जनता टाइम्स

११ बैशाख २०८१, मंगलवार ११:५१

स्थापना दिवस बहिष्कार गरेर हिडेका माधव नेपाल धुलिखेलतिर मस्तराम अवतारमा भेटिए


काठमाडौं, बैशाख ११ । नेपाली कम्युनिष्ट आन्दोलनले सोमवार अर्थात २०८१ बैशाख १० गते ७५ वर्ष पूरा गर्यो । पुष्पलाल श्रेष्ठको अगुवाईमा २००६ साल बैशाख १० गते स्थापना भएको नेपाल कम्युष्टि पार्टीको स्थापनाको ७५ बर्ष पूरा भएको अवसरमा नेकपा एमालेले ललितपुरस्थित गोदावरीको सनराइज हलमा बिशेष कार्यक्रमका साथ हिरक महोत्सव मनायो ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख वक्ताको रूपमा उपस्थित हुनुभयो ।

हिरक महोत्सवको महत्व बुझेर समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, रास्वपाका सभापति रबि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमसहित मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसमेत उपस्थित हुनुभयो ।

नेपालको प्रथम महिला राष्ट्रपति अनि नेपाली कम्युनिष्ट आन्दोलनका हस्ती जननेता मदनकुमार भण्डारीकी पत्नी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान गरियो । कम्युनिष्टहरुका लागि गौरुवको दिन अनि यति ऐतिहासिक कार्यक्रम नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने बहिष्कार गर्नुभयो । कम्युनिष्ट पार्टीको स्थापनाकै कार्यक्रम र पूर्वराष्ट्रपतिलाई सम्मान गरिएको कार्यक्रम बहिष्कार गरेर माधव धुलिखेलतिर मस्ती गर्दै दिन बिताउनु भयो ।

संयोग पनि कस्तो भने नेकपा एमाले अनि केपी ओलीले दिएको सम्मान बहिष्कार गर्नुभएका माधव केपी ओलीकै बिश्वासपात्र धुलिखेलका मेयर एवं नेकपा एमालेका काभ्रे अध्यक्ष अशोक ब्याञ्जुसँग दिन बिताउनु पर्यो । ब्याञ्जुकै वरिपरि घुमेर बस्नुपर्यो दिनभर । एमालेमा लामो समय महासचिव रहेर पार्टीमा एकछत्र हुकुमी शासन गर्नुभएका नेपालले स्थापना दिवसकै दिन एमालेको कार्यक्रम बहिष्कार गरेर धुलिखेलतिर मस्ती गर्नुलाई गर्नुलाई सामान्य अर्थमा लिन सकिँदैन ।

माधवलाई पार्टी विभाजन गर्नैपर्ने बाध्यता के थियो ? किन यति ठूलो अपराध गर्नुभयो ? इमान्दार कहलिएका माधव किन यति धेरै बेइमान बन्नुभयो ? किन नैतिकता भन्ने कुरासँग साइनो सम्बन्ध तोडनु भयो ? किन कुण्ठाको भारी बोक्नु भयो ? किन बिदेशीको भरिया बन्नुभयो ? यी बिषय अहिलेसम्म अनुत्तरित नै छन ।

यो घटनाले माधवले नेकपा बिभाजन गर्नका लागि भारतले बोकाइदिएको भारी बोकेजस्तै अर्काे मिशनमा रहेको तथ्य उजागर मात्र गरेको छैन, माधव आफै लज्जित रहेको पनि देखाएको छ । माधवलाई कार्यक्रमका लागि नेकपा एमालेका सचिव योगेश भट्टराईसहितका नेताहरु कोटेश्वरस्थित निवासमै पुगेर निमन्त्रणा दिएनुभएको थियो । तर कार्यक्रमको दिन माधव धुलिखेलतिर मस्तीमा बिताउनु भयो ।

एमाले र माओवादी नेतृत्वको सत्ता गठबन्धनमा माधव नेपाल पनि सहभागी हुनुहुन्छ । तर सोमवारको घटनाले माधव अर्कै मिशनतिर लागेको र आफ्नो हैसियतले भ्याएको दिन प्रचण्डलाई लात्तीले हानेर कांग्रेसतिर जाने प्रष्ट पारेको छ । त्यसो त प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर ओलीसँग काँध मिलाएदेखि नै नेपाल कुण्ठा पालेर बस्नुभएको छ । मलाई प्रधानमन्त्री खोइ ? भन्दै हरेक भेटमा माधवले प्रचण्डलाई कुण्ठा पोख्दै आउनु भएको छ ।

आफ्नै पद जोगाउन नगएका केपी ओली नयाँ समीकरण बनेपछि माधवको निवासमै पुग्नुभयो । तर माधव खजाञ्चीभन्दा माथि उठन सक्नुभएन । खुद्रा भएन भन्दै एक पैसा भए पनि ठगी हाल्ने मानसिकता माधवमा प्रष्टै देखियो।

अहिले एमालेको नेतृत्वमा बनेको गठबन्धन फाल्न लागे पनि संभव नभएको र पार्टीमै झलनाथ खनालले ठेगान लगाइ दिएपछि बाध्य भएर सहभागी हुनुभएका नेपालले स्थापना दिवसबाटै कम्युनिष्टको नेतृत्वमा कुनै गठबन्धन हुनुहुन्न, दक्षिणतिरको छिमेकीले चाहेको कांग्रेसकै नेतृत्व हुनुपर्छ भन्ने मिसन प्रष्ट उजागर गर्नुभएको अर्थमा पनि लिइएको छ । एमालेमा रहेर खानसम्म खाइसकेका र डकारसम्म नलिनुभएका नेपाल पार्टी विभाजन गरेको औचित्य कहिल्यै पूरा गर्न नसकिने त्रासमा हुनुहुनछ । पूरा गर्न संभव पनि छैन । मलाई प्रधानमन्त्री र पद चाहिएको हो, त्यसैका लागि पार्टी फुटाएको हुँ भन्ने स्वीकारोक्तिबाहेक अरु बिकल्प उहाँसामू छैन ।

गत निर्वाचनमा गठबन्धनको बलमा पनि राष्ट्रिय पार्टी बन्न नसकेको पार्टीका अध्यक्ष माधव यही संसदको कार्यकालमा प्रधानमन्त्री बन्न चाहिरनुभएको छ । यसपटक भएन भने कहिल्यै हुन सकिन्न भन्दै उहाँ स्वदेश बिदेश सवैतिर हार गुहारमा हुनुहुन्छ । एमालेसँगको सहकार्यमा प्रधानमन्त्री बन्न सकिन्न भन्नेमा नेपाल प्रष्ट हुनुहुन्छ । त्यसो त उहाँलाई अहिले पार्टीमा नेता कार्यकर्ता जोगाउनै हम्मेहम्मे परेको छ । आफ्नै पार्टीमा पनि अल्पमततिर पुग्नुभएको छ ।

सम्मानित नेता खनाल, महासचिव घनश्याम भुसाल एमालेसँगको सहकार्यमा विश्वासको वातावरण बनाउँदै अघि बढ्नुपर्ने पक्षमा उभिएपछि नेपाल बाध्य भएर अहिलेको गठबन्धनमा आउनु भएको हो । कांग्रेसले वैकल्पिक गठबन्धनमार्फत प्रधानमन्त्रीको ललीपप देखाएपछि नेपालले डब्ने बेला परालको त्यान्द्रोका आसा जस्तै बनेर हिडनु भएको छ । माधवले आफ्नो पदका लागि कहिल्यै माफी नपाउने अपराध गर्नुभयो । आफैले नेतृत्व गरेको पार्टीमा अव मलाई केही नहुने भयो भन्दै बिभाजन गर्नुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवको यो अपराधलाई बिर्सर हदैसम्मको उदारता देखाउनु भयो । आफै प्रधानमन्त्री रहँदा पनि पद जोगाउनका लागि नजानुभएका ओली नयाँ समीकरण बनेपछि माधवको निवासमै पुग्नुभयो । होटलमा पनि बार्ता गर्नुभयो । तर नेपाल खजाञ्चीभन्दा माथि उठनै सक्नुभएन । खुद्रा भएन भन्दै ग्राहकको एक पैसा भए पनि ठगी हाल्ने मानसिक रोग लागेको प्रष्टै देखियो माधवमा ।

माधवलाई पार्टी विभाजन गर्नैपर्ने बाध्यता के थियो ? किन यति ठूलो अपराध गर्नुभयो ? इमान्दार कहलिएका माधव किन यति धेरै बेइमान बन्नुभयो ? किन नैतिकता भन्ने कुरासँग साइनो सम्बन्ध तोडनु भयो ? किन कुण्ठाको भारी बोक्नु भयो ? किन बिदेशीको भरिया बन्नुभयो ? यी बिषय अहिलेसम्म अनुत्तरित नै छन । स्थापना दिवसकै कार्यक्रम बहिष्कारले त माधव कहिल्यै कम्यनिष्ट बनेकै थिएनन भन्ने कुरालाई स्थापित गरेको छ । माधवले आफू कम्युनिष्ट बनेकै थिईंन र होइन भन्ने प्रमाण पेश गरेको बिषयले भने नेपालका सवै कम्युनिष्ट कार्यकर्ताले भने सत्य उदघाटित गरेको अर्थमा बुझेका छन ।