जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार १९:२८

एमाले सुनापतिको अध्यक्षमा ज्ञानकुमार योञ्जन, यी हुन पदाधिकारीका नयाँ अनुहार


रामेछाप, कात्तिक ९ । नेकपा एमाले सुनापति गाउँकमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले ज्ञान कुमार योञ्जनलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । योञ्जन यसअघि पनि एमाले सुनापतिको अध्यक्ष हुनुहुन्थ्यो ।

त्यसैगरी पदाधिकारीमा भने नयाँ अनुहार चयन हुनुभएको छ । अधिवेशनले उपाध्यक्षमा अम्बरध्वज लामा, सचिव रोज ग्याबक, उप–सचिवद्धय केशर लामा र आनन्द ग्याबलाई चयन गरेको हो । त्यस्तै अधिवेशनले ७५ सदस्यीय गाउँ कमिटी सदस्यसमेत चयन गरेको छ ।