनता टाइम्स

२१ कार्तिक २०७६, बिहीबार १३:१५

नेपालभर फैलियो भारतबिरोधी प्रदर्शन, भारतीय नाकामै पुगेर गो ब्याक भारत भन्दै अनेरास्वबियू


रुपन्देही, कात्तिक २१ । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भुभागमा पारेपछि आक्रोशित बनेको सत्तारुढ नेकपाको भाृत संगठन अनेरास्वबियूले देशब्यापी आन्दोलन सुरु गरेको छ । केन्द्रीय कमिटीले हिजो ‘गो ब्याक इण्डिया’ भन्ने नारासहित काठमाडौंमा प्रदर्शन गरेसँगै अनेरास्वबियूले देशभर भारतबिरोधी आन्दोलन चर्काएको हो ।

मकवानपुरसहित देशका बिभिन्न भागमा भारतबिरोधी प्रदर्शन भइरहँदा अनेरास्वबियू भैरहवाले भारतले जारी गरेको नक्साको बिरुद्ध भारतीय सिमा नाकामै पुगेर प्रदर्शन गर्ने भएको छ । अनेरास्वबियू भैरहवा बहुमुखी क्याम्पस कमिटीले बिहिवार क्याम्पस परिसरमा राखेको बिरोध कार्यक्रममा बोल्दै अनेरास्ववियुकि नेत्री लक्ष्मी केसीले भारत सरकारले जारी गरेको राजनितीक नक्शामा नेपालको भुभागनै मिचिनु गम्भिर बिषय भएको बताउदै नेपाल भारतको सिमा नाका बेलहियामा बिरोध प्रदर्शन गर्ने बताउनु भयो ।

केसीले भारतले पटक पटक नेपालको भुभाग अतिक्रमण गरेर दबाउन खोजेको बताउदै इतिहासमा पनि नेपाली राष्ट्रको एक टुक्राको लागी ज्यान दिन तयार रहेका थियौ र अहिले पनि तयार रहेको जानकारी दिनुभयो । क्याम्पस कमिटी अध्यक्ष सरोज ठकुरीले अनेरास्वबियूले नेपाल भारत सिमा नाका बेलहिया पुगेर भारतको सामुन्नेनै आफुहरुको असन्तुष्टी जाहेर गर्ने बताउनु भयो । ठकुरीले बेलहियामा हुने बिरोध कार्यक्रममा सबै युवा बिध्यार्थी लाई सहभागिता हुन आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै क्याम्पस कमिटी निबर्तमान सचिव भीम भण्डारीले युवा तथा बिध्यार्थीहरु देश सार्वभौम सत्ता रक्षाको लागी गम्भिर हुनु पर्नर बताउनु भयो । भण्डारीले भारतले जारी गरेको नक्शा नेपालको लागी अतिनै डरलाग्दो बिषय रहेको जानकारी दिनु भयो