काठमाडौं, ४ पुस । सतारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । चार बजे बोलाइएको सर्वदलीय बैठकअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो । गठबन्धनले सर्वदलीय बैठकमा प्रस्तुत गर्ने साझा धारणा बनाउन बैठक बसेको नेताहरुले बताएका छन् ।
संसदको गतिरोध हटाउन र एमसीसी लगायत राष्ट्रिय मुद्दामा सहमति तथा साझा धारणा तय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ४ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्