जनता टाइम्स

११ असार २०८२, बुधबार १०:२०

एमाले पोलिटब्युरा सदस्य कमलप्रसाद चौलागाईँले लेख्नु भएको गित सार्वजनिक


काठमाडौं, ११ असार । नेकपा एमालेका पोलिटब्युरा सदस्य कमलप्रसाद चौलागाईँले लेख्नु भएको गित सार्वजनिक भएको छ ।

नेपालका ख्याति प्राप्त संगितकार शक्तिवल्लभ श्रेष्ठले संगित दिनुभएको सो गित गाइका बानिका प्रधानले गाउनुभएको छ । गितको  एरेञ्जर मनोहर सुनामले गर्नुभएको छ भने रेकर्डिङ  मिक्सिङको काम भोला पौडेलले गर्नुभएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएको गुमाएका नाति हिकारु गौमतको स्मृतिमा सो गित तयार गरिएका चौलागाईँले बताउनुभयो । हिकारुको अमेरिकामा ईन्जिनियरिङ अध्ययन गर्ने क्रममा पौडी खेल्न जाँदा तलाउमा डुबेर निधन भएको थियो । उहाँको स्मरणमा परिवारले हिकारु फाउण्डेसन पनि स्थापना गरी विभिन्न सामाजिक काम गर्दै आएको छ ।

यस्तो छ गित :

तिमी आयौ खुसी ल्यायौ

सारा खुसि खोसि लग्यौ

जता हेर्छु  उतै  देख्छु

सोचि रहन्छु कतै भेट्छु !

पलक  झपक जसरी आयौ

रुवाउदै  कता  गयौ ?

तिमी आयौ खुसि  ल्यायौ

सारा खुसि  खोसि लग्यौ !

त्यो स्कुलको ढोका तान्छु

कुरी बस्या होला ठान्छु !

त्यो  स्कुलको ढोका तान्छु

कुरी वस्या  होला  ठान्छु !

फेरि झस्कि सम्हालिन्छु

रित्तो  जीवन  कहालिन्छु !

तिमी  आयौ  खुसि ल्यायौ

सारा   खुसि  खोसि लग्यौ !

बल खेल्ने  मैदान  पुग्छु

मैदान  भित्रै  तिमी  देख्छु !

बल  खेल्ने  मैदान  पुग्छु

मैदान  भित्रै  तिमी  देख्छु !

बल   सङ्गै  गुडि  गयौ

आकासमा   उडि  गयौ !

तिमी आयौ  खुसि  ल्यायौ

सारा  खुसि   खोसि लग्यौ !

रङ्गै  उड्यो  रुपै  उड्यो

तिमी सङ्गै  खुसि  उड्यो !

प्यारो  मान्छे  फेरि  आउ

अर्को जुनी कुरि  बस्छु  !

तिमी  आयौ  खुसि ल्यायौ

सारा  खुसि  खोसि  लग्यौ !

जता  हेर्छु  उतै  देख्छु

सोचि रहन्छु कतै  भेट्छु !

पलक  झपक जसरी आयौ

रुवाउदै  कता   गयौ !

तिमी आयौ  खुसि  ल्यायौ

सारा  खुसि  खोसि  लग्यौ !