जनता टाइम्स

१५ चैत्र २०७८, मंगलवार १७:१३

प्रचण्डको योजनामा शेष घलेले एनआरएनए फुटाएको खुलासा


काठमाडौं, चैत १५ । गैर आवासीय नेपाली संघ गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले माओवादीको योजनाअनुसार संघ फुटाएको तथ्य बाहिर आएको छ । घलेले केही दिनअघि संघको निर्वाचन गराउने भन्दै बिनोद कुँवरको नेतृत्वमा बिद्रोही एनआरएनए जन्माउनु भएको थियो ।

घलेले संघ फुटाएलगत्तै एनआरएनएको संस्थापन पक्षले अधिवेशनमार्फत सर्वसम्मत नेतृत्व चयन गरिसकेको छ । सहमतिअनुसार कुल आचार्य,, डा. बद्रि केसी र रबिना थापालाई सर्वसम्मत अध्यक्ष चयन गरी सहमतिमा कार्यसमिति चयन गरेको छ । एनआरएनएको संस्थापन पक्षमा नेपाली कांग्रेस र एमाले समर्थित सामाजिक अभियन्ता सहभागी भएका छन ।

एमाले र कांग्रेस निकट ब्यक्ति मात्रै नेतृत्वमा आउने भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरुको योजनामा एनआरएनए बिभाजन गरी आफू निकट ब्यक्ति ल्याएको पाइएको हो । अर्थमन्त्री जनार्दन शर्माले आज बिद्रोही एनआरएनएका अध्यक्षसहितका पदाधिकारी भेटाएपछि यो तथ्य उजागर भएको हो । अर्थमन्त्री शर्माले आज मन्त्रालयमै बोलाएर कुँवरको टोलीसँग भेट गर्नुभएको छ ।

सो क्रममा कुँवरले नेपालमा लगानीका लागि कतिपय जटिलताहरू कायमै रहेको भन्दै सहजीकरण गरिदिन आग्रह गर्नुभएको समाचार मन्त्रालयबाटै बाहिर पठाइएको छ । भेटका क्रममा अध्यक्ष कुँवरसहित जानकी गुरुङ, भुमा लिम्बु जुनु गुरुङ, उमेश कुमार पुडासैनी, थर्कसेनलगायतको सहभागिता रहेको थियो ।