बाल्डिमोर, फागुन ८ । प्रवासी नेपाली मञ्च अमेरिका अन्तर्गतको म्यासाचुसेट राज्यमा नयाँ कार्यसमिति चयन भएको छ । अमेरिकाको न्यूहेम्सार ,न्यूर्योक ,टेक्सास, केन्टकी,फ्लोरिडापछिको यो छैटौंराज्य कमिटी हो ।
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका प्रचार विभाग प्रमुख तथा अमेरीकाका अध्यक्ष प्रभु थापा र अमेरिकाज क्षेत्र तथा यस का क्षेत्रिय अध्यक्ष इश्वरी भट्ट तथा अमेरिकाज क्षेत्रका सदस्य बुद्दवर्ज् लामा ओएनएफ केन्द्रीय सदस्य भिम ओली ,उपस्थितीमा शनिवार भएको भेलाले म्यासाचुसेट राज्य कमिटीका अध्यक्ष राज कुमार थापाको अध्यक्षतामा भएको भेलाले डा प्रतिक अर्यालको अध्यक्षतामा ओएनएफ मासाचुसेट राज्य कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा चन्द्रकला ढकाल, सचिवमा नवराज जमरकट्टेल र कोषाध्यक्षमा स्कन्द यादव चयन हुनुभएको छ । यसैगरी सदस्यहरूमा दिपेन्द्र सुवेदी, भिम वस्ती र अभिषेक आचार्य हुनुहुन्छ । आफ्नो तेर्सो राष्ट्रिय अधिवेशनमा जुटेको प्रवासी नेपाली मन्च अमेरिका राष्ट्रिय कमिटी यही फेव्रुवारी अन्तिमसम्ममा आफ्ना सम्पूर्ण सदस्यहरू दर्तारनवीकरण र राज्य कमिटीहरू गठनरपुनर्गठन सम्पन्न गर्ने उदेशयको साथ अघि बढिरहेको छ । ।
प्रतिक्रिया दिनुहोस्