काठमाडौं, १७ चैत । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । आचार्यले बिहीबार बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।
भर्चुअल रूपमा आयोजना गरिएको सो कार्यक्रममा राजदूत आचार्यले मध्याह्न बकिङहम प्यालेस पुगेर महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो । राजदूत आचार्यले बेलायतका लागि २३ औँ राजदूतको रूपमा गत फेब्रुअरी २३ मा आफ्नो पदबहाली गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्