जनता टाइम्स

१२ चैत्र २०७८, शनिबार ०६:४७

सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा विजयी, यी हुन चुनावबाट छानिएका नयाँ नेतृत्व


काठमाडौं, चैत १२ । पपत्रकार महिलाहरुको साझा संस्था सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा विजयी हुनुभएको छ ।

आठौँ महाधिवेशनको क्रममा शुक्रबार मध्यरातमा घोषित मतपरिणाम अनुसार तुम्खेवाले अध्यक्षमा ८५ मत प्राप्त गरी का साथ विजयी हुनुभएको हो । उहाँसँग प्रतिस्पर्धा गर्नुभएकी कमला पन्थीले ८३ मत प्राप्त गर्नुभएको छ । पन्थी दुई मतका कारण अध्यक्षमा पराजीत हुनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी हुनुभएको छ । उपाध्यक्षमा सुनारले गीताकुमारी मैनाली, महासचिवमा बसन्तीले यशोदा अधिकारीलाई पराजित गर्नुभएको हो । त्यस्तै सचिवमा दुर्गाले पवनवर्षा शाहलाई पराजित गर्नुभयो । कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पराजित गर्नुभएको छ ।

महाधिवेशनबाट सदस्यहरूमा ८ जना विजयी भएका छन । सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्शरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी हुनुभएको छ ।