जनता टाइम्स

२५ फाल्गुन २०७८, बुधबार १२:१०

कार्की ब्यांक्वेटमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु


काठमाडौं २५ फागुन । एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा केहीबेरअघि बैठक सुरु भएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तहको निर्वाचनको तयारी समेटिएको छ । प्रतिवेदन पोलिटब्युरो सदस्यको सुझावसहित पेस गर्न लागिएको खतिवडाले जानकारी दिनुभयो । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनको बिषयमा पनि छलफल हुनेछ ।