जनता टाइम्स

१६ आश्विन २०७८, शनिबार १८:३६

डिसी मगरको ‘माइखोलाको पानी’ मा कृष्ण र सोनिया (भिडियोसहित)


काठमाडौं, असोज १६ । डिसी मगरले स्वरमा माइखोलाको पानी’ बोलको गीत सार्वजनिक भएको छ । केहि दिन अघि सार्वजनिक भएको गीतमा चर्चित मोडल एवं नेपाल प्रहरी जवान कृष्ण बहादुर बस्नेत र सोनिया लामाले अभिनय गर्नुभएको छ । धनेन्द्र याम्पा राइले लेख्नुभएको शब्दलाई कैलाश राइले संगीत भर्नुभएको हो ।

मोडल एवं प्रहरी जवान बस्नेतले भिडियोमा निकै नै रोमान्स गरेको देख्न सकिन्छ । बस्नेतले आफूले भिडियोमा मेहनत गरेको र दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘यस्तो राम्रो गितमा अभिनय गरेको छु, दर्शकले यस गीत र अभिनयलाई मन पराइदिनुहुनेछ ।’

गीतमा सञ्जय हमालले संगीत संयोजन, सुवास राइले मिक्सिङ गर्नुभएको हो । प्रेम लामाले छायांकन गर्नुभएको माइखोलाको पानीलाई राज महर्जनले कोरियोग्राफी, टेकेन्द्र शाहले सम्पादन र कलर गर्नुभएको हो । टेकेन्द्र कार्कीले निर्देशन गर्नुभएको भिडियोलाई पारीजात नेपाल रेकर्डिङ स्टुडियोमार्फत पब्लिस गरिएको छ ।