जनता टाइम्स

१४ बैशाख २०८१, शुक्रबार १५:५६

तीन फेसन डिजाइनरले कपनमा खोले कला बुटिक


काठमाडौं, बैशाख १४ । काठमाडौंको कपनस्थित एकता वस्तीमा कला बुटिक सञ्चालनमा आएको छ । तीन जना फेसड डिजाइनरले कला बुटिक सेन्टर सञ्चालनमा ल्याएका हुन ।

बुटिकको मिस नेपाल वल्ड प्रियंका रानी जोशीले रिवन काटेर शुभारम्भ गर्नुभयो । त्यसक्रममा उहाँले फेसनप्रति नेपालीको बढ्दो रुचीलाई ध्यानमा राख्दै सबै उमेर समुहका मानिसका लागि रोजाई अनुसारका आकर्षक पोशाक एउटै थलोमा उपलब्ध हुनु सुखद भएको वताउनु भयो ।

देबी तामाङ, वैशाली राणा र स्मिता राईले संयुक्त रूपमा बुटिक सञ्चालनमा ल्याउनु भएको हो । उहाँहरु तीनै जनाले फेसन डिजाइनिङमा डिप्लोमा र एड्भान्स कोर्ष गर्नुभएको डिजाइनर हुनुहुन्छ । बुटिक सेन्टरमा महिला, पुरुष र बालबालिकाका लागि उत्कृष्ट डिजाइनका आकर्षक पोशाक उपलब्ध छन् ।

बुटिकमा विवाहमा दुलहा, दुलहीले पहिरिनेदेखि हरेक उमेर समुहका लागि मौसम अनुसारका पोशाक उपलब्ध रहेको सञ्चालक देवी तामाङले जानकारी दिनुभयो । ‘अन्य बुटिकमा सिमित पोशाक मात्र उपलब्ध छन् तर कला बुटिकमा सबै उमेर समुहका लागि निकै मेहनतसाथ तयार गरिएका पोशाक उपलब्ध छन । यो नै हाम्रो विशेषता हो,’ सञ्चालक तामाङले भन्नुभयो ।