जनता टाइम्स

२२ पुष २०७८, बिहीबार १८:५१

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता


काठमाडौं, २२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज राष्ट्रपतिसँगको भेटवार्ताका लागि प्रधानमन्त्री अपराह्न साढे ४ बजे शितलनिवास पुग्नुभएको थियो । उहाँसँग करिब १ घण्टा कुराकानी भएको थियो ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ता नियमित भएको बताउनुभयो ।

पछिल्लो समय कोरोना संक्रमण बढेको विषयमा पनि राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको उहाँको भनाइ छ । यसअघि आजै विहान प्रधानमन्त्रीसहित सत्तारुढ दलको उच्च स्तरीय राजनीतिक समितिको बैठक बसेको थियो ।