काठमाडौं, १४ मंसिर । सिक्लेस हाइड्रोपावरले आईपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले २० लाख कित्ता आईपीओ निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ ल्याउन कात्तिक २९ गते बोर्डमा निवेदन दिएको हो ।
बोर्डबाट अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन गर्नेछ । दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउनेछ । कम्पनीले विक्री प्रबन्धकमा यसअघि नै बिओके क्यापिटललाई नियुक्त गरिसकेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्