जनता टाइम्स

६ फाल्गुन २०७८, शुक्रबार ०५:२०

प्रचण्ड राष्ट्रिय समस्या हो भन्थे हो रहेछ – काँग्रेस


काठमाडौं, फागुन ६ । गठबन्धन सरकारका सहयात्री दल (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को धोका का कारण प्रधानमन्त्री देउवाको एमसीसी पास गर्ने रणनीति धकेलिएको छ ।

(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले माघ ४ गते संसदमा एमसीसी पास गर्ने बेला अनुपस्थित भएर एमसीसी पास गर्न सहयोग गर्ने सहमति भएको थियो ।

नेपाली काँग्रेसले त्यसरी देउवाको एमसीसी पास गर्ने रणनीति असफल भएपछि प्रचण्डले धोका दिएको बुँझेको छ । विहिवार साँझ बालुटारमा बसेको बैठकबाट पनि निकास नआएपनि आक्रोशित एक कांग्रेस सांसद भन्दै थिए, ‘केपी ओलीले प्रचण्ड राष्ट्रिय समस्या हो भन्थे । यिनले सधैँ सबैलाई धोका दिन्छन्, यिनलाई हामीले कतिसम्म बोक्ने हो र ?’