काठमाडौं, चैत्र ८ । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा माओवादीको जातीय संगठन शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव नाम्गेल शेर्पा मंगलवार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । विद्यार्थी राजनीति नेकपा एमालेबाटै गरेका रामेछापका शेर्पा सरस्वती क्याम्पसको स्ववियु सचिवसम्म भइसकेका नेता हुनुहुन्छ ।
उहाँ एमाले विभाजनपछि नेकपा माले हुँदा माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी राजनीतिमा लाग्नुभएको थियो । माओवादीले ४ हजार सदस्यीय केन्द्रीय सदस्य बनाउँदा नाम्गेल पनि केन्द्रीय कमिटीमा हुनुहुन्थ्यो । उहाँ शेर्पा संघका पूर्व महासचिव पनि हुनुहुन्छ । शेर्पासँगै कांग्रेसका नेता गोविन्द लामा पनि एमालेमा प्रवेश गर्नुभएको छ ।
बुधवार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई एमालेमा प्रवेश गराएका छन् । सोही कार्यक्रममा माओवादीका पर्सा जिल्ला इन्चार्ज बाबुराम कौशिक,वाइसिएल संयोजक चन्दन रौनियार लगायतका नेताहरू पनि एमालेमा प्रवेश गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्