लमजुङ, कात्तिक १० । नेकपा एमालेले लमजुङका सात पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जिल्लाको बेशिसहर नगरपालिका, मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगारपालिका, राईनास नगरपालिका, दोर्दी गाउँपालिका, दुधपोखरी गाउँपालिका र क्वहोलासोथर गाउँपालिमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
बेशिसहर नगरपालिकाको प्रथम नगर अधिवेशनबाट राजकुमार बिस्ट सर्वसम्मत अध्यक्ष चुनिनु भएको छ । नगर कमिटीको उपाध्यक्ष दुर्गा वुढाथोकी, सचिव सरद वराल, उपसचिव वुना रिमाल, उपसचिव विरेन्द्र गुरुङ, मध्यनेपाल नगर कमिटीको अध्यक्ष योगेन्द्रनारायण शाह,उपाध्यक्ष सूर्य गुरुङ ,सचिव विष्णुभक्त पौडेल,उपसचिव शारदा शाखी र उपसचिव सूर्यबहादुर नेपाली चयन हुनुभएको छ ।
यस्तै राइनास नगर कमिटीको अध्यक्षमा पुर्ण गुरुङ, उपाध्यक्ष ध्रुव अक्केला,सचिव वलराम घिमिरे, उपसचिव अनन्त त्रिपाठी र उपसचिव शान्त न्यौपाने चयन हुनुभएको छ । सुन्दरबजार नगरकमिटीको अध्यक्षमा भीम गुरुङ चयन हुनुभएको छ ।
दोर्दी गाउँ कमिटीको अध्यक्षमा युवराज अधिकारी, उपाध्यक्षमा मान गुरुङ, सचिवमा अम्विका मरहठा, उपसचिवमा लालमाया मिजार र उपसचिव नेत्र गुरुङ चयन हुनुभएको छ । क्वोलासोथार गाउँ कमिटी अध्यक्षमा नारायण गुरुङ,उपाध्यक्षमा सूर्य गुरुङ,सचिवमा गीतबहादुर गुरुङ र उपसचिव आस्विर गुरुङ चयन हुनुभएको छ ।
जिल्लाको दुधपोखरी गाउँ कमिटीको अध्यक्षमा धनबहादुर गुरुङ, उपाध्यक्षमा गणेश गुरुङ, सचिवमा फुलबहादुर तामाङ, उपसचिवमा लोकविलास दवाडी चयन हुनुभएको छ । मर्स्याङ्दी गाउँपालिकामा भने आज नेतृत्व चयन हुने एमालेले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्