काठमाडौं, भदौ ६ । चर्चित गायिका समीक्षा अधिकारीले एउटै ब्यक्तिले ५ सय भन्दा बढी पटक फोन गरेर दुःख दिएको खुलासा भएको छ । गायिका अधिकारी आफैले यो घटना सार्वजनिक गर्नुभएको हो ।
समिक्षाले यो घटनापछि सवैलाई आफ्नो नम्बर काम नपरेसम्म कसैलाई नदिन आग्रह गर्नुभएको छ । बिनाकाम फोन गरेर दुःख दिने गरेको भन्दै अधिकारीले आफ्नो नम्बर माग्नबित्तिकै कसैलाई पनि नदिन अपिल गर्नुभएको हो । करिब डेढ वर्षदेखि एउटै व्यक्तिले पटक–पटक फरक-फरक नम्बरबाट आफूलाई फोन गरेर दुःख दिइरहेको उहाँको भनाइ छ ।
‘फोन उठाउँदा म रमेश शाही भन्नुहुन्छ, तर के कामले फोन गर्नुभएको ? भन्दा आफ्नो नामबाहेक कुनै स्पष्ट कुरा गर्नुहुन्न । एउटा नम्बर ब्लक गरेपछि अर्को नम्बरबाट फेरि उही कुरा दोहोरिन्छ,’ समीक्षा फेसबुकमा लेख्नुभएको छ, ‘डेढ वर्षसम्म लगातार यस्तो भइरहेपछि आज यो कुरा सार्वजनिक रूपमा लेख्नुपर्ने बाध्यता भयो ।’

डेढ वर्षको अवधिमा शाहीले करिब ५ सय वटा फरक–फरक नम्बरबाट फोन गरेको र आफूले कल ब्लक गरेको समीक्षाको भनाई छ । अझै तीन व्यक्तिले अरू व्यक्तिको मोबाइल नम्बर प्रयोग गरेर फोन गरिरहेको समीक्षाको गुनासो छ ।
समीक्षाले भन्नुभएको छ, ‘कृपया मेरो नम्बर कसैले माग्दैमा बिनाकारण अरूलाई नदिनुहोला । उहाँले मेरो नम्बर किन र के कामका लागि माग्नुभएको हो, एकपटक बुझेर मात्र दिनुहोला,” समीक्षाले लेखेकी छन, उहाँलाई आफ्नो मोबाइल नम्बर दिने सबैजनाले कृपया सोचेर र बुझेर मात्र आफ्नो नम्बर उपलब्ध गराइ दिनुहोला ।’














प्रतिक्रिया दिनुहोस्