जनता टाइम्स

२७ फाल्गुन २०७८, शुक्रबार १६:५०

प्रचण्डको प्रवृतिले छेपारो पनि लज्जित छ– एमाले महासचिव पोखरेल


पोखरा, २७ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बोली र व्यवहार फेर्ने प्रवृतलाई देखेर छेपारो पनि लज्जित भएको टिप्पणी गनुभएको छ । नेकपा एमालेको भातृ संगठन प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महािधवेशनलाई संवोधन गर्दैं महासचिव पोखरेले यस्तो टिप्पणी गर्नुभएको हो ।

नेकपा माओवादीका अध्यक्ष प्रचण्ड दिनको दर्जन पटक बोली फेर्दै गएको दावी गरेका महासिचव पोखरेलले उनको रंग फेर्ने प्रवृत्तिलाई देखेर रंग फेर्ने छेपारो पनि अहिले लज्जित बनेको बताउनुभयो । नेपाली राजनीति वृतको सबैभन्दा ठूलो अस्थिरता निम्त्याउने पात्र कोहि छन् भने पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो बोली फेर्ने र बोलेको फेर्ने प्रचण्डको व्यवहार आफ्नो भन्दा बढि भया भनेर छेपारोले लजाउनु पर्ने बेला भएको छ ।

राजनीतिलाई अस्थिर बनाउने पमुख पात्र माधव नेपाल र पुष्पकमल दाहाल भएको दावी गरेका उनले नेकपा कालमा केपी ओलीलाई एक व्यक्ति एक पद भनेर विवाद गरेपनि अहिले आएर तिनै नेताले दोहोरो पद लिएको उल्लेख गर्नुभयो ।