जनता टाइम्स

१० फाल्गुन २०७८, मंगलवार २०:४९

बालुवाटारमा एमाले अध्यक्ष ओलीको सकियो भेटवार्ता, यस्तो छ निष्कर्ष


काठमाडौं, १० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको भेटमा एमसीसीलगायत विषयमा छलफल गरिएको बताइएको छ ।

एमसीसीलाई लिएर सत्ता गठबन्धनमा विभाजन आइरहेका बेला प्रधानमन्त्रीले लगातार एमाले अध्यक्ष ओलीसँग संवाद बढाएपछि सबैले चासोको रुपमा हेर्दै आउनुभएको छ । त्यस्तै यता अध्यक्ष ओलीले गठबन्धन तोडेपछिमात्र कांग्रेससँग अन्य विषयमा सहकार्य हुनसक्ने बताउनुभएको छ ।

गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेसले गठबन्धनमा बसेर विपक्षमा मतदान गर्ने भए तत्काल सरकार छाड्नुपर्ने बताउँदै आएको छ ।