काठमाडौं, १२ फागुन । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल केही सांसदलाई लिएर २:४५ को उडानमा धनगढी प्रस्थान गर्नुभएको हो ।
देशको राष्ट्रिय मुद्धा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको आजको बैठक स्थगित भएपनि भोली १ बजे पुनः बस्ने भएको छ ।
तर यता केही सानो कार्यक्रममा भाग लिनका लागि माधव कुमार नेपाल सांसदहरुलाई लिएर धनगढी गएको उच्च स्रोतले जनाएको छ । एक जना सांसद भने धनगढी जान नमानेर फर्किनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्