जनता टाइम्स

३० पुष २०७८, शुक्रबार ०६:३३

लिपुलेकका विषयमा गगन र विश्व किन चुँइक बोलेनन ?



काठमाडौं, ३० पुस । सामाजिक संजालमा निकै चर्को रुपमा अभिव्यक्ति दिदै आएका नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माले लिपुलेकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सडक बनाउने भनेर दिएको विषयमा कुनै प्रतिक्रिया नदिनुलाई निकै अर्थपूर्णरुपमा हेरिएको छ। सामाजिक संजालमा समेत गगन र विश्वप्रकाश मौन बसेको भन्दै टिकाटिप्पणी हुन थालेका छन् । प्रमुख विपक्षी दल एमालेले विज्ञप्ति नै जारी गरेर लिपुलेकमा मोदीले सडक बनाउने भनेर दिएको अभिव्यक्तिको आलोचना गरेको छ।

नेपाली भूमि लिपुलेकमा सडक बनाउने मोदीको विवादास्पद अभिव्यक्तिको विरोध हुँदा समेत सत्तारुढ दल नेपाली कांग्रेसले बोलेको छैन।राष्ट्रियताको कुरा जोडदार रुपमा उठेका बेला महामन्त्री थापा र शर्माले मोदीको अभिव्यक्तिका विषयमा मुख खोलेका छैनन। कांग्रेसको सभापतिमा पराजित भएका शेखर कोइरालाले पनि भारतीय प्रधानमन्त्री मोदीको विवादास्पद अभिव्यक्तिका विषयमा बोलेका छैनन् ।कांग्रेसले मोदीको विवादास्पद अभिव्यक्तिको किन बिरोध नगरेका हो यो भने रहस्यपूर्ण रहेको छ।